आइजीआई प्रुडेन्सियलका अध्यक्ष हेमराज ढकालले लिए सपथ

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकालले पद तथा गोपनियताको सपथ लिएका छन् । ढकालले बुधबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल समक्ष सपथ लिएका हुन् । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स मर्जर भएर बनेको आइजीआई प्रुडेन्सिलले आजदेखि एकिकृत कारोबार शुभारम्भ गर्दैछ । मर्जपश्चात बन्ने आईजीआई प्रुडेन्सियलको चुक्ता पूँजी तीन अर्ब २ करोड रुपैयाँ पुग्ने छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणले चैत २६ गते दुई कम्पनीलाई अन्तिम स्वीकृति दिएको थियो ।

आजदेखि एकिकृत कारोबार गर्दै आइजीआई प्रुडेन्सियल, पूँजी तीन अर्ब दुई करोड पुग्ने

काठमाडौं । आजदेखि आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले एकिकृत कारोबार सुरु गर्दैछन् । यि दुई कम्पनीले आजदेखि आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन् । मर्जपश्चात बन्ने आईजीआई प्रुडेन्सियलको चुक्ता पूँजी तीन अर्ब २ करोड रुपैयाँ पुग्ने छ । स्वाप रेसियो एक बराबर एकको अनुपातमा मर्ज हुने सहमति भएको कम्पनीको अध्यक्ष र सीईओ दुबै आइएमई जनरल इन्स्योरेन्सले पाउने छ । नयाँ कम्पनीको अध्यक्ष हेमराज ढकाल र सीईओ युगेश भक्त बादे श्रेष्ठ बन्ने छन् । त्यस्तै, श्रवण रावल वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) हुनेछन् । रावल प्रुडेन्सियल इन्स्योरेन्सका सीईओ हुन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणले चैत २६ गते दुई कम्पनीलाई अन्तिम स्वीकृति दिएको थियो ।  

लाभांश प्रस्ताव पारित गर्न नेशनल लाईफले बोलायो साधारण सभा

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रताव पारित गर्न ३५ औँ वार्षिक साधारण सभा बोलाएको हो । इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा जेठ २२ गते केन्द्रिय कार्यालय लाजिम्पाटमा बिहान साढे १० बजे बस्नेछ । कम्पनीको सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ६.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले जेठ ११ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले जेठ १० गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले साधारणसभामा सहभागिता जनाइ लाभांश प्राप्त गर्न सक्नेछन् ।