बैंकहरूको नाफा साढे १६ अर्ब रुपैयाँ, २ महिनामै ६ बैंकले गरे १ अर्ब बढी

काठमाडौं । २ महिनामा वाणिज्य बैंकहरुले साढे १६ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को भदौसम्ममा २० वटा वाणिज्य बैंकले १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।  साउन र भदौमा गरी २ महिनाको अवधिमा आधा दर्जन वाणिज्य बैंकले १ अर्ब भन्दा बढी नाफा गरको छन् । बैंकहरुमा ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै नाफा आर्जन गरेको छ । राष्ट्र बैंकका अनुसार ग्लोबल आइएमईले १ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ खुद नाफा गरेको हो । यस्तै, नबिल बैंकले १ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ नाफा गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले १ अर्ब २६ करोड ४४ लाख रुपैयाँ, कुमारी बैंकले १ अर्ब ५ करोड ६८ लाख रुपैयाँ, प्राइम बैंकले १ अर्ब ४ करोड ६७ लाख रुपैयाँ र एनएमबि बैंकले १ अर्ब ३ करोड ९ लाख रुपैयाँ नाफा गरेका छन् ।  दुई महिनामा लक्ष्मी सनराइज बैंकले ९७ करोड ४१ लाख रुपैयाँ, एभरेष्ट बैंकले ९१ करोड २८ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ८८ करोड ५८ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ८४ करोड ९० लाख रुपैयाँ, नेपाल बैंकले ८४ करोड २८ लाख रुपैयाँ नाफा गरेको राष्ट्र बैंकले जनाएको छ ।  यस्तै, सानिमा बैंकले ७२ करोड १५ लाख रुपैयाँ, प्रभु बैंकले ६७ करोड ६० लाख रुपैयाँ, कृषि विकास बैंकले ५८ करोड ९८ लाख रुपैयाँ, सिटिजन्स बैंकले ५५ करोड ७६ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ५३ करोड २२ लाख रुपैयाँ, एनआईसी एशिया बैंकले ४९ करोड ५१ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ४८ करोड १९ लाख रुपैयाँ, हिमालयन बैंकले ३७ करोड ७ लाख रुपैयाँ र नेपाल एसबिआई बैंकले ३५ करोड ४५ लाख रुपैयाँ नाफा गरेका छन् । 

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नगद लाभांश घोषणा, कति दिने भयो ?

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको करसहित १९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिने कम्पनी सचिव गोपी भण्डारीले जानकारी दिए । 

सांग्रिला डेभलपमेन्ट बैंकबाट पनि एससीटी युनियन पे कार्ड सेवा सुरु

काठमा नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले सञ्चालन गर्दै आएको एससीटी युनियन पे काडको सेवा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सुरु गरेको छ ।  सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले बैंकमा गएर सजिलै एससीटी युनियन पे कार्ड प्राप्त गर्न सक्ने भएका छन् ।  यस सुविधाको सुरुवातले ग्राहकहरूलाई डिजिटल भुक्तानीको प्रक्रिया अझ सहज, सुलभ र सुरक्षित हुने विश्वास रहेको छ । एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरूमार्फत एससीटी युनियन पे कार्ड जारी गर्दै आइरहेको छ ।  एससीटीले आफ्नै कार्ड स्विचिंग संरचना स्मार्ट स्विचमार्फत एससीटी युनियन पे कार्ड र भिसा कार्ड जारी गर्ने तथा भिसा, आरयुपे, मास्टरकार्ड तथा डिस्कोभर कार्ड स्वीकार गरि कार्ड मार्फत हुने कारोबारको सेवा प्रदान गर्दै आएको छ ।  विगत दुई दशक देखि नेपाल भरि सुरक्षित सरल र भरपर्दो भुक्तानी सेवा दिँदै आएको एससीटी नेपालकै पहिलो डोमेस्टिक कार्ड स्किम हो ।  एससीटीले कार्ड सेवाका अतिरिक्त विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई स्मार्ट क्यूआर, स्मार्ट पे आईबीएफटी  (अन्तर बैंक भुक्तानी सेवा), स्मार्ट बैंकिङ मोबाइल बैंकिङ लगायतका सेवा समेत प्रदान गर्दै आइरहेको छ ।