हिमालयन बैंकको नारी र तलब बचत खातामा १० लाखको दुर्घटना बीमा
काठमाडौं । हिमालयन बैंकले दुई बचत खातामा भएको दुर्घटना मृत्यु बीमाको सीमा रकम बढाएको छ । बैंकले नारी बचत खाता र विशेष तलबी खातामा भएको बीमाको सीमा रकम बढाएको हो । बैंकले दुर्घटना बीमाको सीमा रकम ५ लाखबाट बढाएर १० लाख पुर्याएको छ । बैंकले एक विज्ञप्ती जारी गर्दै सीमा रकम बढाएको जानकारी दिएको छ । नारी वचत खाता नारीहरुको सम्मान स्वरुप विशेष गरी नारीहरुलाई लक्षित गरिएको योजनाको रुपमा र विशेष तलबी खाता कुनै पनि संघ संस्थामा आवद्ध व्यक्तिको नाममा तलब जम्मा गर्ने प्रयोजनले खोलिने तलबी खाताको रुपमा रहेको छ । १० लाखसम्मको दुर्घटना मृत्यु बीमा बाहेक पनि नारी वचत खातामा लकर धरौटीमा ५० प्रतिशत छुट र विभिन्न बैंकिङ्ग सेवाहरुमा २५ प्रतिशतसम्म छुट रहेको छ ।
राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वर्षे विकास ऋणपत्र २०८५ ‘छ’ बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले सरकारको १० अर्ब रुपैयाँको ६ वर्ष अवधि रहेको विकास ऋणपत्र २०८५ ‘छ’ बोलकबोल मार्फत् बिक्री गर्ने भएको हो । राष्ट्र बैंकले चैत २१ गते बोलकबोल मार्फत् बिक्री गर्ने र चैत २२ गते निष्काशन गर्नेछ । उक्त ऋणपत्र खरिदका लागि बोलकबोल पेश गर्न राष्ट्र बैंकले आग्रह गरेको हो । विकास ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंकिङ्ग वित्तीय संस्था, बीमा कम्पनी र सर्वसाधारण नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।
ग्लोबल आइएमई बैंकले ल्यायो ‘हृयाप्पी आवर्स’ योजना, बैशाख १६ गतेसम्म लागू हुने
काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुका लागि हृयाप्पी आवर्स योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत बैंकका ग्राहकहरुले ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशतसम्म क्यासब्याक पाउने छन् । बैंकले मोबाइल बैंकिङ्ग एप्लिकेशन-ग्लोबल स्मार्ट प्लसबाट गरिने भुक्तानी प्रकृयालाई प्रवर्द्धन गर्नका लागि यो क्यासब्याक योजना सार्वजनिक गरेको हो । यस हृयाप्पी आवर्स योजनाअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा ग्राहकहरुले क्यासब्याक पाउनेछन् । २०७९ साल चैत १९ गतेदेखि २०८० वैशाख १६ गतेसम्म चल्ने यस योजनामा प्रतिग्राहक प्रतिदिन एक कारोबारको क्यासब्याकका लागि योग्य हुनेछ । यस योजनाअन्तर्गत निम्नानुसार क्यासब्याक उपलब्ध हुनेछ । बैंकले ३६४ हाल शाखा कार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।