एनआईसी एशिया बैंकको नाफा १८.१७ करोड, ईपीएस पनि धनात्मक

काठमाडौं । एनआईसी एशिया बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा १८ करोड १७ लाख २ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंक ३ अर्ब ८७ करोड २० लाख ४२ हजार रुपैयाँ ऋणात्मक थियो । 

गत असारसम्म बैंकको खुद ब्याज आम्दानी २२.५६ प्रतिशत घटेर ७ अर्ब ८४ करोड ५० लाख ५५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १० अर्ब १३ करोड ५ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ४२ करोड १६ लाख ९३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ९ अर्ब ६१ करोड ९८ लाख २१ हजार रुपैयाँ र सञ्चालन नाफा ९७ करोड ९१ लाख ८ हजार रुपैयाँ रहेको छ । 

अघिल्लो वर्ष बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब २१ करोड ७ लाख ९० हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ११ अर्ब ६३ करोड १३ लाख ८२ हजार रुपैयाँ र सञ्चालन नाफा ४ अर्ब ५१ करोड ३ लाख ५८ हजार रुपैयाँ ऋणात्मक थियो । 

गत वर्ष बैंकको वितरणयोग्य नाफा १४ अर्ब ८६ करोड ५० लाख २३ हजार रुपैयाँ ऋणात्मक रहेको छ । 

१४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २५ अर्ब ६५ करोड ३० लाख १ हजार रुपैयाँ रहेको छ ।

गत असारसम्म बैंकको निक्षेप संकलन ७.७१ प्रतिशत बढेर ३ खर्ब ४३ अर्ब ६७ करोड ९० लाख रुपैयाँ र कर्जा लगानी १२.०९ प्रतिशत १ खर्ब ९२ अर्ब १ करोड ६१ लाख रुपैयाँ प्रवाह गरेको छ । 

अघिल्लो वर्षसम्म बैंकले ३ खर्ब १९ अर्ब ६ करोड ५८ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १८ अर्ब ४२ करोड ६६ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । गत असारसम्म बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ६१.०७ प्रतिशत रहेको छ । 

अघिल्लो वर्ष २५.९६ रुपैयाँ ऋणात्मक रहेको प्रतिसेयर आम्दानी गत वर्ष १.२२ रुपैयाँ धनात्मक भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७२.३२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २६६.९० गुणा छ । 

बैंकको खराब कर्जा ८.७४ प्रतिशतबाट बढेर ९.२६ प्रतिशत पुगेको छ । बैंकको कोर क्यापिटलअन्तर्गत टायर वान क्यापिटल एडुकेसी रेसियो अघिल्लो वर्षको ६.८७ प्रतिशतबाट घटेर ६.२७ प्रतिशत कायम छ । समग्र क्यापिटल एडुकेसी रेसियो भने ११.१०  प्रतिशत रहेको छ ।

Share News