सिद्धार्थ बैंकका ग्राहकलाई नेपालगञ्जको हेल्थ केयर अस्पतालमा १० प्रतिशतसम्मको छुट

काठमाडाैं । सिद्धार्थ बैंक र श्री हेल्थ केयर अस्पताल तथा प्रसुती गृहबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट नेपालगञ्ज शाखा प्रमुख किरण राणा मगर तथा हेल्थ केयर अस्पताल तथा प्रसुती गृहका तर्फबाट प्रबन्ध निर्देशक डा. मञ्जु बि. सि. शाहले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले हेल्थ केयर अस्पताल तथा प्रसुती गृहमा बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग तथा क्यूआर मार्फत भुक्तानी गर्दा विभिन्न स्वास्थ्य सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

नबिल बैंकका सीइओ ढुङ्गाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्रप्रसाद ढुङ्गाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित भएका छन् । ढुंगाना लामो समयदेखि बैंकिङ क्षेत्रमा गरेको योगदानको कदर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रबल जनसेवा श्री’ सम्मान गरेका हुन् । बैकिङ क्षेत्रमा साढे दुई दशक लामो अनुभव सँगालेका ढुङ्गाना नेपाल बंगलादेश बैंकमा १० वर्ष सीइओ भएका थिए । त्यसअघि उनी नेपाल क्रेडिट एण्ड कमर्स बैंकका महाप्रबन्धक थिए । राष्ट्र बैंकको निर्देशक पद छाडेर ढुङ्गाना निजी बैंकमा काम गर्न आएका थिए । भारतको चार्टर्ड एकाउन्टेन्सी गरेका उनले अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर गरेका छन् ।

लुम्बिनी विकास बैंकका डेपुटी सीइओमा सुमन आचार्य

काठमाडौं । लुम्बिनी विकास बैंकले नायब प्रमुख कार्यकारी अधिकृतको नियुक्त गरेको छ । बैंकले आजबाट नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा सुमन आचार्यलाई नियुक्ती गरेको हो । उक्त्त नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत सुमन आचार्यले त्रिभुवन विश्वविद्यालयबाट एमविए सम्मको उच्च शिक्षा हासिल गरेका छन् । उनले सन् १९९९ मा त्रिभुवन विश्वविद्यालयबाट एमविएमा केन्द्रिय विभाग (व्यवस्थापन), किर्तीपुरको शिर्षस्थान तथा विश्वविद्यालय स्तरमा दोस्रो स्थनमा उत्तिर्ण भई उत्कृष्ठ थेसिस लेखन बापत कृष्ण चन्द्र रेग्मी अवार्डबाट समेत सम्मानीत भएका थिए । उनले विभिन्न बैंक तथा वित्तीय संस्थामा उच्च व्यस्थापनमा रहि सफल कार्य गर्नुका साथै साबिकको सिभिल बैंकमा सहायक महाप्रबन्धकका रुपमा प्रमुख कर्जा अधिकृत रहि सफलता हासिल गरेका थिए । उनको कुशल कार्यअनुभवले लुम्बिनी विकास बैंकले थप प्रगति गर्ने विश्वास लिएको छ ।