मर्जर भंग भएपछि प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा
काठमाडौं । प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्जले कम्पनीको आधारभुत सेयरधनीको सेयर कारोबार फुकुवा गरेको हो । अजोड इन्स्योरेन्ससँगको मर्जर गर्ने सम्झौता भंग भएपछि कम्पनीको आधारभुत सेयरधनीको सेयर कारोबार फुकुवा गरिएको हो । प्रभु र अजोडबीच मर्जर किन भंग भयो भन्ने विषय भने अझै खुलाइएको छैन ।
लुम्बिनी विकास बैंकद्वारा जैशिदेवल युथ क्लब टि–सर्ट सहयोग
काठमाडाैं । लुम्बिनी विकास बैंकले खेलाडी, प्रशिक्षक, निर्णायक र अफिसियल तथा क्लबका पदाधिकारीहरुलाई टि–सर्ट वितरण गरेकाे छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जैशिदेवल युथ क्लबले आयोजना गर्न लागेको प्रदेशस्तरिय तेश्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा सहभागीहरुलाई टि–सर्ट वितरण गरेकाे हाे । क्लबका अध्यक्ष राजेश प्रजापतिलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले सो टि–सर्ट हस्तान्तरण गरे । बैंकले सो क्लबलाई विगत बर्षहरुमा समेत निरन्तर सहयोग गर्दै आएको छ ।
नबिल बैंकका ग्राहकलाई सिजी डिजिटल र एलजी लाइफस्टाइलबाट सामान खरिदमा छुट
काठमाडौं । नबिल बैंकले सिजी डिजिटल र एलजी लाइफस्टाइलको आउटलेटबाट सामान खरिद गर्दा छुटका योजना ल्याएको छ । आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा सहयोग गर्नको लागि सिजी डिजिटल र एलजीको सामान खरिदमा छुट दिने अफर ल्याएको हो । अब नबिल बैंकका ग्राहकले देशभर रहेका सिजी डिजिटल र एलजी लाइफस्टाइलका आउटलेटबाट इलेक्ट्रोनिक सामाग्री खरिदमा २० प्रतिशत अग्रिम छुट पाउने भएका छन् । डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको बैंकले यस्ता प्रकारका कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको छ । डिजिटल कारोबारमा छुटको व्यवस्थाले नबिल बैंकका ग्राहकलाई थप सहज हुने बैंकका खुद्रा कारोबार प्रमुख निरज शर्माले बताए । यस्तो सुविधा लिनको लागि नबिल बैंकको कार्ड आवश्यक पर्नेछ । यो सुविधा सीमित अवधिको लागि दिएको नबिलले जनाएको छ । नबिल बैंकका देशभर २ सय ४० शाखा र २ सय ८० एटिएम सञ्जाल छन् । नबिल बैंक नयाँ प्रविधि अपनाउने र नविनतम उत्पादन तथा सेवाहरू लिएको छ । बैंकले देशको पहिलो डिजिटल बैंक बन्ने लक्ष्य लिएको छ र नबिल डिजीटल बैंकिङ कारोबारलाई प्राथमिकता दिएको छ ।