एसियन लाईफ इन्स्याेरेन्सका सबै भुक्तानीहरु अब सिधै बैंक खातामा

काठमाडौं । एसियन लाईफ इन्स्योरेन्सका भुक्तानीहरु अब पूर्ण स्वचालित हुने भएका छन् ।एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेसमा आबद्ध भएसँगैं अब सम्पूर्ण भुक्तानीहरु एनआइसि एसिया बैंकमा रहेको खाताबाट स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुनेछ । योसँगैं एसियन लाईफले आजबाट कारोबार सुचारु गरेको छ । यसरी एनपिआईमा रहेका कनेक्ट आइपिएस तथा एनसिएचएल आइपिउस प्रणालीहरु मार्फत स्वचालित रुपमा एसियान लाइफले बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना कारोबारहरु गर्न सक्नेछ । एसियन लाईफले बीमा प्रिमियम संकलनका लागि पहिलेदेखि नै विभिन्न डिजिटल माध्यमको प्रयोग गर्दै आएको थियो भने यस व्यवस्थापछि कम्पनीको सेवा सञ्चालन थप छरितो र सहज हुनुका साथै कम्पनीको विभिन्न खाताको पुँजी व्यवस्थापन गर्ने प्रकृया पनि थप व्यवस्थित हुने विश्वास गरिएको कम्पनीले जनाएकाे छ । एसियन लाईफसँगै २८ जीवन तथा निर्जीव बीमा प्रदायक कम्पनीहरुको बीमा शूल्क (प्रिमियम) को संकलन हाल अनलाइन मार्फत भइरहेको छ भने ६ वटा बीमा कम्पनी भने एनपिआई प्रणालीमा आवद्ध भैसकेका छन् । एनिपआई नेपाल क्लियरिङ्ग हाउसका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरी सञ्चालनमा रहेको छ जसमा हाल ६१ सदस्य बैंक वित्तिय संस्थाहरु आवद्ध छन् । १४ वर्ष भन्दा बढीको सञ्चालन अवधिमा एसियन लाईफले आफ्ना १४६ शाखाहरु तथा ९३ हजार भन्दा बढी एजेन्टहरु मार्फत ५ लाख ६८ हजार भन्दा बढी बीमा कर्ताहरुलाई बीमा सम्बन्धी विभिन्न सेवा प्रदान गर्दै आएको छ ।

एनएमबि बैंकको सहारा बचत खाता अन्तर्गत ६१ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । एनएमबि बैंकले विभिन्न खाताहरुमा दुर्घटना र गम्भिर रोगहरु विरुद्ध प्रदान गरिने बीमा दाबी भुक्तानी दुर्धटना हुना साथ र रोग पत्ता लाग्ना साथ प्रदान गरेको छ । बैंककाे सहारा बचत खाता अन्तर्गत हालसम्म देशैभरीबाट ११ जना व्यक्ति लाभान्वित भई जम्मा ६१ लाख ३ हजार ८४१ बीमा दाबी भुक्तानी भईसकेको छ । बैंकले उक्त भुक्तानी इन्स्याेरेन्स पार्टनर शिखर इन्स्याेरेन्स मार्फत गरेको हो । आफ्नो स्थापनाकाल देखी नै ग्राहक केन्द्रित भएर काम गरिरहेको यस बैंकले ग्राहकलाई उच्च विमा कभरेज र भविश्यका अनिश्चितताको विरुद्घ संरक्षणमा आफ्नो स्रोत परिचालन गरेको जनाएको छ । बैंकको तलव खाता योजनामा शुन्य मौज्दातमै नेपाल भरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएम कार्ड को साथै सात लाखसम्मको दुर्घटना बिमा प्रदान गर्दै आइरहेको छ भने सहारा खाता योजनामा नेपाल भरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएम, कार्ड दश लाखसम्मको दुर्घटना बिमाको साथै १८ घातक रोगहरुमा स्वास्थ्य उपचार बीमा सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, बिस्तारित सेवा तथा शाखा रहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहक माझ सेवा पुर्याउँदै आईरहेको छ । एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू रहेका छन् ।

रिलायबल लाइफ इन्स्योरेन्सले हरेक दिन कोराेना सम्बन्धी जानकारी दिने

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत बुधबारदेखि कोरोना भाइरसको विषयमा जानकारी दिने भएको छ । कम्पनीले काठमाडौं मेडिकल कलेजका डा सुभाष पन्त मार्फत बैशाख २८ गतेसम्म हरेक साँझ ८ देखि ९ बजेसम्म सर्वसाधरणलाई कोरोना भाइरस सम्बन्धि जानकारी दिन कार्यक्रम संचालन गर्ने भएको हो । उक्त कार्यक्रम मार्फत कम्पनीले रोगको सम्बन्धी सावधानी, जोखिम संक्रमण नियन्त्रणका उपायहरुको बारेमा जानकारी दिनेछ । उक्त कार्यक्रममा सर्वसाधरणहरु जुम मार्फत र कम्पनीको फेसबुक मार्फत जोडिन सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारयण बाबु लोहनीले बताएका छन् ।