विरेन्द्र महतो सांसद भएपछि उपेन्द्र महतो बने माछापुच्छ्रे बैंकको अध्यक्ष
काठमाडौं । माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले डा.महतोलाई अध्यक्षमा नियुक्त गरेको हो । डा. महतो गैर आवासिय संघका संस्थापक अध्यक्ष समेत हुन् । डा.महतो नेपालका एक सफल उद्यमी पनि हुन् । साथै सोही बैठकले बैंकका निर्वतमान अध्यक्ष डा.विरेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गरेको छ । मंसिर ४ गते भएकाे निर्वाचनमा डा.विरेन्द्र महतो प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनी जनता समाजवादी पार्टीका नेता समेत रहेका महताे सिरहा ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । सांसद भएपछि बैंक तथा वित्तीय संस्थाकाे अध्यक्ष वा सञ्चालक बन्न नपाइने कानुनी व्यवस्था छ । साेही कारण विरेन्द्र महताेले बैंककाे अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । डा. वीरेन्द्र प्रसाद महतो एक उद्यमी र सामाजिक कार्यकर्ता हुन् । उनले बेलारुस राज्य अर्थशास्त्र विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी गरेका छन् । उपेन्द्र र वीरेन्द्र दाजु भाइ हुन् । भाइले राजीनामा दिएपछि दाइ माछापुच्छ्रे बैंककाे अध्यक्ष भएका हुन् ।
एभरेष्ट बैंकको १३ प्रतिशत बोनस सेयरमूल्यमा समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट बैंकको सेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले बैंकको १३ प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपश्चात् बैंकको शेयरमूल्य ४७७ रुपैयाँ ७९ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो दिनको अन्तिम मूल्यका आधारमा बैंकको सेयरमूल्य समायोजन गरेको हो । सोमबार बैंकको सेयर प्रतिकित्ता ५३९ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश वितरण गर्ने प्रस्ताव सहित बैंकले मंसिर २६ गते २८ औँ वार्षिक साधारण सभा लैनचौर ब्याङ्क्वेट, लैनचौरमा बिहान ११ बजे बोलाएको छ ।
एनसीसी बैंकको कारोबार फुकुवा, मंगलबारबाट कारोबार हुने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) को कारोबार फुकुवा गरेको छ । नेप्सेले आधारभूत सेयरधनीबाहेकको सेयर कारोबार फुकुवा गरेको हो । नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ बमोजिम कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ । कारोबार फुकुवा भएसँगै बैंकको सेयर कारोबार मंगलबारदेखि दोश्रो बजारमा हुनेछ । कुमारी बैंक र एनसीसी बैंकबीच गत असोज १० गते, सोमबार मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो । मर्जर सम्झौता भएको दोस्रो दिनदेखि बैंकको सेयर कारोबार रोक्का रहेको थियो ।