एनएलजी इन्स्योरेन्सको लाभांश पारित, स्वतन्त्र संचालकमा अधिकारी सर्वसम्मत
काठमाडाैं । एनएलजी इन्स्योरेन्सकाे लाभांश पारित भएकाे छ । कम्पनीकाे साेमबार बसेकाे १७ औं वार्षिक साधारण सभाले प्रस्तावित १०.५२ प्रतिशत लाभांश पारित भएकाे हाे । कम्पनीकाे संचालक समितिले गत वर्षकाे नाफाबाट सेयरधनीलाई १० प्रतिशत बाेनस सेयर र ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । सभाले संचालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७९ साल आषाढ मसान्तको वासलात, आ.व. २०७ं८/७९ को नाफा—नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु लगायत अन्य विषयसूचीहरु उपर छलफल गरी पारित गर्ने निर्णय गरेकाे छ । यस्तै, सभाले कम्पनीको अधिकृत पूँजी १.५० अर्बबाट वृद्धि गरी ३ अर्ब पुर्याउने विशेष प्रस्ताव पनि पारित गरेकाे छ । सभाले संचालक समितिले रिक्त रहेको स्वतन्त्र संचालक पदमा कविराज अधिकारीलाई २०७९/०२/३१ गते देखि चार (४) वर्षको लागि नियुक्त गर्ने निर्णय पनि पारित गरेकाे छ ।
मर्जरलाई अन्तिम रुप दिन यूनियन लाइफले बोलायो विशेष साधारणसभा
काठमाडौं । मर्जर प्रस्ताव पारित गर्न यूनियन लाइफ इन्स्यारेन्स कम्पनीले विशेष साधारण सभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीको चैत १९ गते बसेको सञ्चालक समितिको बैठकले बैशाख ६ गते चैरहवा रुपन्देहीमा बिहान साढे १० बजे साधारण सभा बोलाएको हो । यूनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी प्रस्ताव पारित गर्ने र मर्जरपश्चात् हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट जीवन बीमा व्यवसाय सुरु गर्ने प्रस्ताव पारित गर्नेछ । तीनै कम्पनीको सेयर अनुपात क्रमशः १ः१ः१ कायम गरी मर्जर कार्यलाई अन्तिम स्वीकृती प्रदान गर्ने र मर्जर पश्चात् कम्पनीको केन्द्रिय कार्यालय काठमाण्डौं महानगरपालिका १ मा रहने गरी प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ । कम्पनीले विशेष साधारणसभा प्रयोजनको लागि चैत २७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबार भई कायम सेयरधनीहरुले साधारण सभामा सहभागि हुन सक्नेछन् ।
सूर्यज्योति लाइफको एमडीआरटी सीओटी शाही र टीओटी घिमिरे सम्मानित, घिमिरेले पाए रोयल इन्फिल्ड
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले एमडीआरटी २०२३ का लागि मनोनित सबै एमडीआरटीहरुलाई सम्मान गरेको छ । इन्स्योरेन्सले धुलिखेलमा आयोजना गरेको एमडीआरटी मीट २०२३ मा सबै एमडीआरटीहरुलाई सम्मान गरेको हो । कम्पनीले एमडीआरटीमध्ये सीओटी हुन सफल गौरब कुमार शाही र टीओटी कमल प्रसाद घिमिरेलाई विशेष सम्मान गरेको छ । साथै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले टीओटी कमल प्रसाद घिमिरेलाई रोयल इन्फिल्ड मोटरसाईकल हस्तान्तरण गरेका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतहरुले उक्त कार्यक्रममा सीओटी, टीओटी, तथा एमडीआरटीहरुलाई सम्मान गर्नुका साथै उत्प्रेरणात्मक तालिम प्रदान गरेका थिए । सोहि कार्यक्रममा उपस्थित सम्पुर्ण व्यक्तित्वहरुले एकसाथ कम्पनीको २०८० सालको क्यालेन्डर अनावरण गरेका थिए । उक्त क्यालेन्डरमा देशका विभिन्न स्थानहरुबाट सूर्यज्योति झल्किने मनमोहक तस्बिरहरु समावेश गरिएको छ । यस कार्यक्रमले आगामी वर्षहरुमा एमडीआरटी संख्या अझ वृद्धि गर्ने हौसला मिलेको सीओटी गौरव कुमार शाहीले जानकारी गराए । सोही कार्यक्रममा टीओटी कमल प्रसाद घिमिरले अभिकर्ता पेशालाई मर्यादित बनाउन अहोरात्र आफु खटिने जानकारी गराए । वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले सदैव लक्ष्य उच्च राखेमा अवश्य सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश कार्यक्रममा व्यक्त गरेका थिए । प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले आगामी वर्षमा तुलनात्मक हिसाबले एमडीआरटीहरुको संख्यामा वृद्धि गर्न हौसला दिँदै आजैबाट आफ्नो गन्तव्यतिर लाग्न प्रेरित गरेका थिए । सूर्या लाइफ र ज्योति लाइफको सफल मर्जर पश्चात बनेको आईएसओ ९००१ः२०१५ बाट सम्मानित सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनीको हाल चुक्ता पुँजी ४ अर्ब ५४ करोड रहको छ । साथै, कम्पनीले १८१ शाखा कार्यालयहरुबाट देशभर सेवा प्रदान गर्दै आएको छ ।