नेपाल बैंकले घरजग्गा र सुनचाँदी बेच्दै

काठमाडौं । नेपाल बैंकले धितोमा राखिएको घरजग्गा र सुनचाँदी लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो । बैंकको तुसीपुर शाखाबाट झरना केसी, जावलाखेल शाखाबाट मनिषा कठायत, हिरा बहादुर खाँण र दिपक कुमार घिमिरे, भण्डारा शाखाबाट सविना तामाङ र कविता मगर, म्याग्दी बेनी शाखाबाट मिलन सुवेदी, लाल कुमारी मल्ल र सुरेन्द्र गिरीले लिएर चुक्ता नगरेपछि धितोमा राखिएको सुनचाँदी लिलामी गर्ने भएको हो । बैंकले पटक–पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले १५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ । बैंकको शाखा कार्यालय श्रीपुर, माईस्थान र जनकपुरबाट कर्जा लिएका ऋणीको घरजग्गा लिलामीमा बिक्री गर्ने बैंकले जनाएको छ । बैंकको श्रीपुर शाखाबाट अनुज टेन्ट हाउस र गोपी कृष्ण पशुपालन फर्मका सञ्चालक प्रदिप कुमार साहका जमानीकर्ता प्रगास सा कानुको नाममा कायम रहेको जग्गा बिक्री गर्ने भएको छ । मालपोत कार्यालय पर्सामा दर्ता साविक पोखरीया ३ स्थित कित्ता नम्बर १७९ को २९६.५० वर्गमिटर र साविक वसन्तपुर ७ स्थित कित्ता नम्बर ६८ को ०–०–५ विघा क्षेत्रफल भएको घरजग्गा बिक्री गर्ने भएको हो । यस्तै, माईस्थान शाखाबाट ऋणी विष्णु किराना पसल तथा कोल्ड स्टोरका सञ्चालक विनेश साह कानुको जमानीकर्ता बच्चन देवी साह कानुको नाममा पर्साको साविक श्रीसीया ८ स्थित कित्ता नम्बर १५० र १५२ को क्रमशः ०,०३७२.४६ र ०,०५०७.९० वर्गमिटर जग्गा लिलामी गर्ने भएको हो । यस्तै, जनकपुर शाखाबाट सुमित इन्टरप्राइजेजका सञ्चालक विनोद यादवको नाममा रहेको मालपोत कार्यालय धुनषामा दर्ता कायम साविक जनकपुर ७ स्थित कित्ता नम्बर १९१ को ०–०–१०–२.२५ विघा क्षेत्रफल भएको जग्गा लिलामीमा राखेको हो ।

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा टिभी जित्ने मौका

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुका लागि दराजबाट सामान किन्दा ५५ इन्च वेस्तेल लिड स्मार्ट टिभी जित्न सक्ने योजना सार्वजनिक गरेको छ । यस योजनामा सहभागी हुन बैंकका ग्राहकहरुले भिजा डेबिटरक्रेडिट कार्ड प्रयोग गरी दराजबाट समान खरिद गर्दा अनलाइन भुक्तानी गर्नुपर्नेछ । बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना २०७९ चैत्र २१ देखि बैशाख ९ गतेसम्म लागू रहनेछ । यस योजनाको अन्त्यमा, कुल सहभागीहरूमध्ये १ जना भाग्यशाली विजेता छनौट गरिनेछ । छनौट भएका एक भाग्यशाली विजेताले ५५ इन्च वेस्तेल स्मार्ट लिड टिभी पाउनेछन् । बैंकको यो योजनाको मुख्य उद्देश्य अनलाइन कार्ड भुक्तानीलाई प्रवद्र्धन गर्नु रहेको छ । बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता नवीन योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ ।

ग्रीन डेभलपमेन्ट बैंकका संचालक अधिकारीको राजिनामा स्वीकृत

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकका संचालक विश्व मोहन अधिकारीको राजिनामा स्वीकृत भएको छ । बैंकको चैत २० गते बसेको संचालक समितिको बैठकले अधिकारीको राजिनामा बैंकको स्वीकृत गरेको हो । बैंकका सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक अधिकारीले आफ्नो व्यक्तिगत कारण देखाई संचालक पदबाट राजिनामा दिएका थिए ।