कालिमाटीमा जनरल ईन्स्योरेन्सको ४० औँ शाखा बिस्तार

काठमाडौ । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको ४० औँ शाखा राजधानीको कालीमाटीमा बिस्तार भएको छ । सोमबार एक समारोहका बीच प्रतिनिधि सभाका सांसद कृष्णगोपाल श्रेष्ठले शाखा कार्यालय उद्घाटन गरेका हुन् । उक्त शाखा उपत्यका भित्रको ११ औँ शाखा सञ्जाल हो । शाखा शुभारम्भको अवसरमा जनरल ईन्स्यारेन्स कम्पनीका महाप्रबन्धक एस.के. टमोटले भने-‘विगत एक बर्षदेखी कालिमाटीमा शाखा खोल्ने हाम्रो ईच्छा अहिले आएर पूरा भएको छ ।’ टमोटले आगामी दिनमा कालिमाटी क्षेत्रका बिमितलाई जनरल बीमामा थप सहज हुनेमा जोड दिए । कालिमाटीमा खुलेको ११ औँ शाखामा तत्कालका लागि ५ जना कर्मचारी रहने छन् । आगामी दिनमा शाखा संख्या ४० बाट ६० बनाउने लक्ष्य रहेको कम्पनीले जनाएको छ । कालिमाटीमा सोमबार उद्घाटन गरिएको शाखामा महिला प्रमुख रहेको कम्पनीको जनाएको छ । यस्तै, हालसम्म कम्पनीको ६ वटा शाखामा महिला नै प्रमुख रहेको कार्यक्रममा जानकारी गराईयो ।

प्रिमियर इन्स्योरेन्सको प्रिमियम बुझाउन अब कार्यालय धाउनु नपर्ने, खल्तीबाट सिधै भुक्तानी

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र खल्ती डिजिटल वालेटबीच डिजिटल माध्यममार्फत प्रिमियम भुक्तानी सुविधा उपलब्ध गराउने सम्झौता भएको छ । उक्त सम्झौतामा प्रिमियर इन्स्योरेन्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सहदेव तिवारी र खल्ती डिजिटल वालेटका तर्फबाट सह–संस्थापक र निर्देशक अमित अग्रवालले हस्ताक्षर गरेका छन् । सम्झौतापछि प्रिमियर इन्स्योरेन्सका ग्राहकले अब आफ्नो मोबाईलमा रहेको खल्ती एप मार्फत सिधै बीमा शुल्क भुक्तानी गर्न सक्नेछन् । सो सम्झौता पश्चातग्राहकले नेपालभर कुनैपनि ठाउँबाट खल्तीमार्फत बीमा शुल्क भुक्तानी गर्न सक्नेछन् । ग्राहकले आफ्नो बीमा शुल्क खल्ती वालेटमा भएको ब्यालेन्स अथवा इन्टरनेट बैंकिङ र मोबाईल बैंकिङ मार्फत सहजै बुझाउन सक्नेछन् ।

अजोड इन्स्योरेन्सको वार्षिक साधारण सभा असार ३० गते, आइपीओ निष्काशन गर्ने प्रस्ताव

काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा असार ३० गते बस्ने भएको छ । सञ्चालक समितिको असार ८ गते बसेको बैठकले साधारण सभाको मिति तय गरेको हो । वल्र्ड ट्रेड सेन्टर पृथ्वी हल चौथो तला, त्रिपुरश्वर काठमाडौँमा दिउँसो ४ बजे साधारण सभा हुने कम्पनीले जनाएको छ । साधारण सभामा सर्वसाधारणका लागि शेयर निष्काशन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थापक समूहबाट सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पेश हुनेछ ।