अटो उद्योग स्थापना गर्न ठूलो लगानी आवश्यकता पर्छ
नेपालको अटो मार्केटको अवस्था कस्तो छ ? नेपालको अटोमार्केटमा प्रचुर सम्भावना र थुप्रै अवसरहरू छन् । त्यसका साथै चुनौती पनि उत्तिकै छ । विश्वका जुन–जुन मुलुकमा अटोमोवाइको विकास भएको छ, ती देशहरू विकसित पनि भएका छन् । तसर्थ अटो व्यवसाय विकासको सम्वाहक हो । अटो मार्केटले एक व्यक्तिलाई स्थानान्तरण गर्न सहयोग गर्नुका साथै इफेक्टीफनेश, इफीसेन्सी र कम्पीटेटिभनेश बढाउन सहयोग गरेको छ । नेपालको हरेक जिल्ला सदरमुकाममा सडक सञ्जाल पुगेको छ । हामीस“ग विभिन्न खालका गरी झन्डै ८० हजार किलोमिटर सडक छन् । पछिल्लो समय पूर्वाधारको विकास बढिरहेको छ । जति पूर्वाधारको विकास हुन्छ उति नै अटो क्षेत्रको विकास हन्छ । तर, नेपालमा त्यसमध्ये ८ हजार किमी जति सडकमात्र राम्रोखालको छ । यसले गर्दा केही समस्या भने उत्पन्न भएको छ । नेपालमा वार्षिकरुपमा अटो मार्केट बढिरहेको छ तर किन व्यवसायीहरूले नेपालमै उत्पादन गर्न सकिरहेका छैनन् ? नेपालको अटो मार्केटको बजार बढे पनि धेरै वटा ब्राण्डका सवारीसाधनको बिक्री भइरहेको छ । धेरै वटा ब्राण्डका गाडीहरू बिक्री हु“दा ठूलो भोलूममा बिक्री भएको देखिएको हो । एउटै मोडलका गाडी यसअनुसार बिक्री हु“दैन । यस्तै, अटो उद्योग स्थापना गर्न ठूलो लगानीको आवश्यकता पर्छ । यो उद्योगका लागि पर्याप्त मात्रामा बिजुलीको आवश्यकता पर्छ । तर, हामीकहा“ दैनिक १२ घण्टाको लोडसेडिङ छ । यस्तैगरी, जग्गा पनि प्रशस्त चाहिन्छ । जग्गा प्राप्तिका लागि स्थानीय अवरोध छ । नेपालमा सवारीसाधनमा निर्माणका लागि आवश्यक दक्ष जनशक्तिको पनि अभाव छ । यस्तै, अटोमोवाइल उद्योग एसम्बलिङ उद्योग हो । एउटा गाडी निर्माणका लागि ६ देखि ७ हजार पार्टपूर्जाहरू जोड्नुपर्छ । तर, नेपालमा एसम्बलिङ उद्योगलाई हेर्ने दृष्टिकोण त्यति राम्रो छैन । सरकारले अटो उद्योगलाई स्थापित हुनेगरी नीतिगतरुपमै छुट्टै व्यवस्था गर्नुपर्छ । यसका लागि आवश्यक पार्टपूर्जा स्वदेशमै बन्ने वातावरण बन्नुपर्छ । उदाहरणका लागि टर्कीमा हुण्डाईले उद्योग स्थापना गर्दा त्यसका लागि आवश्यक सम्पूर्ण सामग्री कोरियाबाट लैजान्थ्यो । तर, अहिले ६० प्रतिशत पार्टपूर्जा टर्कीमै बन्न थालेका छन् । यसले देशको कुल ग्राह्स्थ्य उत्पादनमा ठूलो सहयोग पु¥याएको हुन्छ । नेपालमा पनि त्यस्तै वातावरण भएमा मात्र अटो उद्योग खुल्नसक्छ । यस्तै, अटो क्षेत्रमा सरकारले ठूलो मात्रामा कर लगाएको छ । यदि विद्यमान करको दरलाई घटाउने हो भने पनि बिक्रीदर दोब्बरले बढ्नेछ र अटो उद्योग खुल्ने सम्भावना पनि रहन्छ । अहिलेको जस्तै व्यवस्था रहेसम्म नेपालमा अटो उद्योग खुल्न सक्ने अवस्था छैन । नेपालको अटो मार्केटमा व्यवसायीका लागि के–कस्ता नीतिगत समस्याहरू रहेका छन् ? मुख्य कुरा सोचमा परिवर्तन ल्याउनु जरुरी छ । सरकारले अटो मार्केटलाई बिलाशिताको सूचीमा राखेको छ । यो विलाशिताको साधन हो वा होइन छुट्याउनु जरुरी छ । अटो क्षेत्रलाई विलाशिताको सूचीबाट हटाएर मध्यम बर्गमा पु¥याउनु पर्छ । सरकारले सवारीसाधनलाई राजस्वमुखी बनाएर बढी भन्सारदर लगाएको छ । विद्यमान भन्सारदर घटाउनु पर्छ । भन्सारदर