राष्ट्रिय सहकारी बैंकको नाफा २२ करोड भन्दा बढी
काठमाडौं, ७ भदौ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७२/०७३ मा २२ करोड २२ लाख ९५ हजार नाफा आर्जन गरेको छ । गत आ.व. मा बैंकको मुनाफा १७ करोड ९० लाख २६ हजार रहेको थियो । शेयर पूँजी ७६ करोड ८२ लाख ६० हजार र निक्षेप संकलन सदस्य संघ/संस्थाहरुबाट ११ अर्ब ८३ करोड ८३ लाख र कूल जगेडा कोष २२ करोड ३५ लाख ७७ हजार रहेको छ । त्यसैगरी कर्जा लगानी तर्फ ७ अर्ब ६ करोड ३६ लाख ६३ हजार पुगेको बैंकले जनाएको छ । सहकारी बैंकले १ केन्द्रीय कार्यालय सहित ३७ वटा शाखा कार्यालय मार्फत ७५ जिल्लाका सदस्यहरुलाई सेवा पु¥याउदै आएको छ । बैंकले सदस्य संघ/संस्थाका लागि आवश्यक बिभिन्न प्रकारका स्थानिय, क्षेत्रिय, राष्ट्रिय र अन्र्तराष्ट्रिय तालिमहरुमा सहभागी गराउदैं आएको छ । सहकारी विभागबाट दर्ता भई संचालनमा आएको यस सहकारी बैंकले नेपाल राष्ट्र बैंक, लघुबित्त प्रबद्र्धन विभागबाट समय समयमा निरिक्षण तथा प्राप्त निर्देशनहरुको परिपालनाह गरी साप्ताहिक, मासिक, त्रैमासिक र वार्षिक वित्तिय विवरणहरु नेपाल राष्ट्र बैंकले तोके अनुसार पठाउने गरिएको छ । बैंकका अनुसार निश्क्रिय कर्जा ३ दशमलब ०६ प्रतिशत र पूँजीको औषत लागत ४ दशकलब ४ प्रतिशत रकेको छ । साथै, जोखिम भारित सम्पत्तिमा पूँजीको पर्याप्तता न्यूनत्तम ८प्रतिशत तोकेकोमा १० दशमलब ५४ प्रतिशत रहेको छ भने कर्जा निक्षेप अनुपात ५२ दशमलब २७ प्रतिशत रहेको बैंकले जनाएको छ ।
यसकारण आए कन्वल नेपाल, यस्तो छ स्ट्याण्डर्ड चार्टर्ड बैंकको पूजी बृद्धिको योजना
काठमाडौं, ७ भदौ । नेपाल राष्ट्र बैंकले गत आर्थिक बर्षको मौद्रिक नीति मार्फत बाणिज्य बैंकहरुको चुक्ता पूजी कम्तिमा पनि ४ गुणाले बढाएर ८ अर्ब रुपैयाँ हुनै पर्ने बाध्यकारी ब्यवस्था गर्यो । सो अनुसारको चुक्ता पूजी बढाउनको लागि आगामी असार मसान्तसम्मको समय सीमा दिइएको छ । राष्ट्र बैंकले गत बर्षको भदौ मसान्तभित्रमा पूजी बृद्धिको योजना पेश गर्न सवै बैंक तथा वित्तीय संस्थालाई निर्देशन पनि दियो । पछि त्यस्तो योजना आफ्नो बैंकको वेबसाइटमा नै राख्नुपर्ने ब्यवस्था पनि राष्ट्र बैंकले गर्यो । यो ब्यवस्था अनुसार स्ट्याण्डर्ड चार्टर्ड बैंकले न पूजी बृद्धिको योजना राष्ट्र बैंकमा पेश गर्यो, न त दोस्रो निर्देशन अनुसारको पूजी बृद्धिको योजना आफ्नो वेबसाइटमा नै राख्यो । स्ट्याण्डर्ड चार्टर्डको यस्तो रबैयाले सो बैंकले अव के गर्छ भन्ने प्रश्न लगानीकर्तामा छ । प्रतिस्पर्धी बैंकहरु भने उसलाई किन यस्तो सुविधा भनेर प्रश्न गरिरहेका छन् । ‘राष्ट्र बैंकले तोके अनुसारको ब्यवस्था कायम गर्छाैं भन्ने प्रतिवद्धता जाहेर गरेको छ,’ स्ट्याण्डर्ड चार्टर्ड बैंकले पूजी बृद्धिको योजनामा के गर्छ भन्ने प्रश्नमा राष्ट्र बैंकका अधिकारी बताउदै आएका थिए । यसविचमा स्ट्याण्डर्ड चार्टर्डले नेपाल छोड्न लागेको हल्ला पनि चल्यो । कहिले कुन बैंकले र कहिले कुन बैंकले सो बैंक खरिद गर्ने भन्ने हल्ला पनि चल्यो । स्ट्याण्डर्ड चार्टर्डले हटौडा, पोखरालगायतका शाखा बन्द गरेपछि उसले नेपाल छाड्न लागेको भन्ने हल्लालाई थप बल पनि मिलेको थियो । यसविचमा अर्काे हल्ला पनि आएको थियो । त्यो हल्ला के थियो भने स्ट्याण्डर्ड चार्टर्डले आफूलाई विदेशी