भदौमा ५ बैंकले घटाए ब्याजदर, कुन बैंकको ब्याज कति ?

काठमाडौं । वाणिज्य बैंकहरूले भदौ महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । भदौ १ गतेदेखि लागू हुने गरी ५ बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर घटाएको जनाएका हुन् । वाणिज्य बैंकहरूको औसत व्यक्तिगत मुद्दती निक्षेप ब्याजदर भदौ महिनाका लागि ०.०४ प्रतिशत बिन्दुले घटेर ४.१३ प्रतिशतमा झरेको छ । साउन महिनामा यो दर ४.१७ प्रतिशत थियो । त्यस्तै, संस्थागत मुद्दती निक्षेपतर्फको औसत ब्याजदर पनि ०.०४ प्रतिशत बिन्दुले घटेर ३.०८ प्रतिशत कायम भएको छ । साउनमा यो दर ३.१२ प्रतिशत थियो । असार महिनाका लागि ५ बैंकले ब्याजदर घटाएका छन् भने १५ बैंकले दर यथावत् राखेका छन् । ब्याजदर घटाउने बैंकहरूमा नेपाल बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र सिद्धार्थ बैंक रहेका छन् ।  त्यस्तै, कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, हिमालयन बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) र एनआईसी एशिया बैंकले ब्याजदर यथावत् राखेका छन् ।

४ बैंकको वितरणयोग्य नाफा ३६.१० अर्ब ऋणात्मक, औसत लाभांश क्षमता १३.४२ प्रतिशत

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा ४ वटा वाणिज्य बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार आर्थिक वर्षको अन्त्यसम्म एनआईसी एसिया बैंक, हिमालयन बैंक, प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)को कुल वितरणयोग्य नाफा ३६ अर्ब १० करोड ५८ लाख रुपैयाँ ऋणात्मक रहेको छ । सबैभन्दा बढी ऋणात्मक वितरणयोग्य नाफा एनआईसी एसिया बैंकको रहेको छ । बैंकको वितरणयोग्य नाफा १४ अर्ब ८६ करोड ५० लाख रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो आर्थिक वर्षमा पनि बैंकको वितरणयोग्य नाफा १० अर्ब ६७ करोड ८१ लाख रुपैयाँ ऋणात्मक थियो । समीक्षा अवधिमा हिमालयन बैंकको वितरणयोग्य नाफा ९ अर्ब ८४ करोड १ लाख रुपैयाँ ऋणात्मक रहेको छ । त्यस्तै, प्रभु बैंकको ६ अर्ब ३१ करोड ३१ लाख रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)को ५ अर्ब ८ करोड ७५ लाख रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । १६ बैंकको वितरणयोग्य नाफा धनात्मक समीक्षा अवधिमा १६ वटा वाणिज्य बैंकको वितरणयोग्य नाफा धनात्मक रहेको छ । सार्वजनिक तथ्याङ्कअनुसार एभरेष्ट बैंकको वितरणयोग्य नाफा सबैभन्दा बढी रहेको छ । बैंकको वितरणयोग्य नाफा ५ अर्ब २५ करोड ७८ लाख १५ हजार रुपैयाँ रहेको छ । त्यस्तै, नबिल बैंकको ५ अर्ब १६ करोड ९१ लाख ४८ हजार रुपैयाँ र ग्लोबल आइएमई बैंकको ४ अर्ब ५८ करोड १० लाख ६४ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । सिद्धार्थ बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८६ करोड ८२ लाख ३० हजार रुपैयाँ रहेको छ भने सानिमा बैंकको २ अर्ब ८३ करोड १७ लाख ७६ हजार रुपैयाँ रहेको छ । नेपाल बैंकको वितरणयोग्य नाफा २ अर्ब ३२ करोड ७९ लाख ६० हजार रुपैयाँ पुगेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड १५ लाख ९२ हजार रुपैयाँ रहेको छ।  त्यस्तै, प्राइम बैंकको १ अर्ब ९० करोड ७४ लाख १२ हजार रुपैयाँ र लक्ष्मी सनराइज बैंकको १ अर्ब ८१ करोड ८९ लाख ४७ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । एनएमबी बैंकको वितरणयोग्य नाफा १ अर्ब ७५ करोड ९ लाख ४१ हजार रुपैयाँ रहेको छ भने कृषि विकास बैंकको १ अर्ब २६ करोड २१ लाख ८६ हजार रुपैयाँ रहेको छ । नेपाल एसबीआई बैंकको वितरणयोग्य नाफा १ अर्ब २५ करोड १६ लाख ३९ हजार रुपैयाँ पुगेको छ । राष्ट्रिय वाणिज्य बैंकको वितरणयोग्य नाफा १ अर्ब ७ करोड ६९ लाख ५७ हजार रुपैयाँ रहेको छ।  माछापुच्छ्रे बैंकको ९८ करोड १९ लाख ६१ हजार रुपैयाँ, कुमारी बैंकको ७९ करोड १६ लाख ६१ हजार रुपैयाँ र सिटिजन्स बैंकको ५२ करोड ३१ लाख १ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । बैंकहरूको औसत लाभांश क्षमता १३.४२ प्रतिशत नाफामा सुधार भएसँगै वाणिज्य बैंकहरूको औसत लाभांश क्षमता गत आर्थिक वर्ष २०८२/८३ मा १३.४२ प्रतिशत पुगेको छ । तर, एनआईसी एसिया बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी), हिमालयन बैंक र प्रभु बैंक भने लाभांश वितरण गर्ने अवस्थामा छैनन् । गत आर्थिक वर्षमा सबैभन्दा बढी लाभांश वितरण गर्ने क्षमता एभरेष्ट बैंकको रहेको छ। बैंकको लाभांश क्षमता ३८.३२ प्रतिशत रहेको छ । त्यस्तै, सिद्धार्थ बैंकको लाभांश क्षमता २६.१५ प्रतिशत रहेको छ भने सानिमा बैंकको २०.८५ प्रतिशत रहेको छ ।  नबिल बैंकको लाभांश क्षमता १९.१० प्रतिशत रहेको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको १९.०४ प्रतिशत रहेको छ । नेपाल बैंकको लाभांश क्षमता १५.८४ प्रतिशत रहेको छ ।  त्यसैगरी, ग्लोबल आइएमई बैंकको १२.०२ प्रतिशत र नेपाल एसबीआई बैंकको ११.०४ प्रतिशत लाभांश क्षमता रहेको छ । प्राइम बैंकको लाभांश क्षमता ९.१० प्रतिशत रहेको छ भने एनएमबी बैंकको ९.०८ प्रतिशत रहेको छ । यस्तै, माछापुच्छ्रे बैंकको ७.५१ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ६.७९ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६.८९ प्रतिशत र कृषि विकास बैंकको ६.५४ प्रतिशत लाभांश क्षमता रहेको छ । त्यसैगरी, सिटिजन्स बैंकको लाभांश क्षमता ३.३७ प्रतिशत रहेको छ भने कुमारी बैंकको ३.०२ प्रतिशत रहेको छ ।     