घटाउने हो भने मध्यमवर्गमा सवारीसाधनको पहु“च पुग्नुका साथै राजस्व उठौतीदर पनि बढ्नेछ । नेपाल विश्व व्यापार संगठन (डब्लूटीओ)मा गएपछि भन्सारदर घटाउनुपर्नेमा घटाईएको छैन, यसलाई घटाउन नाडाले कसरी लिएको छ ? नेपालको अटो क्षेत्रमा लगाएको भन्सारदर विश्वको सबैभन्दा बढी हो । अन्य देशले सवारीसाधन आयात गर्दा यति धेरै भन्सार लगाएका छैनन् । यसमा सरकार आपैm“ले सोच्नुपर्ने विषय हो । नेपाल डब्लूटीओमा गएपछि अन्य उद्योगलाई सुविधा दि“दैआएको छ । तर, अटो उद्योगलाई चासो दिएको छैन । अरू उद्योगले पाउनुपर्ने सुविधा अटो उद्योगले पनि पाउनुपर्छ । सरकारले सवारीसाधन पूर्णरुपमा आयातित बस्तु भएको र यसमा लाग्दै आएको भन्सारदर घटाउ“दा आयात झन् बढ्ने भएकाले नघटाएको बताउ“दै आएको छ । यसमा नाडाको के धारणा छ ? पछिल्लो २० वर्षको अवधिमा सवारीसाधन दर्ता हुने क्रम ८ सय गुणभन्दा बढीले बृद्धि भएको छ । तर, सोहीअनुरुप सडक सञ्जाल बृद्धि भएको छैन । नेपालमा सार्वजनिक यातायातको न्यून व्यवस्था भएकाले निजी सवारीसाधनको प्रयोग बढीरहेको छ । काठमाडौं उपत्यकाको जनघनत्व दिनानुदिन बढिरहेको छ । यस्तै, सवारीसाधनले कुनै पनि व्यक्तिको इफेक्टीफनेश, इफीसेन्सी र कम्पीटेटिभनेश बढेको छ । जसले गर्दा निजी सवारीसाधन किन्ने क्रम बढीरहेको छ । राज्यले आवश्यकता अनुसार स्रोत र साधनको बा“डफा“ड गर्नुपर्छ । अहिलेले अवस्थामा द्रूत गतिमा सडक विस्तार गर्नुपर्ने बाध्यता छ । सडक विस्तार गर्ने हो भने सवारीसाधन बिक्री अझै बढ्छ । नेपालका कति प्रतिशत जनसंख्याले निजी सवारीसाधन प्रयोग गरिरहेका छन् ? सम्पूर्ण निजी सवारीसाधनको प्रयोग हेर्ने हो भने कुल जनसंख्याको तुलनमा ५ प्रतिशतभन्दा कमले मात्र प्रयोग गरिरहेका छन् । त्यसमा पनि चारपाङ्ग्रे सवारीसाधनको हिस्सा जेरो दशमलव ५ प्रतिशत मात्र छ । अन्य सबै मोटरसाइकल छन् । नेपालको निजी सवारीसाधन प्रयोगकर्ताको संख्या एकदमै न्यून छ । यति न्यून निजी सवारीसाधको प्रयोगकर्ताको संख्या अन्य देशमा छैन होला । कि यस्तो भएको ? सरकारले जुनरुपमा उच्च भन्सारदर लगाउ“दै आएको त्यसअनुसार नेपाली जनताले सवारीसाधन नै किन्न सक्दैनन् । यस्तै, सवारीसाधन किनेर चलाउने ठाउ“ पनि छैन । आगामी दिनमा निजी सावारीसाधन प्रयोगकर्ताको संख्या बढाउन विद्यमान भन्सार महसुल घटाउनुका साथै सडक सञ्जाल बृद्धि गर्नुपर्छ । नेपालमा स्पेयर पार्ट चोरी पैठारी भइरहेको आरोप छ । यसमा नाडाको के धारणा छ ? नाडा जहिले पनि फ्री एण्ड फेयर ट्रेडमा विश्वास राख्छ । सरकारले व्यवसायीलाई फ्रीरुपमा व्यवसाय गर्नसक्ने वातावरण बनाइदिनुपर्छ । केही वर्षअघि गाडीहरूमा विकृति छ भन्ने गुनासो आएपछि नाडाले सरकारस“ग सहकार्य गरेर सवारीसाधनको एमआरपी प्रकाशित गर्दैआएको छ । उक्त व्यवस्था सफल पनि भएको छ । स्पेयर पार्टमा केही विकृति भने छ । यसो हुनुको मुख्य कारण भारतस“गको खुला सिमाना हो । यस्तै, सरकारले पार्टपूर्जामा पनि उच्च भन्सारदर लगाउ“दै आएको छ । जसले गर्दा चोरी पैठारीलाई प्रोत्साहन गरेको छ । स्पेयर पार्टको चोरी–पैठारी कम गर्न नाडाले सरकारलाई भन्सारदर घटाउन आग्रह गर्दैआएको छ । तर, यसमा सुनुवाई भएको छैन । नेपालमा