सिद्धार्थ बैंकले चार हजार बढी विद्यार्थीलाई सिकायो वित्तीय साक्षरता
काठमाडौं । बैंक तथावित्तीय संस्थाको मुख्यकामवित्तीय कारोबार हो । वित्तीय कारोबारसँगै संस्थागत सामाजिकउत्तरदायित्व र वित्तीय साक्षरतामापनि बैंकहरु अग्रसर छन् । पछिल्लो समय आम सर्वसाधारण तथा आम युवाहरुमाझ वित्तीय साक्षरता सिकाएर सबैको मन जितिरहेको छ सिद्धार्थ बैंक । यतिबेला सिद्धार्थ बैंक स्कूल–स्कूल र कलेज–कलेजमा पुगेर विद्यार्थीहरुलाई वित्तीय साक्षरता सिकाइरहेको छ । ‘मनी म्यानेज्मेन्ट’ कसरी गर्ने भन्ने विषयमा विद्यार्थीहरुसामू पुगेर बैंकले आम युवाहरुको मन जितिरहेको छ । पछिल्लो समय नोटको कारोबारमा कमि आउनुका साथै डिजिटल कारोबारमा सबैको आकर्षण बढेपछि वित्तीय कारोबारलाई कसरी डिजिटलमा जोड्ने भन्ने विषयमापनि बैंकले युवाहरुलाई सिकाइरहेको छ । बैंकले गत साताअर्थात् चैत ६ गतेदेखि १२ गतेसम्म सप्ताहव्यापी रुपमाभएको ‘ग्लोवल मनी विक २०२३’ को अवसरमा पनि विभिन्न कलेज तथा विद्यालयहरुमा पुगेर वित्तीय साक्षरता कार्यक्रमहरु गरिरहेको छ । आम युवाहरुमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यले वार्षिकरूपमा विश्वभर मनाउँदै आएको ग्लोबल मनी विक सिद्धार्थ बैंकले पनि देशभरमा रहेका आफ्ना शाखाहरु मार्फत् भव्यताका साथ मनाएको हो । ग्लोबल मनी विक २०२३ को थिम ‘‘प्लान योर मनी, प्लान्ट योर फ्यूचर’’ र ग्लोबल मनिविकको स्थायीनारा ‘लर्न, सेभ, अर्न’ (सिक, बचाउ र कमाउ)लाई सार्थक बनाउने प्रयासस्वरुप बैंकले देशको सातै प्रदेशकाशाखाहरुमार्फत् वित्तीय साक्षरताको कार्यक्रम गरेको हो । बैंकले कोशी प्रदेशमा १७ वटा,मधेश प्रदेशमा ८ वटा, बाग्मतीप्रदेश (उपत्यकाभित्र) मा ५१ वटा, बाग्मतीप्रदेश (उपत्यका बाहिर) मा ७ वटा, गण्डकी प्रदेशमा ४ वटा, लुम्बिनी प्रदेशमा ५ वटा, कर्णाली प्रदेशमा एउटा र सुदुरपश्चिम प्रदेशमा ५ वटा गरीकुल ९८ स्थानहरुमा वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम आयोजना गरेको हो । ती कार्यक्रमहरुमा २ हजार १ सय १८ जनामहिला र २ हजार ७२ जनापुरुष गरी कुल ४ हजार १ सय ९० जनाको सहभागिता रहेको बैंकले जनाएको छ । बैंकले आयोजना गरेको कार्यक्रमबाट धेरै वित्तीय ज्ञान हासिल गरेको कार्यक्रममा सहभागीहरुले बताएका छन् । उनीहरुले बैंकले आयोजना गरेको कार्यक्रमबाट ‘मनीम्यानेज्मेन्ट’मा पनि धेरै सहयोग पुग्ने पनिबताएका छन् । बैंकले भौतिक रुपमाकार्यक्रम आयोजना गरेर ग्लोबल मनी विक आयोजना गरेको छ भने पछिल्लो समय निकै चर्चामा रहेका सामाजिक सञ्जालहरुको पनि सदुपयोग गरेर वित्तीय साक्षरताकार्यक्रम गरेको छ । बैंकले सामाजिक सञ्जाल फेसबुक मार्फत् सातदिन दैनिक क्विज प्रतियोगिता आयोजना गरेको थियो । यसका साथै टिकटकमा ‘बैंकमा बचत गर्नुका फाइदाहरु’ को शीर्षकमा भिडियो कन्टेस्ट प्रतियो गिताआयोजना गरीअधिकतमलाईक्स प्राप्त गर्ने तीन प्रतियोगीहरुलाई क्रमश: ३० हजार,२० हजार र १० हजार रुपैँयाको पुरस्कार पनि प्रदानगरेको थियो । ती प्रतियोगितामा उल्लेख्नीय सहभागिता रहेको बैंकले जनाएको छ । बैंकले देशका सम्पूर्ण व्यक्तिमा वित्तीय सेवाको पहुँच पु¥याउने र हरेका वर्ग र क्षेत्रका मानिसलाई वित्तीय चेतनाप्रदान गरी वित्तीय सशक्तीकरण गर्ने उद्देश्यले सो कार्यक्रमहरु सञ्चालन गरेको बताएको छ । उक्त कार्यक्रमहरुबाट वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने हेतुले वार्षिक रूपमामनाइने साप्ताहिक अन्तर्राष्ट्रिय अभियान ‘ग्लोवलमनीविक २०२३’ को उद्देश्यहरुलाई प्राप्तगर्न मद्दत पुगेको विश्वास बैंकले लिएको छ । युवामावित्तीय ज्ञान र सीपमार्फत्व्यवहारिकरूपमा सबल र सक्षमबनाई विवेकशीलवित्तीय निर्णय लिन सक्षमबनाउने उद्देश्यका साथग्लोबल मनीविकमनाएको बताएको छ । सन् २०१२ देखि हरेक वर्षको मार्च महिनामामनाउन सुरु गरिएको यो सप्ताह अर्गनाइजेसन अफइकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओइसिडी) को संयोजनमा विश्वका धेरै मुलुकमा मनाइन्छ । नेपालमापनि राष्ट्र बैंकको संयोजकत्वमाविभिन्न बैंक तथावित्तीय संस्थाहरुले मनाएका छन् । विश्व वित्तीय सप्ताहकिशोर तथा युवाहरुमा वित्तीयशिक्षाको महत्व बारेमा जागरण ल्याउने उद्देश्यले वार्षिक रुपमामनाइने अभियान हो । बालबालिकातथायुवाहरुमावित्तीय ज्ञान, सीप र अभिवृत्तिका साथै व्यावहारिक रुपमा सक्षम बनाउँदै अन्ततोगत्वा उनीहरुमा विवेकशील वित्तीय निर्णय लिनअभिप्रेरित गर्ने उद्देश्यमा यो सप्ताह केन्द्रित रहन्छ ।
२२ औं वर्षमा कुमारी बैंक, विभिन्न सेवामा छुटको घोषणा
काठमाडाैं । कुमारी बैंकले २२ औं वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले आफ्ना ग्राहकहरुका लागि विभिन्न विशेषतायुक्त बैंकिङ्ग सुविधा योजना ल्याएकाे छ । बैंकले ग्राहकहरूलाई थप बचत गर्ने अवसर प्रदान गर्दै सम्पूर्ण बचत खाताहरूमा लकर मार्जिनमा ७५ प्रतिशत छुट प्रदान गर्दै विभिन्न साझेदारहरू मार्फत थप सुविधाहरु पनि ल्याएकाे छ । यसका साथै बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि निः शुल्क दर्ता गर्ने तथा वार्षिक शुल्कहरूमा पनि छुट प्रदान गर्ने जनाएकाे छ । साथै, बैंकले प्रारम्भिक बिज रकमलाई छोटो समयमै पाँच देखि सय गुणा वृद्धि गर्ने विशेष योजना ‘रिकरिङ्ग मुद्दति’ खातासमेत संचालमा ल्याएको छ । कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९५ एटिएम, ६२ शाखारहित बैंकिङ्ग सुविधा तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु प्रवाह गर्दै आएको छ ।
राष्ट्र बैंकले फेरी भन्यो : क्रिप्टोकरेन्सी नेपालको लागि गैरकानुनी हो
काठमाडौं । राष्ट्र बैंकले फेरीपनि क्रिप्टोकरेन्सी नेपालको लागि गैरकानुनी भएको बताएको छ । सोमबार पाँचौ पटक सूचना जारी गर्दै राष्ट्र बैंकले बिटकोइन, क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सी, नेटवर्क मार्केटिङ तथा हाइपर फण्ड गैरकानुनी भएको बताएको हो । राष्ट्र बैंकले यसअघि यस विषयमा मिति २०७४/०४/२९, २०७८/०५/२४, २०७८/१०/०९ र २०७९/०४/३० मा सार्वजनिक सूचनाहरू प्रकाशन गरेको थियो । नेपालमा यसले कानुनी मान्यता नपाएको, नेपालमा कानुनी ग्राहय नभएको, नेपाल सरकारको जमानतप्राप्त नभएको, राष्ट्र बैंकले निष्कासन समेत नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएको सूचनामा भनिएको छ । यस्ता कारोबार विदेशी विनिमय ९नियमित गर्ने० ऐन, २०१९ र विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ बमोजिम गैरकानुनी रहेको राष्ट्र बैंक बताउँछ । राष्ट्र बैंकले यस्ता कारोबार गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने जनाएको छ ।