नेपाल एसबिआई बैंकका ग्राहकलाई सम्राट क्याफेमा छुट
काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकलाई सम्राट क्याफेमा छुट हुने भएको छ । नेपाल एसबिआई बैंक र श्री जि.आर. फूड एण्ड बिभरेज, बिराटनगरबीच नेपाल एसबिआई बैंकका ग्राहकलाई लक्षित गरी सम्राट क्याफे एण्ड पबमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता बैंकका कोशी प्रदेश प्रमूख रबिन घिमिरे र जि.आर. फुड एण्ड बिभरेजका महाप्रबन्ध श्याम प्रसाद शाह बिच सम्पन्न भयो ।
सानिमा बैंकद्वारा दिर्घायु तलब बचत खाता अन्तर्गत १० लाख दुर्घटना बीमा रकम हस्तान्तरण
काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु तलब बचत खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ । यस बैंकका खातावाला भुमिका आलेको दुर्घटना भई मुत्यु भएकोले निजको हकवाला क्षितिज आलेलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरिएको छ । सानिमा बैंकका कुमारीपाटी शाखाका शाखा प्रबन्धक श्रीमती रोमिला कोइरालाले बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरे । स्वर्गीय भुमिका आलेले सानिमा बैंकको कुमारीपाटी शाखामा सानिमा दिर्घायु तलब बचत खाता खोलेका थिए । सानिमा बैंकले दिर्घायु बचत तलब खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा, ३ लाख रुपैयाँसम्मको १३ घातक रोगहरुको उपचार बीमा, १० हजार रुपैयाँसम्मको ओपिडि भुक्तानी शुल्क सहितको ५० हजार रुपैयाँसम्मको औषधी उपचार बीमा, ५० हजार रुपैयाँको आवधिक जीवन बीमा र ५ हजार रुपैयाँको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२२ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
नबिल बैंक ३९ औँ वर्षमा प्रवेश, साढे ४ खर्ब पुग्यो कूल सम्पत्ति
काठमाडौं । नबिल बैंक आजदेखि ३९ औं वर्षमा प्रवेश गरेको छ । आजभन्दा ३८ वर्षअघि स्थापना भएको बैंक आजदेखि ३९ औं वर्षमा प्रवेश गरेको बैंकले जनाएको छ । वि.सं. २०४१ सालमा स्थापना भएको बैंक निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । नेपाल अरब बैंकको रूपमा स्थापना भएको नबिल बैंकमा युएईका लगानीकर्ता बाहिरिएपछि त्यसको बहुमत स्वामित्व उद्योगी विनोद चौधरीले खरिद गरेका हुन् । नबिल बैंकको केन्द्रिय कार्यालय दरबारमार्ग काठमाडौंमा छ । यस बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ज्ञानेन्द्र ढुंगाना कार्यरत छन् भने अध्यक्ष उपेन्द्र पौड्याल छन् । भरोसा आर्थिक विकास र राष्ट्र निर्माणको नारासहित आफ्नो वार्षिकोत्सव मनाउने बैंकले जनाएको छ । बैंकका अनुसार २६४ वटा शाखा कार्यालयमार्फत् २० लाख सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ । पछिल्लो तथ्याङ्क अनुसार बैंकको कूल सम्पत्ति ४ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ । साथै, ३ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप र ३ खर्ब ३९ अर्ब रुपैयाँ ऋण प्रवाह गरेको बैंकले जनाएको छ ।