जेन्यूयन, ओरजिनल र नक्कली गरी तीन प्रकारको स्पेयर्स पार्ट भित्रिरहेका छन् । सरकारको गलत नीतिका कारण नक्कली स्पेयर्स पार्टको बिक्री बढी भइरहेको छ । यदि स्पेयर पार्टस्मा लाग्दैआएको भन्सार दर घटाउने हो भने नक्कली स्पेयर्स पार्टको चोरी–पैठारी घट्नुका साथै सरकारको राजस्व उठौतीमा पनि बृद्धि हुनेछ । यसले दुर्घटना न्यूनिकरणमा सहयोग गर्छ । स्पयेर्स पार्ट बिक्री गर्ने प्रायः व्यवसायीहरू नाडामा आवद्ध छन् र उनीहरूले नै चोरी–पैठारीका नक्कली पार्टसहरू बिक्री गर्दैआएका छन् । नाडाले यसलाई रोक्न सक्दैन ? नाडास“ग रेगुलेटरी अथोरिटी छैन । नाडाले राम्रो कामको प्रोत्साहन गर्ने काम गरिरहेको छ । नक्कली तथा चोरी पैठारी भएर आउने सवारीसाधनको आयात रोक्ने काम सरकारको हो । पछिल्लो समय सवारी प्रदूषण मापदण्ड २०६९ आएको छ । यसको कार्यान्वयनको अवस्था चाही“ कस्तो छ ? मापदण्ड निर्माणपछि आयातमा एकदमै कडाइका साथ कार्यान्वयन भएको छ । तर, मापदण्ड आउनुभन्दा अघिका एकदमै पुराना सवारीसाधन हटाउनेजस्ता विषयमा भने कुनै पनि कार्यान्वयन भएको छैन । २०५६ सालको सवारी प्रदूषण मापदण्डले यूरो १ को मात्र सवारीसाधन आयात गर्न मिल्थ्यो । तर, नेपालमा यूरो १ मापदण्ड नै नभएका झन्डै ३ लाख सवारीसाधन चलिरहेका छन् । यसको उचित व्यवस्थापन गरिनुपर्छ । नेपालमा सावारीसाधले प्रदूषण ग¥यो भन्ने आरोपछ । तर, त्यसमा प्रयोग हुने उपयुक्त खालका पेट्रोलियम पदार्थ आयात भएको छैन । यसले गर्दा प्रदूषण बढेको छ । नेपालको लुब्रिकेन्ट्स उद्योग हेर्दा ३ अर्बभन्दा बढी लगानी भइरहेको छ । ती उद्योगहरू पूmल फेजमा सञ्चालन गर्ने हो भने नेपालका लागि आवश्यक लुब्रिकेन्ट्स उत्पादन गर्न सक्ने क्षमता छ । तर, बजार हिस्सा हेर्दा नेपाली उत्पादनको प्रतिनिधित्व ३० प्रतिशतमात्र छ । किन यस्तो भइरहेको छ ? पछिल्लो समय नेपाली लुब्रिकेन्ट्स उद्योगको बजार क्रमशः बढीरहेको छ । उद्योगी व्यवसायीहरू पनि उत्साहित छन् । तर, सरकारले लुब्रिकेन्ट्स उत्पादका लागि आवश्यक कच्चा पदार्थ बेस आयल आयातमा बढी भन्सारदर लगाएको छ । जसले गर्दा विदेशी उत्पादनस“ग प्रतिस्पर्धा गर्न कठिन भएको छ । यसमा सरकारले सोच्नुपर्ने हुन्छ । अर्कोतर्फ नेपालमा वर्षोदेखि विभिन्न विदेशी ब्राण्डका लुब्रिकेन्टसको वर्सच्व छ । यसलाई प्रतिस्थापन गर्न केही समय लाग्छ ।
नियत खराब होइन, ढंग नपुगेको मात्रै
परशुराम कुँवर क्षेत्री, प्रमुख कार्यकारी अधिकृत ग्राण्ड बैंक नेपाल लिमिटेड गत चैतमा ८ करोड ९४ लाख रुपैयाँ खुद मुनाफामा गएको ग्राण्ड बैंक असार मसान्तसम्ममा आउदा १ अर्ब ६० करोड ६५ लाख रुपैयाँ खुद नोक्सानमा गएको रिपोर्ट सार्वजनिक गर्नुभयो, कसरी यस्तो भयो ? हामीले जति नोक्सान भएको रिपोर्ट प्रकाशित गरेका छौं, त्यो नगद नोक्सानी होइन । बुक लस हो । राष्ट्र बंैकको नियमअनुसार व्याज भुक्तानी नभएका कर्जाहरूको प्रोभिजन गरेका छौं । १ अर्ब ९३ करोड रुपैया“ प्रोभिजन गर्नुपर्दा बुक लस देखिएको हो । बैंकको सञ्चालन मुनाफा अहिले पनि २७ करोड रुपैया“भन्दा बढी छ । कसैले संसारको बैंकमध्ये राम्रो मानिने अमेरिकाको सिटी बैंक पनि यस्तो नोक्सानमा गएको थियो । ऊ बाउन्स व्याक