नबिल बैंकले बढायो निक्षेपको ब्याजदर

काठमाडौं । नबिल बैंकले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपमा असारको तुलनामा साउनमा निक्षेपको ब्याजदर बढाएको छ । बैंकले साउन महिनाका लागि सार्वजनिक गरेको ब्याजदरअनुसार साधारण बचत खातामा न्यूनतम ५.९० प्रतिशतदेखि अधिकतम ७.९० प्रतिशत ब्याजदर तोकेको छ । साथै, बैंकको रेमिट्यान्स खातामा भने ८.९० प्रतिशत ब्याजदर निर्धारण गर्नेछ । हाल बैंकले साधारण बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत र रेमिट्यान्स खातामा भने ८.४० प्रतिशत ब्याजदर प्रदान गरिरहेको छ । यस्तै, बैंकले मुद्दति निक्षेपमा पनि ब्याजदर बढाएको छ । बैंकले संस्थागत तर्फ ७.९९ प्रतिशतदेखि ८.४९ प्रतिशतसम्म ब्याजदर तोक्नेछ । यस्तै, ब्यक्तिगततर्फ ९.९९ प्रतिशतदेखि १०.४९ प्रतिशतसम्म ब्याजदर निर्धार गर्नेछ । बैंकले रेमिट्यान्स बचत खातामा ११.९९ प्रतिशत ब्याजदर तोक्नेछ । हाल बैंकले संस्थागत तर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याज दिइरहेको छ भने रेमिट्यान्स बचत खातामा १०.९९ प्रतिशत ब्याजदर प्रदान गरिरहेको छ । बैंकले कर्जाको ब्याजदरमा भने बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोक्नेछ । बैंकले आधार दरमा प्रिमियम जोडेर कर्जाको ब्याजदर कायम गरिने जनाएको छ । बैंकको आधार दर ९.६५ प्रतिशत र ब्याजदर अन्तर ५.१४ प्रतिशत रहेको छ । असारमा बैंकको आधार दर ९.८३ प्रतिशत छ ।

माछापुच्छ्रे बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति घट्यो ?

काठमाडौं । माछापुच्छ्रे बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपमा साउन महिनाको लागि ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले साउन महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.८५ प्रतिशतदेखि अधिकतम ६.८५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । बैंकको कर्मशील खाता र रेमिट्यान्स बचत खातामा भने ७.८५ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ । हाल बैंकले साधारण बचतमा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेको छ । यस्तै, बैंकले मुद्दती निक्षेपको ब्याजदर भने यथावत नै राखेको छ । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७ प्रतिशत र ब्यक्तिगततर्फ ९ प्रतिशतसम्म ब्याजदर तोकेको छ । हाल बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेको छ । बैंककाअनुसार रेमिट्यान्स खातामा भने १० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले निक्षेपतर्फको ब्याजदर घटाएसँगै कर्जाको ब्याजदर पनि घटाएको छ । साउनमा बैंकले कर्जाको ब्याजदर आधारदरमा अधिकतम ४ प्रतिशतसम्म प्रिमियम तोकेर निर्धारण गर्नेछ । हाल बैंकले ५ प्रतिशतसम्म प्रिमियम लिइरहेको छ ।

ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?

काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपमा साउन महिनाको लागि ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले साउन महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । असारमा बैंकले साधारण बचतमा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशतसम्म ब्याजदर तोकेको थियो । बैंकले बचत खातामा १० प्रतिशत ब्याजदर घटाएको हो । यस्तै, बैंकले मुद्दती निक्षेपको ब्याजदर भने यथावत नै राखेको छ । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर नै कायम राखेको हो । बैंककाअनुसार रेमिट्यान्स खातामा भने ११.९९ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले कर्जाको ब्याजदर आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोकेर दिन सक्नेछ ।