शाखाको मान्यता देउ भन्ने प्रस्ताव राष्ट्र बैंक समक्ष गर्यो । तर यी कुनै पनि हल्ला पुष्टी हुन सकेका थिएनन् । राष्ट्र बैंकका अधिकारीले पनि यसै हो भनेर प्रष्ट जवाफ दिन सकिरहेका थिएन । आफूहरुसँगको कुराकानीमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृतले ‘म पनि हेडक्वाटरको जवाफ कुरेर बसेको छु,’ भन्ने जवाफ दिने गरेको राष्ट्र बैंकका अधिकारीहरु बताउथे । यसैविच गत आइतवार स्ट्याण्डर्ड चार्टर्ड बैंकका आसियान तथा दक्षिण एशिया क्षेत्रीय प्रमुख कार्यकारी अजय कन्वल दुई दिने नेपाल भ्रमणमा आएपछि यो विषय पुन चर्चामा आएको छ । किन आए त कन्वल ? स्ट्याण्डर्ड चार्टर्डले शाखाको मान्यता माग्छ ? नेपाल छोड्छ ? वा पूजी थप्छ ? यी तिनै ओटा प्रश्नको जवाफ लिएर कन्वल नेपाल आएका राष्ट्र बैंक स्रोतले जानकारी दियो । स्रोतले दिएको जानकारी अनुसार स्ट्याण्डर्ड चार्टर्डले नेपाल नछोड्ने प्रष्ट पारिसकेको छ । ‘८ अर्ब पूजी पुर्याउनु पर्ने ब्यवस्था लगत्तै नेपाल छोड्ने मनस्थितिमा बैंक देखिएको थियो, तर हामीले नछोड्न एक प्रकारको अनुरोध नै गर्यौं, उसको यहाँका पदाधिकारीदेखि हेडक्वाटरसम्मका पदाधिकारीको निकट सम्पर्कमा रह्यौं, उसले केही सहुलियत माग्यो, हामीले तोकिएको समयमा पूजी पुर्याउने वाहेकको सहुलियत दिन तयार छौं भन्ने जानकारी गरायौं, कन्वलको अहिलेको भ्रमण त्यसैको मूर्त रुप हो,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने । स्रोतको अनुसार यो बर्षको बोनसवाट कति पूजी थप्ने, हकप्रद दिने कि एफपिओ जारी गर्ने भन्ने जस्ता कुरा स्ट्याण्डर्ड चार्टर्डले सार्वजनिक नगर्दा पनि हुने छुट राष्ट्र बंैकले दिएको छ । यस्तै उसका सम्भाब्यता नभएका स्थानका शाखा बन्द वा स्थानान्तरणको सुविधा पनि राष्ट्र बैंकले दिएको छ । ‘तोकिएकै समयमा पूजी पुर्याउन स्ट्याण्डर्ड चार्टर्ड ग्रुपले ग्यारेन्टी गर्ने र हामीले थप प्रक्रियागत कुरामा छुट दिने भन्ने भएको थियो, कन्वल त्यही ग्रुप ग्यारेन्टीको लागि नेपाल आएका हुन्,’ स्रोतले भन्यो ।
एक लाख भूकम्पपीडितको बैंक खातामा ५० हजार जम्मा, एक सातामा थप ५५ हजार परिवार थपिने
काठमाडौं ७, भदौं । सरकारले एक लाख नेपालीको खातामा घर पुनर्निमाण गर्न ५० हजारको पहिलो किस्ता जम्मा गरिदिएको छ । अघिल्लो वर्ष वैशाखमा गएको भूकम्पले पूर्ण क्षति पुुगेका घरलाई सरकारले अनुदानवापत दिने घोषणा गरेको दुई लाख रुपैयाँमध्येको पहिलो किस्तावापतको रकम सोमबारसम्म एक लाख १ हजार १ सय ४८ घरधनीको बैंंक खातामा रकम गरिदिएको संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयले जानकारी दिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार ३ लाख ७४ हजार ४ सय ५६ घरधनीसँग अनुदान सम्झौतासम्पन्न भएकोमा एक लाखलाइ भने पहिलो किस्ताको पैसा पनि वितरण भएको उल्लेख छ । मन्त्रालयको अनुसार अवको एक सातामा थप ५५ हजार परिवारको खातामा पहिलो किस्ताको पैसा जाने भएको छ । सरकारले १६ जिल्लालाई भूकम्प प्रभावितको सूचीमा राखेको भएपनि हाल ११ जिल्लामा मात्रै यस्तो अनुदानको सम्झौता गरेर रकम पठाएको जानकारी दिएको छ । सरकारले अनुदानको पहिलो किस्ता पठाउनेमा सबैभन्दा अगाडि गोरखा जिल्ला रहेकोे छ । गोरखामा ३३ हजार ८ सय भूकम्पपिडितिले पहिलो किस्ता पाएका छन ।