भयो । अहिले राम्रोस“ग सञ्चालन भइरहेको छ । हाम्रो कर्जा डुबेको होइन, प्रोभिजन गरिएको मात्र हो । धितो बेच्दा कर्जा असुली हुन्छ । कोही पनि अत्तालिनुपर्ने अवस्था छैन । बैंकले फेरि नाफा कमाउ“छ । प्रोभिजन गरिएका कर्जा उठ्छन् ? जुन कर्जाहरूमा प्रोभिजन गरिएको छ तीमध्ये अधिकांशको धितो पर्याप्त छ । घर–जग्गा धितो राखिएको छ । धितो पर्याप्त भएकोले अधिकांश कर्जा धितो लिलामी गरेर पनि उठ्छ । सबैभन्दा राम्रो पक्ष के छ भने हाम्रा सम्पूर्ण ग्राहक ९ऋणी० सम्पर्कमा छन् । कोही पनि भागेका छैनन् । उनीहरूले कर्जा तिर्न समय मागिरहेका छन् । धितो वा घर–जग्गा बेच्न समय चाहियो भनिरहेका छन् । ऋणीले समय माग्नु स्वाभाविक हो, बैंकले कति समय दिन्छ ? म यस बैंकमा आएको तीन महिनामात्र भयो । उनीहरूले केही समय माग्दा मैले हुदै हुदैन, आजै पैसातिर, भोलि नै तिम्रो धितो लिलामी प्रक्रियामा पठाउ“छु भन्नु पनि फियर हु“दैन । त्यसैले ग्राहकलाई केही समय दिइरहेका छौं । तर जसले कर्जा तिर्न सहयोग नै गरिरहेको छैन, सम्पर्कमै आउन चाह“दैन, कर्जा तिर्न प्रयास नै गर्दैन भने उसको धितो लिलामी प्रक्रिया अघि बढी सकेको छ । कर्जा असुलीको पनि लामो प्रक्रिया छ । ३५ दिने सूचना दिन प¥यो । फेरि १५ दिनको सूचना दिनुप(यो । फेरि ७ दिनको सूचना दिनुपर्छ । दुई महिना नियमित प्रक्रियामा बित्छ । पुस मसान्तसम्ममा उल्लेखनीय प्रगति हुनेछ । एक वर्षभित्रमा धेरै बैंक सामान्य अवस्थामा फर्कन्छन् । पहिलाको व्यवस्थापनले कर्जा असुलीमा पर्याप्त ध्यान दिएको रहेनछ ? म कसैको विगतलाई लिएर कमेन्ट गर्न चाहान्न । अहिलेसम्मको मेरा बुझाईमा सायद अलिकति ढङ्ग पुगेन कि । ढड्ड नपुगेको कि नियत नै खराब थियो ? नियत खराब भन्दिन, त्यस्तो देखिदैन । तर ढङ्ग नपुगेको चाही हो । यस बैंकको महत्वपूर्ण लगानीकर्ता र १४ वर्षसम्म प्रमुख कार्यकारी अधिकृत रहेका सुधीर खत्रीले बैंक छाडेको ५ महिना भयो । राष्ट्र बैंकको दबाबमा उनले राजीनामा गरेको खबर पनि आए । उनी अहिले नेपाल बाहिर छन् । सुधीर खत्रीले बैंक डुवाएर भागेको हो कि भन्ने आशंका बजारमा छ । के उनले बदमासी नै गरेका रहेछन् ? म यस विषयमा केही पनि टिप्पणी गर्न चाहान्न । सरसर्ती विश्लेषण गर्दा अलिकति ढङ्ग नपुगेको देखिन्छ । ढड्ड के केमा नपुगको देखिन्छ ? मानौं, अहिले लिलामी गर्नुपर्ने धितो दुई वर्ष पहिले नै लिलामी गर्नुपर्ने अवस्था थियो कि । त्यता ध्यान गएन कि । तपाईंले धेरै बैंकमा काम गर्नुभएको छ र बैंक सिस्टममा चलाउनुपर्छ भन्ने स्कूलिङबाट आउनुभएको छ । यो बैंक सिस्टममा चलेको रहेछ कि व्यक्तिले मनोमानीरुपमा सञ्चालन गरेको अवस्था रहेछ ? सुधारको गुञ्जायस जहा पनि हुन्छ । अमेरिका जस्तो महाशक्ति देश, जहा स्रोत, साधन, जनशक्ति केही अभाव छैन । त्यहा पनि ठूला ठूला समस्या आए । २००८ को मन्दी अमेरिकाबाटै सुरु भयो । अमेरिकाको बेष्ट बैंक मानिने सिटी बैंक पनि आर्थिक संकटमा प¥यो । यो ग्राण्ड बैंकमा पनि धेरै सुधार जरुरी छ । म अहिले दैनिक १४ घन्टा काम गर्छु । हरेक दिन बिहान ६ बजेदेखि १० बजेसम्म स्टाफलाई तालिम दिइरहेको छु । के के सुधार गर्नु छ, कसरी सुधार गर्न सकिन्छ भनेर स्टाफसग