मुक्तिनाथ विकास बैंकद्वारा कन्चनपुरको कृष्णपुरमा वृक्षरोपण
काठमाडौं । मुक्तिनाथ विकास बैंकले कन्चनपुरको कृष्णपुरमा वृक्षारोपण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त स्थानमा करिब १५० वटा कागतीका विरुवाहरुको रोपेको हो । बैंकले हरियाली अभियानद्वारा वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तनविरुद्ध लड्न योगदान पुर्याएको छ । बैंकले उक्त कार्यक्रम अन्तर्राष्ट्रिय वन दिवसको उपलक्ष्यमा आयोजना गरेको थियो । सो कार्यक्रममा बैंकका कर्मचारीहरु, अभियानकर्ता तथा स्थानिय नगरबासीहरुको उपस्थिति रहेको थियो । साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
बैंकको नाफासँगै सीएसआरकाे खर्च घट्यो, प्राइमको ६१४.८८ प्रतिशत बढ्यो
काठमाडौं । नाफामा गिरावट आएसँगै बैंकहरूको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत हुने खर्च पनि घटेको छ । बैंकहरूले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९/८० मा वाणिज्य बैंकहरूले साढे ३७ करोड रुपैयाँ मात्रै सीएसआरमा खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम बैंकहरूले संस्थागत सामाजिक दायित्वअन्तर्गत नाफाको १ प्रतिशतले हुन आउने रकम बराबरको कोषमा जम्मा गर्नु पर्ने हुन्छ । सोही बमोजिम बैंकहरूले संस्थागत सामाजिक दायित्व अन्तर्गत आर्थिक वर्ष २०७९/८० मा ३७ करोड ३९ लाख २४ हजार रुपैयाँ मात्रै खर्च गरेका हुन् । जबकी अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ४२ करोड ७१ लाख ६७ हजार रुपैयाँ संस्थागत सामाजिक दायित्वमा खर्च गरेका थिए । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकहरूको यस्तो खर्च १२.४६ प्रतिशत घटेको देखिन्छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष प्राइम बैंकले संस्थागत सामाजिक दायित्वमा ६१४.८८ प्रतिशत बढाएर १ करोड ७९ हजार रुपैयाँ खर्च गरेको छ । अघिल्लो वष यस बैंकले १४ लाख ९ हजार रुपैयाँ मात्रै संस्थागत सामाजिक दायित्वमा खर्च गरेको थियो । हिमालयन बैंकको १६१.९८ प्रतिशत बढेर ३ करोड ३३ लाख १७ हजार रुपैयाँ, एभरेष्ट बैंकको ३०.५९ प्रतिशत बढेर ३०.५९ प्रतिशत बढेर १ करोड ५८ लाख २५ हजार रुपैयाँ, ग्लोबल आइएमई बैंकको २१.४९ प्रतिशत बढेर २ करोड ४५ लाख ४९ हजार रुपैयाँ संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गरेका छन् । यस्तै, सानिमा बैंकको १७.५७ प्रतिशत बढेर १ करोड ५८ लाख ११ हजार रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ०.२६ प्रतिशत बढेर २ करोड २५ लाख ५९ हजार रुपैयाँ, एनआईसी एशिया बैंकको ०.१२ प्रतिशत ४ करोड २२ लाख रुपैयाँ संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गरेका हुन् । सिद्धार्थ बैंकले अघिल्लो वर्ष सरह नै खर्च गरेको छ । यस बैंकले २ करोड ९० लाख २४ हजार रुपैयाँ खर्च गरेको हो । बैंकहरूले स्वैच्छिक रूपमा हरेक वर्ष ठूलो रकम सीएसआरमा खर्च गर्दै आएका थिए । ५/६ वर्ष अघि नेपाल राष्ट्र बैंकले यो क्षेत्रमा खर्च गर्न पर्ने अनिवार्य व्यवस्था गरेपछि झनै रकम बढाउँदै आएका थिए । केही बैंकहरूले राष्ट्र बैंकले तोकेको व्यवस्थाभन्दा पनि बढी रकम खर्च गर्दै आएका छन् । सीएसआरअन्तर्गत बैंकहरूले खासगरी शिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण संरक्षण, प्राकृतिक प्रकोपमा उद्धारलगायत विभिन्न क्षेत्रमा लगानी गरिरहको बैंकरहरू बताउँछन् । माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबिआई बैंक, लक्ष्मी सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, नबिल बैंक, एनएमबि र नेपाल बैंकले भने गत वर्ष संस्थागत सामाजिक उत्तरदायित्वमा हुने खर्च घटाएका छन् । माछापुच्छ्रेले ७.०६ प्रतिशत घटाएर १ करोड ५ लाख ८८ हजार रुपैयाँ, सिटिजन्सले ७.०७ प्रतिशत घटाएर १ करोड ८६ लाख ३७ हजार रुपैयाँ, कृषि विकासले ७.२२ प्रतिशत घटाएर १ करोड ९८ लाख ९ हजार रुपैयाँ, एनआईएमबिले २०.५० प्रतिशत घटाएर ४ करोड २३ लाख ९४ हजार रुपैयाँ, नेपाल एसबिआईले २०.६२ प्रतिशत घटाएर ८२ लाख ८० हजार रुपैयाँ संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गरेका हुन् । लक्ष्मी सनराइजले ३२.३४ प्रतिशत घटाएर ९६ लाख १७ हजार रुपैयाँ, राष्ट्रिय वाणिज्यले ३२.३६ प्रतिशत घटाएर १ करोड ८१ लाख १३ हजार रुपैयाँ, कुमारीले ४१.६९ प्रतिशत घटाएर १ करोड ५० लाख ३५ हजार रुपैयाँ, नबिलले ४२.०१ प्रतिशत घटाएर २ करोड २३ लाख ३२ हजार रुपैयाँ, एनएमबिले ६३.२१ प्रतिशत घटाएर ९३ लाख ३१ हजार रुपैयाँ र नेपाल बैंकले ७५.६६ प्रतिशत घटाएर ६४ लाख १५ हजार रुपैयाँ संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गरेका हुन् ।
सिटिजन्स बैंकका २ वटा शाखा कार्यालय सर्ने
काठमाडौं । सिटिजन्स बैंकले संचालनमा रहेका शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले काठमाडौंकाे न्यूरोड शाखा र अछामको ढकारी शाखा कार्यालय स्थानान्तरण गर्ने भएको हो । बैंकका अनुसार काठमाडौं महानगरपालिका २४ मा सञ्चालनमा रहेको न्यूरोड शाखा हालको भवनबाट करिब २ सय मिटरको दूरीमा सर्नेछ । यस्तै, अछामको ढकारी गाउँपालिका १ स्थित रहेको ढकारी शाखा १ सय मिटरको दूरीमा स्थानान्तरण हुने बैंकले जनाएको छ । चैत १८ गतेदेखि स्थानान्तरण भई नयाँ स्थानबाट सम्पूर्ण बैंकिङ्ग कारोबार सञ्चालनमा आउने बैंकले जनाएको छ । साथै, न्यूरोड शाखाबाट प्रदान गरिएको लकर सेवा सुविधाका लागि समेत सोही शाखाबाट सञ्चालन हुने बैंकको भनाइ छ ।