सनराइज बैंकले अंगभंग भएका व्यक्तिलाई कृतिम अंग प्रदान गर्नको लागि दियो २ लाख रुपैयाँ
काठमाडौं । सनराइज बैंकले मदेश प्रदेशको वीरगंजमा अंग भंग भएका २० जानलाई कृतिम हात तथा खुट्टा प्रदान गरेको छ । वीरगंजमा बिहीबार आयोजित एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अपछ कुमार यादबले प्रमुख सुमन थापा तथा बैंकका वीरगंज शाखा प्रमुख केदार सिंहको उपस्थितीमा रोटरीका कार्यक्रम संयोजक डा.स्वास्वत प्रसादलाई २ लाख ७५ हजार रुपैयाँको चेक हस्तान्तरण गरे । उक्त रकमले २० जनालाई कृतिम अंग प्रदान गर्ने योजना अनुरुप उपस्थित व्यक्तिहरुलाई कृतिम अंग निशुल्क समेत प्रदान गरिएको थियो । कृतिम अंग प्राप्त गर्ने व्यक्तिहरु उक्त सहयोगले खुशी हुँदै बैंकलाई धन्यबाद समेत ज्ञापन गरेका थिए । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत देशैभरी स्वास्थ्य, शिक्षा, शिपमुलक तालिम, वित्तिय साक्षयरता, पूूर्वाधार निर्माण आदि क्षेत्रहरुमा विभिन्न कामहरु गर्दै आएको छ ।
खराब कर्जा ३ प्रतिशत तल झार्ने बैंकहरुको रणनीति, फाइनान्सको १० प्रतिशत नजिक
काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम त्रैमास सकिन एक महिना पनि बाँकी छैन । बैंक तथा वित्तीय संस्थाहरु ऋण असुलीको प्रयासमा लागि रहेका छन् । याे वर्ष राम्रो नाफा बुक गर्ने रणनीतिका साथ बैंकरहरु रिकभरीको रणनीतिमा लागेका हुन् । बैंकिङ प्रणालीमा लामो समयदेखि तरलता अभाव भएपनि पछिल्लो समय बैंकमा प्रयाप्त मात्रामा तरलता छ । तर, खराब कर्जा भने केही बढेको देखिन्छ । असार मसान्तसम्म ३ प्रतिशत तल झार्ने रणनीतिमा बैंकर लागेका छन् । अहिलेकै स्थिति भएमा बैंकहरुको खराब कर्जा साढे ३ प्रतिशतसम्म पुग्न सक्ने अनुमान भइरहे पनि पछिल्लो समय भने तीन प्रतिशत तल खराब कर्जा झार्ने रणनीतिमा बैंकर लागेका हुन् । माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिृकत सर्जुकुमार थापाले बैंकको खराब कर्जा तीन प्रतिशत कम हुन सक्ने बताए । उनका अनुसार अघिल्ला त्रैमासको तुलनामा अन्तिम त्रैमासमा रिकभरी राम्रै भइरहेको छ । तर, सन्तोषजनक भने अझै नभएको उनको भनाइ छ । ‘अहिले सबै बैैंकले रिकभरीलाई जोड दिइरहेका छन्, कर्जाको माग छैन, रिकभरीलाई बढाएर जसरी भएपनि खराब कर्जा कम गर्ने बैंकरको रणनीति छ, यसअघि असार मसान्तसम्म साढे तीन प्रतिशत खराब कर्जा पुग्ने अनुमान भएपनि अब तीन प्रतिशत कम हुन्छ कि भन्ने हाम्रो विश्वास छ,’ उनले भने । सन्तोषजनक रिकभरी नहुँदा प्रोभिजनिङ पनि बढ्ने अनुमान भने बैंकरहरुको छ । सकेसम्म कर्जा असुलीमा ध्यान दिएर अन्तिम त्रैमासमा बढी नै नाफा गर्ने योजना अधिकांश बैंकहरुको हुन्छ । तर, व्यवसायमा खासै राम्रो प्रगति नभएको कारण ऋण असुली हुन सकेको छैन । त्यसको असर खराब कर्जामा देखिएको छ । हाल वाणिज्य बैंकको खराब कर्जा ३.२३ प्रतिशत हारहारीमा छ । असारमा राम्रो रिकभरी हुन सकेन भने साढे तीन प्रतिशत पुग्ने निश्चित छ । बैंकहरुको खराब कर्जा तीन प्रतिशत तल झार्ने रणनीति भए पनि वित्तीय संस्थाहरुको भने १० प्रतिशत पुग्ने अनुमान गरिएको छ । हाल वित्तीय संस्थाको खराब कर्जा ८.१९ प्रतिशतको हाराहारीमा छ । ८ वर्ष यताकै उच्च बैंकहरुको खराब कर्जा ८ वर्ष यताकै उच्च बिन्दुमा छ । २०७२ मा २.४९ प्रतिशत रहेको वाणिज्य बैंकको खराब कर्जा अहिले बढेर साढे तीन प्रतिशतको नजिक पुगेको छ । चालू आवको चैत मसान्तसम्म बैंकहरुको खराब कर्जा ३.२३ प्रतिशत छ । यस्तै, वित्तीय कम्पनीहरुको खराब कर्जा पनि पछिल्लो पाँच वर्षको तुलनामा उच्च छ । २०७५ मा १० प्रतिशतको हाराहारीमा रहेको वित्तीय संस्थाहरुको खराब कर्जा अहिले ८.१९ प्रतिशत छ । यस्तो छ पछिल्लो ८ वर्षको खराब कर्जा
राष्ट्रिय वाणिज्य बैंकले माग्यो ४६५ जना कर्मचारी, प्लस टुलाई पनि अवसर
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्या कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले ४६५ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो । बैंकले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि सहायक (चौथो तह)देखि वरिष्ठ प्रबन्धक (नवौँ तह)सम्म कर्मचारी माग गरेको हो । बैंकले खुलातर्फ २२१ जना, महिलातर्फ ७६ जना, आदिवासी जनजातितर्फ ५९ जना, मधेसीतर्फ ४७ जना, दलिततर्फ २८ जना, अपांगतर्फ १५ जना र पिछडिएको क्षेत्रतर्फ १९ जना कर्मचारी भर्ना गर्न लागेको हो । कुल पदमध्ये सहायक (प्रशासन र नगद) मा मात्रै २५६ जना कर्मचारी भर्ना गर्ने भएको हो । बैंकले आह्वान गरेको विज्ञापनमा प्लस टूदेखि पद अनुसारको योग्यता आवश्यक हुने बैंकले जनाएको छ । इच्छुक उम्मेदवारले असार १० गतेदेखि असार ३० गतेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरी साउन ६ गतेसम्म दरखास्त पेस गर्न बैंकले जनाएको छ ।