एन आई सी एशिया बैंकका संस्थापक अध्यक्ष अग्रवाललाई ‘सुप्रबल जनसेवाश्री’ विभूषण प्रदान

काठमाडौं । यस एन आई सी एशिया बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा हालका प्रमुख सल्लाहकार तथा प्रतिष्ठित उद्योगी व्यवसायी जगदीश प्रसाद अग्रवाललाई ‘सुप्रबल जनसेवाश्री’ विभूषण प्राप्त गरेका छन्। संविधान दिवसको अवसरमा गत असोज ३ गतेका दिन घोषित उक्त सम्मानित विभूषण बैशाख १ गते शुक्रबार राष्ट्रपतिको कार्यालय, राष्ट्रपति भवन, महाराजगञ्जमा आयोजित समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले प्रदान गरेका हुन् । ६ दशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा खटिदै एक सफल उद्योगी व्यवसायीको स्थापित भएका अग्रवालले कुशल व्यवसायिक रणनीतिकार एवम् उत्कृष्ट व्यवस्थापकको रुपमा चिनिन्छन् । उनी एनआइसी एशिया बैंकको पूर्व अध्यक्ष हुनुको साथै हाल विशाल गु्रपको अध्यक्ष पनि रहेका छन्। उनले मैनावती स्टिल इन्डष्ट्रिज, कमला आइरन एण्ड स्टिल इन्टरनेसल प्रालि, कमला रोलिङ मिल्स प्रालि तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा पनि भूमिका निर्वाह गर्दै आएका छन् ।

नयाँ वर्षमा एनएमबि बैंकले ल्यायो सजिलो क्युआर कर्जा

काठमाडौं । एनएमबि बैंकले नयाँ बर्षमा एनएमबि सजिलो क्युआर कर्जाको शुरुवात गरेको छ । बैंकका अनुसार आर्टिफिसियल ईन्टेलिजेन्समा आधारित आन्तरीक प्रविधिको विकास गरी बैंकको क्युअार प्रणालीमा आवद्ध साना, मझौला तथा घरेलु उद्यमकाे कर्जा प्रदान गरिनेछ । साथै, आकश्मिक वित्तीयलाई ध्यानमा राखी २ लाख रुपैयाँसम्मको एनएमबि सजिलो क्युआर कर्जा प्रदान गरिने कम्पनीले जनाएकाे छ । अर्थतन्त्रमा वास्तविक रुपले विद्युतीय कर्जा प्रणालीको बिस्तार गर्ने, कर्जा प्रक्रियालाई सरलीकृत गर्ने र कर्जाको लागत कम गर्ने उदेश्यका साथ शुरु गरिएको यस कर्जाबाट ग्राहकहरुको ब्यवसायलाई आवश्यक आकश्मिक वित्तीय आवश्यक्ता पूरा गर्नेछ । साथै, बैंकले प्राथमिकतामा राखेको डिजिटाईजेशनको लक्ष्य प्राप्तिमा कोशेढुंङ्गा सावित हुने बिश्वास लिएको छ । एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

कोरियन पूर्वमन्त्री ली र कृषि विकास बैंकबीच छलफल, वैदेशिक लगानी बैंकमार्फत ल्याउने

काठमाडौं । दक्षिण कोरियन पूर्वमन्त्री डा. ली नाम की र एनआरएनएका अध्यक्ष विनोद कुँवरले कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइयो) गोबिन्द गुरुङसँग विदेशी लगानी भित्राएर नेपालका विभिन्न क्षेत्रको विकास गर्ने बारे छलफल गरेका छन् । बिहिबार रामशाहपथस्थित बैंकको केन्द्रीय कार्यालयमा भएको छलफलमा सहकार्य गर्न सकिने आधार रहेको निष्कर्ष निकालेका छन् । गैर आवसीय नेपाली संघ (एनआरएनए) को पहलमा कोरियाका पूर्वमन्त्री डा. ली नेपालका सरकारी तथा नीजि आर्थिक क्षेत्रका निकायहरुसँग एक सातादेखि भेटघाट र छलफलमा रहेका छन् । कोरिया–एसिया इकोनमिक कोअपरेसन एसोसियसनका अध्यक्ष समेत रहेका डा. लीले बिहिबार सिईयो गुरुङसँग वैदेशीक लगानी कृषि विकास बैंकमार्फत परिचालन गर्नेबारे विशेष छलफल गरेका थिए । डा. लीले विशेष गरेर सर्वसाधारण आम नागरिकले सेवा र सुविधा प्राप्त गर्ने र सरकारी नियन्त्रण भएका परियोजनामा आफूहरुको लगानी गर्ने बताए । आफूहरुले हाइड्रो तथा सोलार पावर प्लान्ट, एयरपोर्ट, पब्लिक पोर्ट, अस्पताल तथा रिसर्च सेन्टर, विश्वविद्यालय, लजिस्टिक, मोनो रेल, राजमार्ग निर्माणका साथै आम जनताले प्रतयक्ष लाभ पाउने ठूला परियोजनामा लगानी गर्न इच्छुक रहेको बताए । जसमा न्यूनतम २० अर्बदेखि माथिको लगानी ल्याउन सक्ने तर लगानी पूर्ण सुरक्षाको सुनिश्चिता हुनुपर्ने आफ्नो मुख्य सर्त रहेको बताए । सिईयो गुरुङले आफू नेतृत्वको बैंकलाई लीले प्रस्ताव राखेजस्तै ठूलो रकमको आवश्यकता भएको तर कतिपय कानुनी तथा अन्तर्राष्ट्रि मौद्रीक नीतिका कारण केही जटिलता रहेको बताए । आफूहरुसँग ठूलाठूला आयोजनाहरु पाइपलाईनमा बसेको र लगानीको खोजिमा रहेको बताउँदै निकट भविश्यमा लगानी सुनिश्चिततासहित सहकार्य गर्नसकिने धारणा राखे । छलफलका क्रममा एनआरएनएका अध्यक्ष कुँवरले दक्षिण कोरियालगायताका विश्वका विकसित देशहरुले सुरुमा विदेशी लगानीको भरभूर सदुपयोग गरेको बताउँदै, नेपालले पनि त्यही गर्न सक्ने धारणा राखे । सो भेटघाटमा संघकी महासचिव जानकी गुरुङ, कार्यकारी निर्देशक राजेश राणा, बैंकका उपमहाप्रबन्धक बाबुकाजी थापा, चीफ फाइनान्स अफिसर प्रेमकुमार श्रेष्ठ, विजनेस क्रेडिट डिपार्टमेन्ट हेड सुदिपकुमार दाहाल र पीडी इन्जीनियरिङका डाइरेक्टर देब गुरुङले विदेशी लगानी ल्याएर नेपाली जनजीवन उकास्न सबैले कोशिष गर्नु पर्ने धारणा राखे ।