एनआईसी एशिया बैंकको नाफा १८.१७ करोड, ईपीएस पनि धनात्मक

काठमाडौं । एनआईसी एशिया बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा १८ करोड १७ लाख २ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंक ३ अर्ब ८७ करोड २० लाख ४२ हजार रुपैयाँ ऋणात्मक थियो ।  गत असारसम्म बैंकको खुद ब्याज आम्दानी २२.५६ प्रतिशत घटेर ७ अर्ब ८४ करोड ५० लाख ५५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १० अर्ब १३ करोड ५ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ४२ करोड १६ लाख ९३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ९ अर्ब ६१ करोड ९८ लाख २१ हजार रुपैयाँ र सञ्चालन नाफा ९७ करोड ९१ लाख ८ हजार रुपैयाँ रहेको छ ।  अघिल्लो वर्ष बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब २१ करोड ७ लाख ९० हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ११ अर्ब ६३ करोड १३ लाख ८२ हजार रुपैयाँ र सञ्चालन नाफा ४ अर्ब ५१ करोड ३ लाख ५८ हजार रुपैयाँ ऋणात्मक थियो ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा १४ अर्ब ८६ करोड ५० लाख २३ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।  १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २५ अर्ब ६५ करोड ३० लाख १ हजार रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको निक्षेप संकलन ७.७१ प्रतिशत बढेर ३ खर्ब ४३ अर्ब ६७ करोड ९० लाख रुपैयाँ र कर्जा लगानी १२.०९ प्रतिशत १ खर्ब ९२ अर्ब १ करोड ६१ लाख रुपैयाँ प्रवाह गरेको छ ।  अघिल्लो वर्षसम्म बैंकले ३ खर्ब १९ अर्ब ६ करोड ५८ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १८ अर्ब ४२ करोड ६६ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । गत असारसम्म बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ६१.०७ प्रतिशत रहेको छ ।  अघिल्लो वर्ष २५.९६ रुपैयाँ ऋणात्मक रहेको प्रतिसेयर आम्दानी गत वर्ष १.२२ रुपैयाँ धनात्मक भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७२.३२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २६६.९० गुणा छ ।  बैंकको खराब कर्जा ८.७४ प्रतिशतबाट बढेर ९.२६ प्रतिशत पुगेको छ । बैंकको कोर क्यापिटलअन्तर्गत टायर वान क्यापिटल एडुकेसी रेसियो अघिल्लो वर्षको ६.८७ प्रतिशतबाट घटेर ६.२७ प्रतिशत कायम छ । समग्र क्यापिटल एडुकेसी रेसियो भने ११.१०  प्रतिशत रहेको छ ।