गरिमा विकास बैंकले सार्वजनिक गर्यो वित्तीय साक्षरता सम्बन्धी भिडियो
काठमाडौं । गरिमा विकास बैंकले वित्तीय साक्षरता सम्बन्धि विशेष भिडियो सार्वजनिक गरेको छ । उक्त बैंकले आजभोली वित्तीय साक्षरताको अभावले नेपालमा डिजिटल ठगी सम्बन्धि विभिन्न घटनाक्रमहरु बढ्दै गएको जनाएको छ । यस्ता ठगहरुले सामाजिक संजाल एवं अनलाईन एपहरुको माध्यमबाट चिट्ठा परेको छ भन्दै विभिन्न प्रलोभन देखाई ठगी गरिरहेको पाईएको छ । मुख्यतः वित्तीय साक्षरता एवं जागरुकताको अभावले हुने यस्ता खाले ठगीमा प्राय सबै उमेर समूहहरु फस्ने गर्दछन् । यसलाई मध्यनजर गर्दै यस विकास बैंकले आफ्नो आधिकारीक युटुब एवं अन्य सामाजिक संजालमार्फत डिजिटल ठगी सम्बन्धि जनचेतनामुलक भिडियो सार्वजनिक गरेको बैंकले जनाएको छ । करिब २ मिनेट लामो उक्त भिडियोमा एक शिक्षित युवा पनि कसरी यस्ता ठगीमा फस्न सक्छ भन्ने विषय देखाईएको छ । बैंकले उक्त भिडियोको प्रभावले आगामी दिनमा हुनसक्ने सम्भावित ठगीबाट केहि हदसम्म आम वित्तीय सेवा उपभोत्ता समुदायहरु थप सचेत हुने विश्वास राखेको छ ।
सिटिजन्स बैंकका ग्राहकलाई अजा डायनास्टीमा छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र ठमेलस्थित अजा डायनास्टीकबीच सम्झौता भएको छ । बैंक र डायनास्टीबीच बैंकका ग्राहकलाई विभिन्न सामानमा छुट दिने सम्झौता भएको हो । सम्झौता अनुसार बैंकका कार्डवाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले अजा डायनास्टीमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएकाआफ्ना १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३९ वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
नेप्सेमा एक बैंकको १२.३५ प्रतिशत बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकको १२.३५ प्रतिशत बोनस वापतको ११ लाख १५ हजार ७३३.६६४८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १२.३५ प्रतिशत बोनस सेयर र ०.६५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो