अजोड इन्स्योरेन्स र आइएमई मोटर्स तथा आइएमई अटोमोटिभ्सबीच क्यासलेस क्लेम गर्ने सम्झौता

काठमाडौं । अजोड इन्स्योरेन्स र आइएमई मोटर्स प्रा. लि तथा आइएमई अटोमोटिभ्स प्रा. लि. बीच नगद रहित बीमा दाबी सहितको बीमा कारोबार गर्न द्धिपक्षीय सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र आइएमई मोटर्स र आइएमई अटोमोटिभ्सका नायब प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । आइएमई मोटर्स तथा आइएमई अटोमोटिभ्ससँग सवारी साधनहरुको दुर्घटना बापत बीमा दाबी प्रक्रियामा नगद रहित बीमा दाबी (क्यासलेस क्लेम) लाई सरल र प्रभावकारी बनाउन उक्त सम्झौता भएको हो ।

ज्योति लाईफको वैदेशिक रोजगारी म्यादी बीमा अब खल्तीबाट तिर्न सकिने

काठमाडाैं । वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुले गर्नुपर्ने वैदेशिक रोजगारी म्यादी जीवन बीमा अब ज्योति लाईफबाट विद्युतिय माध्यमद्वारा जारी गर्न सकिने भएको छ । शुरुवाती दिन देखि नै प्रविधिमैत्री सेवाहरु विस्तार गर्दै अईरहेको उक्त कम्पनीले खल्ती डिजिटल वालेटसंग सहकार्य गर्दै मोबाइलबाटै बीमा शुल्क भुक्तानी गर्ने व्यवस्था सुचारु गरेको हो । यस सेवा मार्फत सेवाग्राहीले काउन्टरमा गई बीमाशुल्क भुक्तानी गरी बीमालेख जारी गर्नुपर्ने झन्झटबाट मुक्त भई सम्पूर्ण बिमितहरुको समयको बचत हुने कुरामा कम्पनी विश्वस्त रहेको कम्पनीका कार्यकारी प्रमुख प्रकाश विक्रम खत्रीले बताए ।

शिखर इन्स्योरेन्सको २९% लाभांश र ३०% हकप्रद पारित, सर्वसाधारण सेयरधनीको हिस्सा बढ्यो

काठमाडौं । निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनीले प्रस्तावित २९.२३१ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीको वार्षिक साधारणसभाले सेयरधनीलाई २७.७६९ प्रतिशत बोनस र १.४६२ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको हो । सभाले आ.व. २०७७/७८ मा बाँडफाँड गरिएको हकप्रद सेयरपश्चात कायम हुने सेयर पुँजीमा २७.७६९ प्रतिशत हुने बोनस सेयर र साे बोनस सेयरको कर प्रयोजनार्थ आ.व. २०७७/७८ मा बाँडफाँड गरिएको हकप्रद सेयर पश्चात कायम हुने सेयर पुँजीमा १.४६२ प्रतिशत हुने) नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हाे । प्रस्तावित बोनस सेयर पश्चात कायम हुने कम्पनीको चुक्ता पुँजीमा संस्थापक सेयरधनीको हिस्सा घटेको छ भने सर्वसाधारणको बढेको छ । संस्थापक सेयरधनीको हिस्सा ६० प्रतिशतबाट ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा ४० प्रतिशतबाट ४९ प्रतिशत पुर्याएको छ । यससँगै कम्पनीको संस्थापक सेयर र सर्वसाधारण सेयरको अनुपात ५१ः४९ कायम भएको इन्स्योरेन्सले जनाएको छ । त्यसैगरी, बोनस सेयरपश्चात कायम हुने कम्पनीको चुक्ता पुँजीको ३० प्रतिशतको दरले हकप्रद सेयर जारीको प्रस्ताव समेत साधारणसभाबाट पारित भएको छ । कम्पनीको सभाले अधिकृत पुँजी वृद्धि गरी ४ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव समेत पारित गरेको छ । सोही बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावली पनि संसोधन गर्ने अजेण्डा पारित भएको छ । कम्पनीले आज (चैत ९ गते) १५औं र १६औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ गरी दुवै वर्षको वार्षिक साधारणसभा थापाथलीस्थित कम्पनीको आफ्नै मुख्य कार्यालय भवन शिखर बिज सेन्टर परिसरमा सम्पन्न गरेको हो । संचालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । साथै, सभाले दुबै आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरण उपर छलफल गरी सोलाई समेत पारित गरेको छ । यसैगरी, साधारणसभाबाट सर्वसाधारण सेयरधनी समूह ‘ख का सेयरधनीबाट २ जना संचालकका लागि निर्वाचित भएका छन् । यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले कम्पनीलाई नयाँ उचाई दिने र अझ प्रतिफलमुखी बनाई अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।