कुमारी बैंकले मनायो २४ औं वार्षिकोत्सव
काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो २४ औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना सम्पूर्ण ग्राहक, साझेदार तथा शुभचिन्तकप्रति आभार प्रकट गर्दै, उनीहरूको साथ र विश्वासले बैंकलाई यहाँसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेको बताएको छ । बैंकले आफूलाई देशकै अग्रणी वित्तीय संस्थाका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ र उत्कृष्ट बैंकिङ सेवा तथा वित्तीय सुविधाहरू प्रदान गर्न निरन्तर प्रतिबद्ध रहेको जनाएको छ । वार्षिकोत्सव विशेष बनाउने क्रममा बैंकले आफ्ना कर्मचारीहरूलाई परम्परागत भेषभूषा धारण गर्न प्रेरित गरेकाे छ । बैंकका अनुसार, यो कार्यक्रम आफ्नै सांस्कृतिक पहिचानलाई जगेर्ना गर्दै संस्थागत विविधतालाई अझ सशक्त बनाउन मद्दत पुर्याउने उद्देश्यले गरिएको हो । बैंकले 'विविधतामा एकता' भन्ने मूल्यमान्यता अनुरूप संस्थागत संस्कृति र सामुदायिक सेवालाई प्रवर्द्धन गर्दै आइरहेको छ । बैंकले आफ्नो वार्षिकोत्सवलाई समाजसेवा तथा मानव सेवासँग जोड्न विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेकाे छ । यस अभियानले स्थानीय रक्त बैंकहरूमा रगतको आवश्यक आपूर्तिलाई सहज बनाउनुका साथै जीवन बचाउने महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ । कुमारी बैंकले आगामी दिनहरूमा अझ नवप्रवर्तनशील बैंकिङ समाधानहरू ल्याउँदै ग्राहकहरूको जीवनलाई सहज बनाउन निरन्तर कार्य गर्ने प्रतिवद्धता जनाएको छ । 'सबैका लागि, सधैंका लागि' भन्ने आफ्नो नारालाई आत्मसात गर्दै, बैंकले समृद्ध भविष्यतर्फ सशक्त रूपमा अघि बढ्ने योजना बनाएको छ ।
ग्लोबल आइएमई बैंकका कार्ड होल्डरलाई सेल्सवेरीमा १० प्रतिशतसम्म क्यासब्याक
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका कार्डवाहक ग्राहकहरुले सेल्सबेरी स्टोरमा १० प्रतिशतसम्म क्यासब्याक पाउनेछन् । यस सम्बन्धी समझदारी पत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट ट्रान्जेक्शन बैंकिङ विभागका सेल्स एण्ड विजनेस प्रमुख प्रकाश पौडेल र सेल्सबेरीका प्रमुख कार्यकारी अधिकृत शुशिलमान प्रधानाङ्गले हस्ताक्षर गरेका छन् । यस समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरुले मुलुकभर रहेका सेल्सबेरीका ३७ वटै स्टोरहरुमा पोइन्ट अफ सेल (पस) मेशिनमार्फत गरिने कारोबारमा प्रत्येक हप्ताको शुक्रबार १० प्रतिशत वा अधिकतम् रु. २०० सम्मको क्यासब्याक पाउनेछन् । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।
भेट्रान सीईओको अनुभव, आजको काम आजै, तलब २ करोड ८ लाख |
भेट्रान सीईओको अनुभव, आजको काम आजै, तलब २ करोड ८ लाख |