सानिमा बैंक केयर रेटिङबाट उत्कृष्ट रेटिङ प्राप्त

काठमाडौं । सानिमा बैंक लिमिटेडले चैत्र २ गते केयर इडिज रेटिङ नेपालबाट उच्च मूल्याङ्कन रेटिङ प्राप्त गरेको छ । बैंकले विश्वसनीयता, वित्तीय स्थिरता र जिम्मेवार बैंकिङ प्रतिको समर्पणलाई सुदृढ गर्दै यो सम्मान हासिल गरेको हो । सानिमा बैंक हाल सातै प्रदेशमा १३४ वटा शाखा कार्यालय र १२८ वटा एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकले वित्तीय क्षेत्रमा आफ्नो दिगो र पारदर्शी सेवा प्रवाहलाई निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको ‘आरबीबी फोनलोन’ सेवा सुरु, बिना धितो एक लाखसम्म कर्जा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले मोबाइल एप ‘आरबीबी डिजिटल संसार’ मार्फत प्रयोग गर्न मिल्ने डिजिटल लेन्डिङ सेवा ‘आरबीबी फोनलोन’ सञ्चालनमा ल्याएको छ । उक्त सेवा कार्यान्वयनका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र फोनलोन प्राइभेट लिमिटेडबीच सम्झौता सम्पन्न भएको बैंकले जनाएको छ । आरबीबी फोनलोन सेवामार्फत ग्राहकहरूले बिना धितो, बिना कागजी प्रक्रिया तथा बैंकमा भौतिक रूपमा उपस्थित नभई हाललाई एक लाख रुपैयाँसम्म कर्जा लिन सक्नेछन् । यो सुविधा बैंकमा तलबी खाता भएका ग्राहकहरूले खाताको कारोबारका आधारमा प्राप्त गर्नेछन् । कर्जा लिन इच्छुक ग्राहकहरूले आफ्नो खातासँग दर्ता भएको मोबाइल बैंकिङ सेवा प्रयोग गरी ‘आरबीबी डिजिटल संसार’ एपमार्फत आवेदन दिनुपर्नेछ । आवेदनपछि बैंकले आवश्यक प्रक्रिया पूरा गरी कर्जा स्वीकृत गर्ने व्यवस्था गरिएको छ ।   

नेपाल बैंकको मोबाईल बैंकिङ प्रयोग गर्दा बेकरी खरिदमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र ताजा बेकरी उद्योगबीच सम्झौता भएको छ । यस सम्झौताको अनुसार नेपाल बैंकका कर्मचारी र बैंकमा खाता राख्ने ग्राहकहरूले काठमाडौंका चावहिल, मुलपानी, पुतलीसडक, गल्कोपाखा, क्षेत्रपाटी, लगनटोल र सितापाइलास्थित ताजा बेकरी उद्योगका उत्पादन खरिद गर्दा छुट पाउनेछन् । नेपाल बैंकको मोबाईल बैंकिङ एपमार्फत भुक्तानी गर्दा, न्यूनतम ५०० रूपैयाँको खरिदमा बिल रकममा १० देखि १५ प्रतिशतसम्मको छुट लागू हुनेछ । उक्त सम्झौता पत्रमा चैत्र ११ गते बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र ताजा बेकरी उद्योगको तर्फबाट प्रबन्ध निर्देशक राम कुमार श्रेष्ठले हस्ताक्षर गरेका थिए ।