हिमालयन बैंकका ग्राहकलाई आरोगिन हेल्थ केयरमा ४५ प्रतिशत छुट
काठमाडौं । हिमालयन बैंकका ग्राहकलाई आरोगिन हेल्थ केयरमा ४५ प्रतिशत छुट हुने भएको छ । बैंक र आरोगिन हेल्थ केयर रिसर्च सेन्टरबीच बैंकका ग्राहकलाई विभिन्न सेवा–सुबिधाहरुमा ५ देखि ४५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकका कार्डबाहक तथा ग्राहकलाई आधुनिक प्रणालीबाट कपाल रोप्न तथा कपाल झर्न कम गर्ने उपचारमा ४५ प्रतिशत सम्मको छुट, छालाको हेरचाहमा ३० प्रतिशत सम्मको छुट, ल्याव सेवाहरुमा २५ प्रतिशत सम्मको छुट दिने भएको छ । त्यस्तै, दाँतको हेरचाह वा उपचार प्रक्रियामा २० प्रतिशत सम्मको छुट, दिवा वा २४/७ नर्सिङ्ग केयर सेवामा १५ प्रतिशत सम्मको छुट र फिजियोथेरापीमा ५ प्रतिशतको छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंकका कार्डबाहक तथा ग्राहकले उक्त छुट प्राप्त गर्न बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रीपेड कार्ड देखाउन वा निम्न कार्डहरुबाट भुक्तानी गर्न सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन् ।
४ प्रतिशतमा झर्यो अन्तर बैंकदर, बैंकमा थुप्रिन थाल्यो पैसा
काठमाडौं । बैंकहरुले एक आपससँग सापट लिने कर्जा (अन्तर बैंक) को ब्याजदर ४ प्रतिशतको हाराहारीमा कायम भएको छ । यसअघि ७ प्रतिशतको हाराकारी रहेको अन्तर बैंक ब्याजदर हाल ४.०१ प्रतिशत कायम भएको हो । यस्तै, बिहीबारसम्म निक्षेप ५५ खर्ब ६७ अर्ब कायम भएको छ भने कर्जा ४८ खर्ब ५६ अर्ब रुपैयाँ भएको छ । लामो समय तरलताको समस्या भोगिरहेको बैंकिङ क्षेत्रमा केही सुधारको संकेत देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले बैंकका महत्वपूर्ण सूचकहरु सुधारको गतिमा देखिएका हुन् । पछिल्लो समय प्रणालीमा निक्षेप बढेसँगै बैंकहरु सहज अवस्थामा पुगेका हुन् । तरलता अभावकै कारण बैंकहरुले लामो समय ब्याज बढाउनु पर्ने बाध्यता थियो भने व्यवसायीले पनि कर्जा नपाइरहेको अवस्था थियो । तर, पछिल्लो केही तथ्यांकले भने बैंकहरु सहज अवस्थामा पुगेका हुन् । यसअघि अधिकांश बैंकहरुको सीडी रेसियो ९० प्रतिशतको हाराहारीमा थियो । तर, पछिल्लो समय बैंकको सीडी रेसियो ८३.९९ प्रतिशत कायम भएको छ । बैंकिङ क्षेत्रमा प्रयाप्त तरलता हुँदा बैंकहरुले ब्याजदर पनि घटाउन थालेका छन् । असारमा बैंकहरुले सस्तोमै कर्जा लगानी गर्न थालेका छन् । बैंकबाट कर्जाको माग पनि विस्तारै बढ्न थालेको छ ।
नेशनल र समीट लघुवित्तको स्वाप रेसियो १०० बराबर ७३ कित्ता, १०८ कराेड पुँजीसहित ७४ जिल्लामा पहुँच
काठमाडौं । नेशनल माइक्रोफाइनन्स लघुवित्त वित्तीय संस्था लि. र समीट लघुवित्त वित्तीय संस्था लि. बीच असार ६ गते मर्जरको लागि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यस कार्यक्रममा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्ष केशवप्रसाद आचार्य र समीट लघुवित्त वित्तीय संस्थाको संचालक समितिको अध्यक्ष तिर्थराज ढकालले संयुक्त रुपमा अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । नेशनल माइक्रोफाइनान्सको १०० कित्ता सेयर बरावर समीट लघुवित्तको ७३ कित्ता सेयर हुने गरी स्वाप अनुपात तय भएको छ । मर्जर पश्चात संस्थाको नाम नेशनल समीट माइक्रोफाइनन्स लघुवित्त वित्तीय संस्था लिमिटेड हुने र केन्द्रीय कार्यालय बनेपा रहने भएको छ । त्यस्तै, प्रमुख कार्यकारी अधिकृतमा नेशनल माइक्रोफाइनन्स लघुवित्त वित्तीय संस्था लि. को प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादव रहने र अध्यक्षमा नेशनल माइक्रोफाइनन्स लघुवित्त वित्तीय संस्था लि. को अध्यक्ष केशवप्रसाद आचार्य नै रहने गरि सम्झौता भएको छ । मर्जर पश्चात हुने नेशनल समीट माइक्रोफाइनन्स लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी १ अर्ब ८ करोड रुपैयाँ भई शाखा सञ्जाल २०५ हुने र देशको ७४ जिल्लामा संस्थाको पहुँच पुग्ने छ । ग्राहक सदस्य संख्या करिब २ लाख १० हजार भन्दा माथी भई कर्मचारी संख्या करिब ९०० जना पुग्ने, कर्जा करिव १७ अर्ब रुपैयाँ र बचत करिब ५ अर्ब रुपैयाँ पुग्ने मर्जर सम्झाैतापछि जारी प्रेस विज्ञप्तीमा जनाइएकाे छ ।