सिटिजन्स बैंकको नाफा १ अर्ब २३ करोड, यस्ता छन् अन्य सूचक
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा सिटिजन्स बैंक इन्टरनेशनलले १ अर्ब २३ करोड रुपैयाँ खुद नाफा गरेको छ गत आवको सोही अवधिमा १ अर्ब ५८ करोड रुपैयाँ खुद नाफा गरेको थियो । यो अवधिमा बैंकले ४ अर्ब ३९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने गत आवको सोही अवधिमा ३ अर्ब ६८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यो अवधिमा बैंकको निक्षेप संकलन ८ अर्ब बढेर १ खर्ब ६० अर्ब पुगेको छ भने कर्जा लगानी १ खर्ब ३९ अर्ब पुगेको छ । बैंकले गत आवको सोही अवधिमा १ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो भने १ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा ३.९८ प्रतिशत छ भने सीडी रेसियो ८६.५६ प्रतिशत कायम भएको छ । गत आवको सोही अवधिमा बैंकको सोही अवधिमा खराब कर्जा १.७२ प्रतिशत र सीडी रेसियो ९०.६९ प्रतिशत थियो । यस्तै, बैंकको वितरणयोग्य नाफा १४ करोड ३४ लाख रुपैयाँ छ भने प्रतिसेयर आम्दानी ११.६१ रुपैयाँ छ ।
लक्ष्मी बैंकको नाफा १ अर्ब २६ करोड, १४.६१ रुपैयाँ पुग्यो प्रतिसेयर आम्दानी
काठमाडौं । लक्ष्मी बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब २६ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ८५ करोड ८९लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत आवको सोही तुलनामा यस त्रैमासमा नाफा बढाएको हो । बैंकले यो अवधिमा ४ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकले गत आवको सोही अवधिमा २ अर्ब ५५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकले निक्षेपकर्ताबाट १ खर्ब ५० अर्ब निक्षेप संकलन गरेको छ भने १ खर्ब ३१ अर्ब कर्जा लगानी गरेको छ । यस्तै, गत आवको सोही अवधिमा बैंकले १ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो भने १ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो । यो अवधिमा बैंकको खराब कर्जा १.८२ प्रतिशत पुगेको छ भने सीडी रेसियो ८५.३६ प्रतिशत कायम भएको छ । यस्तै, बैंकको गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको खराब कर्जा १.०८ प्रतिशत थियो भने सीडी रेसियो ८७.२४ प्रतिशत थियो । बैंकको वितरणयोग्य नाफा १ अर्ब ३३ करोड रुपैयाँ रहेको छ भने लाभांश वितरण गर्ने क्षमता ११.९५ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १४.६१ रुपैयाँ छ ।
सनराइज बैंकको नाफा १ अर्ब ६७ करोड, कस्ता छन् अन्य सूचक ?
काठमाडौं । सनराइज बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकको गत आवको सोही अवधिमा १ अर्ब ८२ करोड रुपैयाँ थियो । तर, अहिले नाफा घटेको छ । बैंकले यो अवधिमा ४ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले ३ अर्ब ५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस्तै, बैंकले तेस्रो त्रैमासमा १ खर्ब ३१ अर्ब निक्षेप संकलन गरेको छ भने १ खर्ब १९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा ३.६२ प्रतिशत पुगेको छ भने सीडी रेसियो ८७.१० प्रतिशत कायम भएको छ । गत आवको सोही अवधिमा बैंकको सीडी रेसियो ९१.८६ प्रतिशत थियो । बैंकको प्रतिसेयर आम्दानी १५.४३ रुपैयाँ छ । बैंकको वितरणयोग्य नाफा ४ करोड ८३ लाख रुपैयाँ नोक्सानमा छन् ।