इजी ट्याक्सी नेपालमा आबद्ध ट्याक्सीधनीले प्रभु इन्स्यारेन्सको बीमा सेवा पाउने
काठमाडौं । इजी ट्याक्सी नेपाल एप र प्रभु इन्स्योरेन्सबीच सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपालमा मोबाइल एप तथा अनकल अनलाइन ट्याक्सी सेवा संचालन गर्दै आएको इजी ट्याक्सी नेपालका ट्याक्सीहरुलाई बीमा सेवा सुबिधा उपलब्ध गराउने विषयमा प्रभु इन्स्यारेन्ससँग सहकार्यको सम्झौता भएको हो । आइतबार प्रभु इन्स्यारेन्सको मुख्यालय तीनकुनेमा आयोजित एक कार्यक्रमका बिच इजी ट्याक्सी नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्जित पौडेल र प्रभु इन्स्योरेन्सको तर्फबाट सन्चित बज्राचार्यले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । समझदारी पत्रमा हस्ताक्षर गर्दै प्रभु इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले इजी ट्याक्सी नेपालअन्तरगत ट्याक्सी सेवा संचालन गरिरहेका ट्याक्सीधनीलाई बीमा सुरक्षाको सम्पूर्ण सेवा उपलब्ध गराउन सहज हुने र दाबी भुक्तानीलाई सरलरुपमा फछ्र्यौट गरिने बताए । कार्यक्रममा कम्पनीहरुले आगामी दिनमा इजी ट्याक्सी नेपाल एपमार्फत संचालन भएका बीमा सेवा सुबिधाको लागि संयुक्त सचेतना र सुबिधाका कार्यक्रमहरु तयार पार्ने सहमति समेत गरेका छन् । इजी ट्याक्सी नेपालका प्रमुख कार्यकारी अधिकृत पौडेलले एपमा आधारित भएर सेवा दिईरहेका ट्याक्सी व्यवसायीहरुको बीमा सुबिधा सुनिश्चित गरिने र त्यसले इजी ट्याक्सी एपको सेवा बिस्तार हुने आशा व्यक्त गरे । इजी ट्याक्सी नेपालले विभिन्न योजनाहरु र अभियानमार्फत ट्याक्सी व्यवसायलाई थप मर्यादित र जिम्मेबार बनाउँदै डिजिटल मैत्री बनाईरहेको छ । जसले डिजिटल नेपालको अभियानलाई थप प्रबद्र्धन र सहयोग पुग्ने विश्वास गरिएको छ ।
प्रिमियर इन्स्योरेन्सले सेयरधनीलाई नगद लाभांश दिने
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएकाे छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई कूल ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे । पुस २७ गते दिउँसो ४ बजे बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई ८४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
प्राइम लाइफ इन्स्योरेन्सको १५ प्रतिशत लाभांश पारित
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित भएको छ । पुस २७ गते सम्पन्न कम्पनीका १३औं वार्षिक साधारणसभाले सञ्चालक समितिको १५ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयधनीलाई ७ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद(कर सहित) गरी १५ प्रतिशत लाभांश पारित गरेको हो । सो मात्राको बोनस पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ । यस कम्पनीले देशभरमा विभिन्न १५० भन्दा बढी स्थानहरुबाट जीवनबीमा सेवाउपलब्ध गराई आएको र आगामी वर्ष थप स्थानहरुबाट समेत सेवा दिने जनाएको छ । कम्पनीको हालसम्मको वित्तीय अवस्था, कम्पनीले जीवन बीमा क्षेत्रमा गरेको उपलब्धी र आगामी वर्षहरुमा सेयरधनीलाई उल्लेख्य प्रतिफल दिन कम्पनीको व्यवस्थापन लागी रहेको इन्स्योरेन्सले जानकारी गराएको छ । सम्बन्धित समाचार प्राइम लाइफ इन्स्योरेन्सको पुस १७ गते बुक क्लोज प्राइम लाइफ इन्स्योरेन्सकाे लाभांश घोषणा, पछिल्लो २ वर्ष यताकै उच्च