एनएमबि बैंकको नाफा साढे २ अर्ब, एनपीएल ३ प्रतिशत पुग्यो

काठमाडौं । एनएमबि बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ०.६५ प्रतिशत बढेर २ अर्ब ६८ करोड २५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४६.४७ प्रतिशत बढेर ६ अर्ब ४८ करोड ४८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ४२ करोड खुद ब्याज आम्दानी गरेको थियो । बैंकको कुल सञ्चालन आम्दानी २६.८२ प्रतिशत बढेर ८ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म बैंकको निक्षेप ७ प्रतिशत बढेर १ खर्ब ९७ अर्ब ७३ करोड रुपैयाँ र कर्जा १ खर्ब ८५ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । बैंकले सीडी रेसियो ८७.०८ प्रतिशत कायम राख्न सफल भएको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा १.५० प्रतिशत बढेर २.९६ प्रतिशत पुगेको जनाएको छ । बैंकको जगेडा कोषमा १२.३५ प्रतिशत बढेर ९ अर्ब ५५ करोड ४५ लाख रुपैयाँ रकम जम्मा रहेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा ७२ करोड ८८ लाख रुपैयाँ रहेको छ ।

एनआईसी एशिया बैंकको नाफा ४ अर्ब माथि, जगेडा कोष १७.२१ अर्ब पुग्यो

काठमाडौं । एनआईसी एशिया बैंकको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ११.३८ प्रतिशत बढेर ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ६० करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ११.६१ प्रतिशत बढेर ९ अर्ब २१ करोड ७० लाख रुपैयाँ कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले ८ अर्ब २५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ८.५९ प्रतिशत बढेर ३ खर्ब १४ अर्ब ८० करोड रुपैयाँ र कर्जा प्रवाह २ खर्ब ६६ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको खराब कर्जा बढेको भएपनि १ प्रतिशत भन्दा तल नै कायम राख्न सपल भएको छ । बैंकको खराब कर्जा ०.३४ प्रतिशत बढेर ०.८७ प्रतिशत पुगेको छ । वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा ३ अर्ब २ करोड ३१ लाख रुपैयाँ पुगेको छ । साथै, बैंकको जगेडा कोष २९.६५ प्रतिशत बढेर १७ अर्ब २१ करोड ६३ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

नाफामा नम्बर वान बन्यो नबिल, ईपीएस कति पुग्यो ?

काठमाडौं । नबिल बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ अर्ब भन्दा बढी नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवण अनुसार चैत मसान्तसम्म ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ३५ करोड २० लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । गत वर्षको तुलनामा बैंकको नापा ५२.६२ प्रतिशत बढेको हो । चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ८४ प्रतिशत बढेर १२ अर्ब १० करोड ११ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ५९ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ११.४२ प्रतिशत बढेर ३ खर्ब ६३ अर्ब ४८ करोड र कर्जा प्रवाह ७.७६ प्रतिशत बढेर ३ खर्ब २३ अर्ब ५१ करोड रुपैयाँ पुर्याएको छ । बैंकको खराब कर्जा दर बढेर २.७३ प्रतिशत बढेर ३.८७ प्रतिशत पुगेको जनाएको छ । बैंकको तथ्याङ्क अनुसार वितणयोग्उ नाफा १ अबए ७७ करोड २० लाख रुपैयाँ रहेको छ । ९ महिनाको अवधिमा बैंकको प्रतिसेयर आम्दानी २५.२१ रुपैयाँ रहेको छ ।