माछापुच्छ्रे बैंकले २० मेगावाट सौर्य आयोजनामा ८० प्रतिशतसम्म लगानी गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले २० मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न गरेको छ ।

कोशी प्रदेशको सुनसरी जिल्लामा पशुपति इनर्जी प्रालिले निर्माण गर्न लागेको ग्रिड–आबद्ध सौर्य ऊर्जा आयोजनाको वित्तीय व्यवस्थापन बैंकले गरेको हो ।

बैंकका अनुसार परियोजनामा माछापुच्छ्रे बैंकको एकल लगानी रहनेछ। बैंकले आयोजनाको कुल लागतको ८० प्रतिशतसम्म वित्तीय लगानी गर्नेछ ।

आयोजनाको निर्माण अवधि १ वर्ष ६ महिना रहनेछ ।

२० मेगावाट क्षमताको यो आयोजनाबाट नेपालमा नवीकरणीय तथा स्वच्छ ऊर्जा उत्पादन बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसले ऊर्जा क्षेत्रमा दिगो पूर्वाधार विकासमा समेत योगदान पुर्याउने बैंकको विश्वास छ ।

माछापुच्छ्रे बैंकले वातावरणमैत्री र दिगो विकासमा योगदान गर्ने ऊर्जा पूर्वाधार परियोजनामा वित्तीय लगानी गर्दै आएको जनाएको छ ।

सौर्य आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न हुनु नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्ने बैंकको निरन्तरताको हिस्सा भएको बैंकले जनाएको छ ।

बैंकले आगामी दिनमा नेपालको ऊर्जा आवश्यकता पूरा गर्न, स्वच्छ ऊर्जा प्रवद्र्धन गर्न र दिगो आर्थिक विकासमा योगदान पुर्याउने परियोजनालाई प्राथमिकताका साथ वित्तीय सहयोग गर्ने जनाएको छ । 

Share News