अन्तरक्रिया गरिरहेको छु । राम्रो पक्ष के छ भने यो बैंकको कर्मचारी क्षमतावान छन् । उनीहरूलाई अतिकति तालिम आवश्यक छ । तपाई यो बैंकमा आउने वित्तिकै कर्मचारीलाई तालिम किन आवश्यक प¥यो ? म कर्मचारीको बारेमा फष्ट ह्याण्ड इम्फरमेशन लिन चाहान्छु । सिइओको कक्षमा एकजना कर्मचारीलाई सिकाउनुभन्दा समूहमा नै राखेर आफ्ना कुरा भन्यो भने सबैले सिक्ने अवसर पाउ“छन् । मैले के चाहेको छु भन्ने कुरा कर्मचारीलाई जानकारी हुन जरुरी छ र कर्मचारीले के चाहेका छन् भन्ने कुरा मैले जानकारी लिन जरुरी छ । कर्मचारीलाई तालिम दिनु पनि सुधारको एउटा महत्वपूर्ण पाटो हो । केपीएमजीको एक टोलीले ग्राण्ड बैंकमा स्थलगत अनुगमन गरेका र उसले जनाएको कैफियतका आधारमा बैंकको धेरै कर्जामा प्रोभिजन गर्नुपर्ने बाध्यता आएको भन्ने सुनिएको छ, हो ? मैले यस बैंकमा नियुक्ति पाउदा केपीएमजी र राष्ट्र बैंकको प्रतिनिधिले संयुक्तरुपमा यस बैंकको स्थलगत अध्ययन गरिरहेको थियो । म आएको दुई हप्तामा उनीहरूले काम सिध्याए । त्यसको फाइनल रिपोर्ट हामीले पनि पाएका छैनौं । तर केपीएमजीले मौखिकरुपमा हामीलाई धेरै कुरा भनेका छन् । उनीहरूको भनाई यस बैंकको भविष्य निर्माणको लागि निकै महत्वपूर्ण छन् । त्यो हाम्रो भविष्यको रोडम्याप पनि हो । उनीहरूको भनाईको सार के हो ? ग्राहकको वास्तविक अवस्था, व्यवसायको वास्तविकता र रिपेमेन्ट क्षमता पर्याप्तरुपमा नबुझी धितोलाई मुख्य आधार बनाएर कर्जा लगानी गर्नु पहिलो गल्ती थियो । दोस्रो, कारोबार पारदर्शी नभएका ग्राहकलाई कर्जा दिनु हुदैन भन्नेमा उनीहरूले जोड दिए । तेस्रो, ग्राहकको मनिटरिङ गरिएन । केहीमा गरियो, केहीमा गरिएन । ग्राहकले जुन उद्देश्यका लागि कर्जा लिएका थिए, त्यसमा खर्च नभई अन्तै खर्च भयो । अब यस बैंकको चुनौती के के हुन् ? मेरा लागि पहिलो चुनौती पनि कर्जा असुली हो, दोस्रो, तेस्रो चुनौती पनि कर्जा असुली हो । कर्जा असुलीपछि अहिले गरिएको प्रोभिजन राईट व्याक हुन्छ । बैंकको एनपीए घट्छ, मुनाफा देखिन्छ । बैंकका सबै परिसूचक ठिक ठाउ“मा आउछन् । तत्कालका लागि बैंकको क्यापिटल एडेक्वसी कम भएको छ । यो समस्या समाधान गर्न बैंकले के गर्छ ? तीनवटा विकल्पमा छलफल चलिरहेको छ । पहिलो, हकप्रद सेयर जारी गरेर सेयर पुजी ४ अर्ब पु¥याउने । दोस्रो, पुजी प्रयाप्त भएको बैंक तथा वित्तीय संस्थालाई यस बैंकमा मर्ज गराउने । तेस्रो, अरू बलियो बैंकमा मर्ज हुन जाने । जुनसुकै विकल्पमा जानुपूर्व हामीले कर्जा असुली गर्नैपर्छ । १९ प्रतिशतको एनपीए १० प्रतिशतभन्दा तल झार्नै पर्छ । सञ्चालक, प्रवद्धकहरू थप लगानी गर्न इच्छुक छन् वा मर्जमा जान ? सञ्चालक तथा ठूला लगानीकर्ताहरूसग छलफल भइरहेको छ । रुपैयाँ बैंकलाई अगाडि लैजान जे आवश्यक पर्छ त्यो गर्न तयार देखिनुभएको छ । मैले त्यो पाएको छु । समस्या के छ भने पुजी थपेर ४ अर्ब बनाउने हो भने त्यसपछि मर्जको सम्भावना टरेर जान्छ । तर अहिलेसम्म कुनै निर्णय भएको छैन । अहिले हाम्रो सम्पूर्ण ध्यान खराब कर्जा असुलीमा दिएका छौं । कुन क्षेत्रमा कर्जा असुलीमा बढी समस्या छ ? त्यसरी तथ्याङ्क त विश्लेषण गरिएको छैन । अतिकति बढी घर–जग्गामा गएका