मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘आरोगिन हेल्थ केयर’ मा ४५ प्रतिशत छुट
काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकलाई काठमाडौंको ‘आरोगिन हेल्थ केयर’ मा विशेष छुट दिने भएको छ । बैंकले ग्राहकलाई थप सेवा दिन विशालनगरमा स्थित हेल्थ केयरसँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो । उक्त सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकले हेल्थ केयरमा विभिन्न सेवा सुविधामा विशेष ४५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । हेल्थ केयरले प्रदान गर्ने सेवाहरुमा कपाल प्रत्यारोपण, कपाल झर्ने समस्याको उपचार लगायत छाला, दाँत सम्बन्धी समस्याको हेरचाह सँगै अन्य विभिन्न सुविधाहरु रहेको छ । साथै, बैंकले बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटर्वकमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
२९ औं वर्षमा महालक्ष्मी विकास बैंक, विभिन्न सामाजिक कार्य गरी मनायो वार्षिकोत्सव
काठमाडाैं । महालक्ष्मी विकास बैंकले २९ औं वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्ना १०३ वटा शाखाहरुमा विभिन्न सामाजिक हितका कार्यक्रम गरी आफ्नाे वार्षकाेत्सव मनाएकाे छ । बैंकले वार्षिकोत्सवको अवसरमा २९ वटा शाखाहरु मार्फत रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ । केन्द्रिय कार्यालयमा दरबारमार्ग शाखाको सक्रियतामा बैंकले शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेकाे हाे । त्यस्तै, बैंककाे शाखा, प्रादेशिक तथा केन्द्रिय कार्यालयका कर्मचारीहरुको सहभागितामा वित्तीय साक्षरताका निम्ति प्रभातफेरी कार्यक्रम सम्पन्न गरेकाे छ । उक्त प्रभातफेरी कार्यक्रममा बैंकिङ्ग सेवाहरुः जस्तै मोवाईल बैंकिङ्ग, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरुको प्रयोग गरिएको थियो । बैंके यही अवसरमा कर्पोरेट क्रिक्रेटको दोश्रो श्रृङखला (महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग – २०२३, श्रृङखला २) जेठ २०, २१ र २२ गते सञ्चालन गर्ने भएकाे छ ।
एनएमबि लघुवित्तको दुई दिने बजेट योजना कार्यशाला सम्पन्न
काठमाडौं । एनएमबि लघुवित्तको दुई दिने बजेट योजना तथा व्यवसायिक रणनीतिक कार्यशाला सम्पन्न भएको छ । शनिबार पोखराको लेकसाईडमा भएको कार्यशालामा ४५ जना कर्मचारीहरुको सहभागिता रहेको थियो । जेठ ५ गते देखि ६ गतेसम्म आयोजित कार्यशालामा रणनीति तथा लक्ष्य निर्धारण, शाखा व्यवस्थापन, शाखा संचालन व्यवस्थापनमा प्रादेशिक प्रमुख, क्षेत्रीय प्रवन्धकको भूमिका, शाखा अनुगमन, ग्राहक पहिचान तथा बचत खाता ब्यबस्थापन, लघुवित्त संचालनका क्रममा आइपरेका समस्याको समाधान, इन्टरनल कन्टोल एण्ड अडिट सिस्टम लगायत समसामयिक विषयवस्तुमा विभागिय प्रमुखवाट प्रशिक्षण दिईएको थियो । यस वित्तीय संस्थाले पोखरा महानगरपालिका वडा नं. २५ हेम्जा कास्कीमा केन्द्रीय कार्यालय स्थापना गरि ६८ जिल्लामा १४८ वटा शाखा उपशाखा र ७ वटै प्रदेशमा प्रादेशिक कार्यालय विस्तार गरी करिब एकलाख विस हजार विपन्न घरपरिवारलाई लघुवित्त सेवा प्रदान गदै आएको छ ।