एभरेष्ट इन्स्योरेन्स र पठाओबीच सबै ग्राहक तथा राइडरको बीमा गर्ने सम्झौता
काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले पठाओको सबै ग्राहक तथा राइडरको बीमा गर्ने भएको छ । बिहिबार इन्स्योरेन्स कम्पनी र पठाओबीच सबै ग्राहक तथा राइडरको बीमा सम्झौता भएको हो । योसँगै अब यस एप मार्फत गाडीमा चढेका र चलाउनेहरुको कुनै पनि कारण बसर दुर्घटना वा अन्य क्षति भएमा ५ लाखसम्मको बीमा गरीएको कम्पनीले जनाएको छ । पठाओ एप प्रयोग गर्ने सम्पुर्ण ग्राहकले यस सुविधा पाउने कम्पनी क्षत्रिय निर्देशक असिममान सिंह बस्न्यातले बताए । यसका लागि ग्राहक तथा राइडरले दुर्घटना भएको ३० दिनभित्रमा कम्पनीलाई आवश्यक कागजात बुझाउनुपर्नेछ । यसरी राइड सेयर एप संचालन गरीरहेका कम्पनीमध्ये यसरी बिमा सेवा ल्याउने पठाओ पहिलो कम्पनी हो ।
कोरोना बीमाः १४ हजार बीमितले पाए १ अर्ब ३८ करोड
काठमाडौं । कोरोना भाइरस बीमा गरेका १४ हजार १ सय ८४ जना बीमितले १ अर्ब ३८ करोड ४८ लाख रुपैयाँ बीमा भुक्तानी पाएका छन् । कोरोना बीमा भुक्तानीका लागि दाबी गरेका २६ हजार ५ सय ९७ जना बिमितहरु मध्ये १४ हजार १ सय ८४ जनाले भुक्तानी पाएका हुन् । बीमा समितिले दिएको जानकारीका अनुसार हालसम्म २५ सय २१ जनाले कोरोना बीमा स्वीकृतीका लागि प्रक्रियामा छन् । यस्तै, ३ हजार १ सय ११ बिमितहरुको फाइल केन्द्रिय जनस्वास्थ्य केन्द्र टेकुमा प्रक्रियागत अवस्थामा रहेका छन् ।
नेपाल पुनर्बीमा कम्पनीले डाक्यो एजीएम, बुक क्लाेज कहिले ?
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आगामी पुस २९ गते वार्षिक साधारणसभा(एजीएम) आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान ११ बजे काठमाडौंको बबरमहलस्थित कार्की व्याङ्केटमा आफ्नो पाचौं वार्षिक साधारणसभा गर्ने भएको हो । सभामा जाने प्रयोजनको लागि कम्पनीको आगामी पुस १६ गते बुक क्लोज हुँदै छ । यससँगै पुस १५ गतेसम्म कम्पनीको सेयर होल्ड तथा खरिद गरेका लगानीकर्ता कम्पनीको साधारणसभामा भाग लिन योग्य हुने छ । सभाले सञ्चालक समितिको निर्णय बमोजिम संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको रकमलाई अनुमोदन गर्ने सञ्चालक समितिको विशेष प्रस्तावलाई पारित गर्दै छ । त्यस्तै, नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट १ जना र सर्वसाधारण सेयरधनीबाट १ जना गरी जम्मा २ जना कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन गर्ने सामान्य प्रस्ताव रहेको छ ।