तेस्रो त्रैमासमा नेपाल बैंकको नाफा १ अर्ब ७८ करोड, यस्ता छन् अन्य सूचक
काठमाडौं । नेपाल बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब १९ करोड रुपैयाँ खुद नाफा गरेको थियो । गत आर्थिक वर्षको तुलनामा चालू आवको तेस्रो त्रैमासमा बैंकको नाफा १८ प्रतिशतले घटेको देखिएको छ । यस्तै, बैंकले तेस्रो त्रैमासमा २ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ८७ अर्ब निक्षेप र १ खर्ब ६८ रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकको खराब कर्जा बढेर ४.१६ प्रतिशत पुगेको छ भने कर्जा–निक्षेप अनुपात ७७.७५ प्रतिशत कायम भएको छ । गत आवको सोही अवधिमा बैंकको २.०६ खराब कर्जा र ९०.३६ प्रतिशत सीडी रेसियो थियो ।
नेपाल एसबिआई बैंकको नाफा साढे १ अर्ब, सीडी रेसियो ह्वात्तै घट्यो
काठमाडौं । नेपाल एसबिआई बैंकले १ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा सो नाफा गरेको हो । यसबाट बैंकले प्रोभिजन भने छुट्याउन बाँकी छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ३० करोड रुपैयाँ खुद नाफा गरेको थियो । चालू आवको तेस्रो त्रैमासमा बैंकले १ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब १४ अर्ब निक्षेप संकलन गरेको थियो भने १ खर्ब ८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो । यस्तै, बैंकको खराब कर्जा ०.८ र सीडी रेसियो ८३ प्रतिशत कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खराब कर्जा ०.१४ प्रतिशत र सीडी रेसियो ९५.३५ प्रतिशत थियो । बैंकले सीडी रेसियो ह्वात्तै घटाउन सफल भएको छ ।
कुमारी बैंकको नाफा पौने २ अर्ब, एनपीएल बढ्यो
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा कुमारी बैंकले १ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले चालू आवको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणका अनुसार सो नाफा गरेको हो । बैंकले बिहीबार वित्तीय विवरण सार्वजनिक गर्दैछ । बैंकले यो अवधिमा ३ खर्ब १० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा २ खर्र्ब ८५ अर्ब रुपैयाँ लगानी गरेको छ । बैंकको खराब कर्जा भने बढेको छ । बैंकको एनपीएल ३.९ प्रतिशत पुगेको छ भने सीडी रेसियो सीडी रेसियो ८९ प्रतिशत रहेको छ । कुमारी र एनसीसी बैंकबीच गत पुसमा एकीकृत कारोबार भएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा कुमारी बैंकको नाफा १ खर्ब ८० अर्ब, निक्षेप १ खर्ब ६५ अर्ब र कर्जा लगानी कर्जा १ खर्ब ५५ रुपैयाँ गरेको थियो । यस्तै गत आर्थिक वर्षको तेस्रो त्रैमासमा एनपीएल ०.९६ प्रतिशत र सीडी रेसियो ९१ प्रतिशत थियो । यस्तै, एनसीसी बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ४८ करोड नाफा, १ खर्ब २५ अर्ब निक्षेप संकलन र कर्जा लगानी १ खर्ब १६ अर्ब रुपैयाँ गरेको थियो । एनसीसी बैंकको एनपीएल १.५२ प्रतिशत र सीडी रेसियो ८९.१४ प्रतिशत रहेको थियो ।