कर्जाको असुलीमा समस्या छ । ऋण नतिर्ने ठूला ऋणी वा साना ऋणी हुन ? ठूला ऋणी बढी छन् । कुल एनपीएको करिव ७० प्रतिशत हिस्सा ४०र४२ वटा ठूला ग्राहकले लिन्छ । ठूला ऋणी को को हुन् ? माफ गर्नुहोला, बैक तथा वित्तीय संस्था ऐनले हाम्रो पनि हात बाधेको छ । कुन ग्राहकले कति कर्जा लिएको छ वा कुन ग्राहकले कर्जा तिरेको छैन जस्ता विषयमा हामीले भन्न मिल्दैन । ठूला ऋणीको धितो पनि ठूलै हुन्छ । तर रियलस्टेटमा ठूलो लगानी गर्ने लगानीकर्ता नै छैनन् भनिन्छ । यो अवस्थामा बैंकले धितो लिलामी गर्न सक्छ ? दुई वर्षअघिको अवस्था हो भने हामीलाई गाह्रो हुने थियो । तर अहिले जग्गा, सेयरको मूल्य बढिरहेको छ । ठूलो सम्पत्ति खरिद गर्ने प्रपर्टी डिलरर्सहरू, होलसेलर्सहरू सम्पर्कमा आएका छन् । बैंकले निक्षेपको व्याज कम गरेकोले ठूला निक्षेपकर्ताहरू बैंकबाट पैसा निकालेर घर जग्गा किन्न थालेका छन् । त्यसैले धितो बिक्री नहुने समस्या हट्दै गएको छ । बैंकको निक्षेप कर्जा अनुपात ७१ प्रतिशत छ । तरलता पर्याप्त देखिन्छ । थप कर्जा लगानी गर्न क्यापिटल एडेक्वीसी कम छ । तर उच्च ब्याजदरमा निक्षेप संकलन गरिरहनु भएको छ, किन ? हो, हामीले अहिले पनि ७ प्रतिशत व्याजदरमा व्यक्तिगत निक्षेप लिइरहेका छौं । संस्थागत होइन । संस्थागत निक्षेप कम गर्न र व्यक्तिगत निक्षेप बढाउन यो योजना ल्याएका हौ । नाफा कमाउने उद्देश्यले यो निक्षेप योजना होइन, लिक्विडिटी म्यानेज गर्ने हिसावले यो काम गरिएको हो । यदि राष्ट्र बैंकले यस बैंकलाई सीघ्र सुधारात्मक कारबाही ग(यो भने अवस्था के हुन्छ ? यो राष्ट्र बैंकसग सम्बन्धित प्रश्न हो । राष्ट्र बैंक कसरी प्रस्तुत हुन्छ मैले भन्न सक्दिन । यस विषयमा बोल्नु उपयुक्त पनि हुदैन । म यति मात्र भन्छु, हामी निष्क्रिय कर्जा असुलीमा केन्द्रित छौं । राष्ट्र बैंकबाट हुनुपर्ने सबै सहयोग हामीले पाइरहेका छौं ।
अटोमोवाईल क्षेत्र उत्साहित भएको छ
नेपालको व्यापारिक क्षेत्रमा अटोमोवाईलको हिस्सा निकै ठूलो छ । पछिल्लो सयममा अटोमोवाईल क्षेत्रको विस्तार उत्साहजनक भएको व्यवसायीहरुले बताएका छन् । अटोमोवाईल क्षेत्रको वार्षिक उत्सवको रुपमा आयोजना गरिने नाडा अटो शो २०७१ यही भाद्र १८ गतेदेखि २२ गते सम्म काठमाण्डौको भृकुटी मण्डपमा हुँदैछ । जहाँ सवारी साधन, पार्टपुर्जा तथा अन्य एसेसरीजहरूको प्रदर्शनी हुँदैछ । प्रस्तुत छ, उक्त मेलाको संयोजक तथा सिप्रदी ट्रेडिक कम्पनीका प्रमुख कार्यकारी अधिकृत शम्भुप्रसाद दाहालसँग नाडा आटो शो र अटो बजारबारे गरिएको विकास वहस यस अंकमा । नाडा अटो शो २०७१ को तयारी कस्तो छ ? तयारी सन्तोषजनक छ । यस पटक हाम्रो ध्यान व्यवस्थापनलाई पनि चुस्त बनाउने र प्रदर्शनीमा भाग लिनेलाई पनि उत्साहित बनाउनेतर्फ केन्द्रीत छ । सहभागीहरु निकै उत्साहित छन् । प्रदर्शनी बुकिङ गरेको दुई दिनभित्रै प्रमुख सबै स्टल बुकिङ भए । प्रदर्शनीमा भाग लिनेहरुलाई केले उत्साहित बनाएको छ ? व्यवस्थापन समितिले राम्रो काम गरेर नै हुनुपर्छ । हामीले पारदर्शि रुपमा काम गरेका छौं । बोल्नको लागि मात्र पारदर्शि होइन, काममा पनि पारदर्शि छ । मुखले एउटा भन्ने, व्यवहार अर्को गर्ने गर्दैनौं । हलभित्रको मुख्य स्टल लिन सबैको चाहाना हुने । पाउने दङ्ग, नपाउने रिसाउने । मिलोमत्तो भयो, आफ्नोलाई राम्रो ठाउँ दियो भन्ने गुनासा आउँथे पहिला । यसपाली हामीले चिठ्ठा प्रथाबाट स्टल बाँढफाँढ ग¥यौं । त्यसमा सबै साथीहरुले सहमति जनाउनु भयो । सबै खुशी हुनुहुन्छ । कस्ता सवारीहरुको प्रदर्शनी हुनेछ ? यस पटक ५३ वटा कम्पनीहरूले विभिन्न योजनाहरू सहित सवारी साधन, सवारी साधन जन्य वस्तु तथा अन्य सेवाहरू प्रदर्शन गर्ने छन् । पा“च दिनसम्म चल्ने नाडा अटो शो २०७१ मा १२ वटा ब्राडका ४–पाङग्रे तथा ११ वटा ब्राण्डका २– पाङग्रेसवारी साधनहरू रहने छन् । प्रदर्शनीमा वित्तिय संस्था, नयाँ प्राविधिक विकास, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, जेनेरेटर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिजहरूको सहभागिता रहने छ । जस्मा नेपालमै उत्पादित सामग्रीहरू समेत रहने छन् । विगतमा वर्षहरुमा नेपालमा स्थापित ब्राण्डहरु नै नाडा अटो शोमा देख्न पाईदैन थियो । यस पटक देख्न पाईन्छ ? हो, विगतमा टोयटा लगायत केही नेपालमा स्थापित ब्राण्डहरु सहभागी भएनन् । यसपटक टोयटा, निशान, हुण्डाई, महिन्द्रा, सुजुकी, मारुती लगायत ९९ प्रतिशत ब्राण्डका चार पाङ्ग्रे सवारी प्रदर्शनीमा राखिनेछ । नेपालमा बिक्री वितरण हुने १०० प्रतिशत २ पाङ्ग्रे सवारीको प्रर्दशनी यस मेलामा हुने छ । भृकुटी मण्डप प्रदर्शनी स्थलको लगभग ८ हजार ५ हजार वर्ग फिट क्षेत्रफलमा साना ठूला गरि १०० स्टलहरू रहने छन् । प्रदर्शनी क्षेत्रमा २– पाङग्रे, ४– पाङग्रे तथा कमशिर्यल गाडीहरूको छुट्टा–छुट्टै ठा“उहरू बनाइएको छ । अवलोकनकर्ताहरू रुची अनुसार ती ठा“उहरूमा आफुले खोजेको सवारी साधनहरूको अवलोकन तथा जानकारी लिन सक्ने छन् । यो प्रदर्शनी हेर्न आउने ग्राहक तथा गाडी प्रेमीहरूलाई पनि हामी उत्साहित नै बनाउने छौं । किनकी कुनै पनि महत्वपूर्ण ब्राण्ड यस प्रर्दशनीमा छुट्ने छैन । प्रदर्शनीको अवलोकन अवस्था कस्तो रहला ? ५० हजार आगन्तुकहरूले अवलोकन गर्ने विश्वासका गरिएको छ । नाडा अटो शो २०७१ अवलोकन गर्न आउनेहरूमा सर्वसाधरण बाहेक अटो उद्योगीहरू, व्यापारीहरू, व्यापार विश्लेषक, अर्थशास्त्री तथा नीति निर्माताहरू पनि हुनेछन् । तर हामीलाई प्रदर्शनी स्थल नै सानो भयो । हामीलाई कम्तिमा २५ हजार वर्गफिट क्षेत्रफल आवश्यक हुन्छ । प्रर्दशनी स्थलको अभाव सबैले महसुस गरेका छन् । निजी क्षेत्रले प्रर्दशनी स्थल बनाएर चलाउन सक्दैन ? धेरै पुरुषार्थी मान्छे चाहिन्छ । मेरो एक जना साथी चन्द्र योञ्जन ८० करोड लगानी गर्न भनेर अष्ट्रेलियाको मेलबनबाट आउनु भएको थियो । उहाँले यहाँ के थाहा पाउनुभयो भने यहाँ सिप्रर्दी पनि बन्द हुँदो रहेछ, कान्तिपुर पनि बन्द हुँदो रहेछ, गोदावरी रिपोर्ट पनि बन्द हुँदो रहेछ । ट्रेड यूनियनको समस्या ठूलो देख्नुभयो । यहाँ कसैले ठूलो लगानी गरेर प्रर्दशनी स्थल बनाउने भन्यो भने नेता, कार्यकर्ता, व्यूरोक्र्याट्, स्थानीयबासी सबैलाई पीढा हुन्छ । फलानो धनी हुनेभयो । सबलाई डाहा हुन्छ । हामीले सिमरामा उद्योग राख्न खोज्यौ । वाल लगाउन ६ महिना लाग्यो । पश्चिममा ६० विगाह जमिन लियौं । त्यहाँ पनि समस्या आयो । त्यसपछि हिमाञ्चल प्रदेशमा अध्ययन गर्न गयौं । १०० वर्षको लिजमा सरकारले जमिन दिन्छ । पानी, विजुली सुविधा छ । अनि हामीले कसरी प्रतिस्प्रर्धा गर्ने ? विदेशमा लगानीकर्ताको सम्पूर्ण सुरक्षा सरकारले गर्छ । नेपालमा लगानीकर्ता सबैतिरबाट असुरक्षीत हुनुपर्छ । अनि यहाँ ठूलो लगानी कसले गर्ने ? नाडा अटो शो परम्परा धान्न, सचिवालयलाई आम्दानी गर्न मात्र गरिन्छ कि यो क्षेत्रको विकासमा पनि यसले योगदान गरेको हुन्छ ? नाडाको सचिवलयको खर्च जुटाउन पनि हो । अटो मोवाईल क्षेत्रका विकास गर्न पनि हो । सबैको फाइदाको लागि हो । नोक्सान खाना कोही पनि नाडा अटो शोमा भाग लिन आउँदैनन् । फाइदाको लागि काम गर्ने हो । ग्राहकलाई सेवा नदिई फाइदा पनि हुँदैन । नाडा अटो शो व्यापारिक प्रयोजनका लागि हो कि सामूहिक हितका लागि सामाजिक कार्य हो ? यसमा नाफा पनि छ । सामाजिक हित पनि छ । यस प्रर्दशनीमा बैंक, फाइनान्स, बीमा कम्पनीहरुलाई फाइदा छ । बिक्रेतालाई सोझै फाइदा हुन्छ । एउटा गाडी बिक्री हुँदो ६÷७ जनाको आम्दानी बढी हाल्छ । उपभोक्ताले पनि एकै स्थलमा धेरै प्रकारका सवारीको बारेमा, सेवा प्रदायकहरुले दिने सेवा सुविधाको बारेमा जानकारी पाउनेछन् । अटोमोवाईल क्षेत्रको बजार कस्तो छ ? पछिल्लो वर्षमा धेरे राम्रो छ । गत वर्ष कमर्शियल भेइकल्स ८ हजार ९ सय ९० बिक्री भए । अघिल्लो वर्षको तुलनामा २९ प्रतिशत बढी हो । प्यासेन्जर कारमा गत आर्थिक वर्ष ९ हजार ७ सय ३५ वटा बिक्री भए । यो अघिल्लो वर्षको तुलनामा ३७ प्रतिशतले वृद्धि हो । बजारको ग्रोथ राम्रो छ । आगामी दिनमा यसको विस्तार अझै उच्च दरमा हुने विश्वास व्यवसायीको छ । व्यवसायीहरुबीच प्रतिस्प्रर्धा कस्तो छ ? स्वच्छ प्रतिस्प्रर्धा छ । भन्सार छलि, न्यून मूल्याङकनको समस्या छैन । सवारी बिक्री वितरणमा लाग्ने व्यवसायी पनि लब्धप्रतिष्ठत व्यक्ति हुनुहुन्छ । इज्जतको लागि पनि राम्रो काम गर्नुहुन्छ । हाम्रो प्रमोटरहरुले त हामीलाई बारम्बार भन्नुहुन्छ–कर छल्ने उदेश्यले केही पनि काम नगर्नु । स्पेयर्स पार्ट्समा त न्यून मूल्याङकन तथा चोरी पैठारीको समस्या व्यापाक छ नि होइन ? हो, यहाँ नीतिगत नै समस्या छ । स्पेयर्स पार्ट्समा भन्सारदर बढी छ । त्यसलाई घटाउन हामीले सरकारलाई सुझाव दिदै आएका छौं । अहिले नक्कली सामानको प्रयोग ज्यादै कम हुन्छ । चोर्न पनि सजिलो छैन । सिप्रदीको व्यापार अवस्था कस्तो छ ? हामीले गत वर्ष करिव १६ अर्बको करोबार गरेका थियो । यो रकम अघिल्लो वर्षको तुलनामा ८ प्रतिशतले वृद्धि हो । कमर्शियल गाडीमा कुल बजारको ७१ प्रतिशत हिस्सा टाटाको छ । जीपमा ५७ प्रतिशत बजार हिस्सा छ । प्यासेन्जर कारमा १४ प्रतिशत हिस्सा छ । कारमा पहिलो पोजीशनमा हुण्डाई छ, दोस्रोमा मारुती, तेस्रो पोजीशनमा हामी छौं । हामीले बिक्रीपछिको सेवालाई बढी जोड दिएका छौं । सिप्रदीले पछिल्लो एक वर्षमा १०० करोड रुपैयाँ सेवापछिको सुविधाको लागि खर्च गरिसकेको छ । प्रडक्ट उस्तै उस्तै हो । बिक्रीपछिको सेवा कस्तो छ ? त्यो महत्वपूर्ण हुन्छ । छल्ने डाँट्ने कामले ग्राहक आकर्षित हुँदैनन् । एक पटकको छुट वा चिठ्ठाले पनि ग्राहक आकर्षित हुन छाडिसके ।