अनलाईनबाटै सेवा दिँदै एनएलजी इन्स्योरेन्स, आवश्यक परेमा यी नम्बरमा कल गर्न सकिने
काठमाडौं । कोभिड-१९ को दोश्रो लहर शुरू भएसँगै एनएलजी इन्स्योरेन्सले अनलाइनबाटै बीमा सम्बन्धी सेवा दिने भएको छ । हालको परिस्थितिमा जोखिमको अवस्थालाई मध्यनजर गर्दै कम्पनीले आफ्ना ग्राहकलाई अनलाईनबाटै सेवा दिने व्यवस्था मिलाएको हो । कम्पनीले विभिन्न कर्मचारीहरु मार्फत वर्क फ्रम होमको रुपमा समेत सेवा दिइरहेको जानकारी गराएको छ । कार्यालयमा भौतिक उपस्थिति हुँदा ग्राहकमा जोखिम बढ्न सक्ने सम्भावना रहने भएकाले कम्पनीले बीमासँग सम्बन्धित सेवाका लागि विभिन्न कर्मचारीको सम्पर्क उपलब्ध गराएको छ । यससँगै ग्राहकले बीमा पोलिसी र दावी सम्बन्धी सेवाका लागि निम्न नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।
सानिमा जनरल इन्स्योरेन्स सभामा जाँदै, बैशाख २९ गतेदेखि बुक क्लोज
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स आगामी जेठ ११ गते वार्षिक साधारणसभामा जाँदै छ । कम्पनीले आफ्नो तेश्रो वार्षिक साधारणसभा सो दिन बिहान १०ः३० बजे काठमाडौंको टंगालस्थित आम्रपाली ब्याङ्क्वेटमा बाेलाएकाे हाे । सभामा जाने प्रयोजनको लागि कम्पनीको बैशाख २९ गतेदेखि जेठ ११ गतेसम्म बुक क्लोज हुने भएको छ । सभाले आर्थिक वर्षको २०७६र७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने छ । त्यस्तै, लेखापरीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७६र७७ असार मसान्तसम्मको वित्तीय विवरण तथा एनएफआरएस बमोजिमको वित्तीय विवरण छलफल गरी पारित गर्ने छ । साथै, सभाले समूह ख अन्तर्गत सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकलाई निर्वाचन गर्ने छ ।
लाभांश पारित गर्न प्रभु इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा
काठमाडौं । प्रभु इन्स्योरेन्सले आगामी जेठ ६ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान ११ बजे काठमाडौंको तिनकुनेस्थित प्रभु कम्प्लेक्समा सभा बोलाएको हो । सभाले सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गर्दै छ । कम्पनी सञ्चालक समितिले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५३ नगद गरी १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब १६ करोड रुपैयाँ पुग्ने छ । सभामा जाने प्रयोजनको लागि कम्पनीले आगामी बैशाख २६ गतेदेखि बुक क्लोज हुने भएको छ ।