रिलायन्सले चौबीसै घण्टा जीवन बीमाबारे जनचेतना अभिबृद्धि गर्ने, सम्पर्क केन्द्र उद्घाटन

काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चौबीसै घण्टा र ३६५ दिन नै सम्पर्क केन्द्र सञ्चालन गर्ने भएको छ । जीवन बीमाको बारेमा जनचेतना अभिबृद्धि गर्न सञ्चालित केन्द्रको बुधबार बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ र कम्पनीका अध्यक्ष ताराचन्द केडियाले उद्घाटन गरे । सम्पर्क केन्द्रबाट आम नागरिकले जीवन बीमा, कम्पनीको योजनाहरुको बारेमा परामर्श लिनुका साथै ग्राहक र रिलायन्स साथी(अभिकर्ता)ले सल्लाह, सुझाव र गुनासो कम्पनीको आधिकारिक फेसबुक, ट्वीटर, वेबसाइट, इमेल वा मोबाइल एप र ४७८७२२४ मा फोन गरी प्रेषित वा प्राप्त गर्न सक्ने बताइएको छ । नेपालको जीवन बीमा इतिहासमा कम्पनीले पहिलो पटक सम्पर्क सेवा केन्द्र सञ्चालनमा ल्याएको कम्पनीले दाबी गरेको छ ।

सूर्या लाइफका सेयरधनीले १२ प्रतिशत बोनस सेयर पाउने, वार्षिक साधारण सभाबाट पारित

काठमाडौँ । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एघारौं वार्षिक साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय रहेको स्थान विराटनगर मोरङमा सम्पन्न भएको छ । वार्षिक साधारण सभामा कम्पनी संचालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराईले मन्तब्य सहित बार्षिक पेश गरेका थिए । उक्त सभाबाट शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर (लाभांश) सहित कर प्रयोजनको लागि रु. ७१,४८,८४२।- ( नगद लाभांश) पारित भएको छ । बुधबार सम्पन्न साधारण सभामा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

ज्योतिलाईफका ग्राहकलाई समर अस्पताल जनकपुरमा विशेष छुट

काठमाडौँ । ज्योतिलाइफ इन्स्योरेन्स र जनकपुर स्थित समर अस्पतालबीचस्वास्थ्य सेवामा साझेदारी गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा ज्योतिलाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पूरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले अस्पतालबाट उपलब्ध हुने उच्चस्तरिय स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्नेछन् । सम्झौतापत्रमा ज्योतिलाईफइन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाशबिक्रम खत्री र समर अस्पतालका प्रबन्ध निर्देशक डा. सुजित यादवले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता ज्योतिलाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रदेश नं २ का क्षेत्रीय प्रबन्धक दिपेन्द्र यादवले आदान प्रदान गरेका थिए ।