सूर्या लाइफ इन्स्योरेन्स १४ औं वर्षमा प्रवेश
काठमाडाैं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी १३ औं वर्ष पूरा गरी १४ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले यस अवसरमा आफुहरुलाई जिवन बिमाको क्षेत्रमा सवल कम्पनीको रुपमा स्थापना गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्ने समस्त गार्हक वर्ग, बीमित, अभिकर्ता, नियमनकारी निकाय श्री बिमा समिति, धितोपत्र बोर्ड, कम्पनी रजिस्टार कार्यालय, संचालक समिति, शेयरधनी ,कर्मचारी लगाएत सम्पुर्ण देशवासीमा आभार प्रकट गरेकाे छ । साथै कम्पनीले आगामी दिनहरुमा आफ्ना सेवाहरुलाई अझ सरल, मर्यादित,तथा विश्वसनीय बनाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
सानिमा लाईफ इन्स्योरेन्स एनसीएचएलसँग आबद्ध, अब सबै कारोबार खाताबाट सोझै गर्न सकिने
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) सँग आवद्ध भएको छ । कम्पनीले आफ्ना भुक्तानी सम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ्ग हाउसको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी उक्त संस्थासँग आवद्ध भएको हो । सो सम्बन्धी दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौता पत्रमा सानिमा लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत अगम मुखिया र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सानिमा लाइफले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनपीआईसँग जोडेपछि इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेन्डर भुक्तानी, लगायत लगानी ट्रान्सफर सम्बन्धी कारोबारहरु रियल-टाइम तथा नन-रियलटाइममा आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ । यी सबै कारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन् । साथै सानिमा लाइफका बीमितहरुले आफ्नो बीमा (प्रिमियम) शुल्कको अनलाईन भुक्तानी कनेक्ट आईपीएसको वेब, मोबाईल एप तथा सदस्य बैंक वित्तिय संस्थाहरुको शाखाबाट गर्दै नै आएका छन् ।
बीमा कम्पनीलाई समितिको पत्रः कोरोनाको संक्रमण भयानक छ, सतर्कता अपनाएर काम गर्नुहोला
काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट सजग हुने बीमा समितिले आग्रह गरेको छ । समितिले बिहीबार एक परिपत्र जारी गर्दै विभिन्न बीमा कम्पनीहरुलाई सतर्कता अपनाउन आग्रह गरेको हो । समितिले कोरोनाको दास्रो लहर नेपालमा पनि व्यापक रुपमा बढ्दै गएकोले सजग तथा सतर्कता अपनाएर काम गर्न परिपत्र गरेको हो । समितिले गरेको परिपत्रमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेववाग्राहीमा सम्भावित संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न माक्स, साबुन, पानी, सेनिटाइजरको अनिवार्य रुपमा व्यवस्था गर्ने, सेवाग्राहीले सेवा लिन आउँदा ज्वरो मापन गर्ने व्यवस्था मिलाउन साथै सबै आवश्यक सुरक्षाका अन्य सबै उपाय अबलम्वन गर्न आग्रह गरेको छ । यस्तै, भौतिक दुरी कायम गरी भिडभाड नहुने गरी सेवाग्राहीलाई सेवा प्रवाह गर्ने वातावरण मिलाउने, सेवाग्राहीको आवतजावत कम हुने गरी कम्पनीहरुले दिने सेवाहरुलाई यथासक्य विद्युतीय माध्यमका व्यवस्था गराउने,बीमकहरुबाट संचालन गरिने बैठक, अधिकर्ता तालिम, सेमिनार जस्ता कार्यक्रमहरु भैतिक दुरी कायम गरी अत्यावश्यक सम्पर्क गर्नु पर्ने अवस्था बाहेक अन्य समयमा विद्युतीय माध्यम÷भचुर्अल माध्यमबाट संचालन गर्न आग्रह गरेको हो । परिपत्रमा बीमकमा कार्यरत कर्मचारीहरुलाई एक आपसमा सम्पर्क नहुने गरी संक्रमणको न्यूनीकरण उपाय अपनाउने, कम्पनीमा कार्यरत कर्मचारीमा संक्रमण शंका लागेमा तुरुन्त परिक्षण गरी संक्रमण देखिएको कर्मचारीलाई आइसोलेसन गर्ने र क्न्टा्याक्ट टेष्टमा परेकालाई आवश्यक आइसोलेसनको व्यवस्था गर्न समेत समितिले आग्रह गरेको छ ।