सानिमा लाईफ र सृजना फाइनान्सबीच जीवनवीमा सेवा सम्झौता

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स र सृजना फाइनान्स विराटनगरबीच जीवनवीमा सेवा सम्झौता भएको छ । विराटनगरमा आयोजित एक कार्यक्रमका बीच कम्पनीका तर्फबाट महाप्रबन्ध शिवराम तिमिल्सीना र फाइनान्सका तर्फबाट प्रमुखकार्यकारी अधिकृति भवानी शंकर चापागाइले सो सम्झौतापत्रमा हस्तक्षर गरेका हुन् । उक्त कार्यक्रममा कम्पनीका तर्फबाट प्रमुख अधिकृत रञ्जन बराल, बरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ, क्षेत्रिय प्रबन्धक सुवास वासु तथा विराजनगर शाखाका प्रमुख सन्तोष आचार्य समेतको उपस्थिति रहेको छ । सम्झौत अनुसार ग्राहक फाइनान्सका मक्पूण सन्तोया आचार्य समेतको उपस्थिति रहेको थियो । सम्झौताअनुसार फाइनान्सका सम्पुर्ण शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट जीवनवीमा सेवा उपभोग गर्न सक्ने व्यवस्था रहेको छ ।

सिटिजन लाईफले गर्यो मृत बिमितलाई २ करोड ६१ लाख रुपैयाँ भुक्तानी

काठमाडौ । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले मृत बिमितहरूलाई २ करोड ६१ लाख रुपैयाँ भुक्तानी गरेको छ । इन्स्योरेन्स कम्पनीले स्थापनाकालदेखि हालसम्म ५१ जना मृतक विमितलाई भुक्तानी दिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले बताए । कम्पनीको सम इन्स्योर्ड (हकवालाले पाउने भुक्तानी) रकम भने २ करोड ५९ लाख रुपैयाँ रहेको तथ्याङ्कमा देखिन्छ । उक्त कम्पनी २०७४ भदौ ७ गते बीमा कम्पनीबाट लाईसेन्स प्राप्त गरेपछि संचालनका आएको हो । कम्पनीले २०७४ साल कात्र्तिक २ गतेबाट बीमा सेवा भने दिन सुरु गरेको हो । उक्त इन्स्योरेन्स हालसम्म कम्पनीले ६२ वटा शाखाबाट बीमा सेवा प्रदान गर्दै आएको छ । उपत्यका सात र उपत्यका बाहिर भने ४४ जना बिमितले मृत्युवरण गरेका थिए । मृत्युवरण गर्ने बिमितहरु २० वर्षदेखि ५४ वर्ष उमेर समूहको रहेका छन् । अधिकांश बिमितहरू ३० वर्षकै हाराहारीमा रहेका छन् । मृत बिमितमा महिलाको भन्दा पुरुषको संख्या धेरै रहेको तथ्याङ्कले देखाउँछ । मृत बिमितहरु काठमाडौ उपत्यका बाहिरको मात्र रहेका छन् । ३ नम्बर प्रदेश बीमा चेतनामा अगाडि रहेको अन्य तथ्यले प्रमाणित गर्दै आएको छ । तर, उक्त तथ्याङ्कमा भने मृत बिमित सबैजसो राजधानी बाहिरका देखिएका छन् । पछिल्लो समय बीमा कम्पनीहरु राजधानी भित्र भन्दा बाहिर फस्टाउने क्रममा रहेका छन् । पौडेलले भने ‘नयाँ बीमा कम्पनीहरू उपत्यका भित्र नभइ उपत्यका बाहिर पनि बिमितलाई सेवा दिन लागि परेका छन् । हामीले बीमा शहर भन्दा गाउँ केन्द्रीत गर्न जोड दिँदै आएका छौ ।’ कम्पनीको तथ्याङ्कमा उपत्यका बाहिरकै बिमित बढी भएको अवस्थामा बीमा कार्यक्रमा गाउँ–शहर सबैतिर वृद्धी गर्नु पर्ने पक्षमा रहेको बताएका छन् ।

एनआईसी र राष्ट्रिय बिमा संस्थानबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र राष्ट्रिय बिमा संस्थानबीच बैंकास्योरेन्स सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र संस्थानका तर्फबाट प्रशासक कविप्रसाद पाठकले हस्ताक्षर गरेका हुन् । सो सम्झौता अनुसार बैंकका ग्राहक महानुभावहरुले मुलुकभर फैलिएको २८४ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा राष्ट्रिय बिमा संस्थानको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । हाल बैंकको मुलुकभर २ सय ८४ शाखा कार्यालयहरु, २ सय ९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउण्टर एवं ३२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका बैंकले जनाएको छ ।