नाइमा अटो शोमा याडियाको भेलक्स सिरिज सार्वजनिक हुँदै
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स एसोसिएसन ९नाइमा० अटो शो- २०२५ मा याडियाको भेलक्स सिरिज सार्वजनिक हुने भएको छ । नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले भेलक्स सिरिज सार्वजनिक गर्न लागेको हो । भेलक्स फास्ट चार्जिङ, भेलक्स यू अल्ट्रा परफर्मेन्स र भेलक्स एच हाइ परफर्मेन्स पहिलो पटक सार्वजनिक गर्न लागेको हो । भेलक्स फास्ट चार्जिङ मोडलले ११० किमी सम्मको रेञ्ज दिने जनाइएको छ । यसमा २० मिनेटमै ८० प्रतिशत चार्ज गर्न सक्ने क्षमता रहेको छ । यसमा ३ हजार २०० वाट मोटर, ६२ किमीरघण्टा गति र १७२ एनएम टर्क रहेको छ । भेलक्स यू प्रदर्शनका पारखीहरूका लागि तयार पारिएको याडियाको प्रमुख मोडेल हो । यो डुअल ७४ भी २० एएच ब्याट्री सिस्टमद्वारा सञ्चालित छ र १४० किमीसम्म रेञ्ज प्रदान गर्छ । यसमा ४ हजार ९०० वाट शक्तिशाली मोटर, ८० किमीरघण्टा गति र १७६ एनएम टर्क रहेको छ । दैनिक प्रयोगकर्ताहरूका लागि सहज, भरपर्दो र सुलभ मूल्यमा उपलब्ध भेलक्स एच याडियाको मूल्यमैत्री तर शक्तिशाली मोडेल हो । यसमा ७२ भी ३० एएच ब्याट्री छ, जसले १०० किमी सम्म रेञ्ज दिन्छ । यसमा ३ हजार २०० वाट मोटर, ६२ किमीरघण्टा टप स्पीड र १७२ एनएम टर्क रहेको छ । याडिया भेलक्स सिरिजले नेपालको इलेक्ट्रिक मोबिलिटी यात्रालाई नयाँ उचाइमा पु¥याउनेछ विश्वास कुजु नेपालले जनाएको छ ।
नाइमा मोबिलिटी शोमा लक्जरियस म्याक्सस मिफा सेभेन लञ्च हुने
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको नाइमा मोबिलिटी शो २०२५ मा चीनको प्रतिष्ठित एसएआईसी मोटर ग्रुपअन्तर्गतको म्याक्सस ब्रान्डको अत्याधुनिक विद्युतीय एमपीभी म्याक्सस मिफा सेभेन सार्वजनिक भएको छ । सात सिट क्षमताको यो लक्जरी एमपीभीलाई हिमालयन मोट्रक्सले सार्वजनिक गर्न लागेको हो । हिमालयन मोट्रक्स, हिमालय अर्गनाइजेसन अन्तर्गतको कम्पनी हो, जसले विगत ३० वर्षदेखि विभिन्न अन्तर्राष्ट्रिय सवारी साधनहरू नेपालमा आयात गर्दै आएको छ । ‘नेपालमा प्रिमियम कारको माग तीव्र छ,’ हिमालयन मोट्रक्सका प्रबन्ध निर्देशक सौरभ थापा भन्छन्, ‘मिफा सेभेनले प्रिमियम सवारी साधन खोज्ने ग्राहकका लागि लक्जरी र प्रविधिको अद्वितीय संयोजन प्रदान गर्नेछ ।’ यो गाडीमा ९० किलोवाट क्षमताको उच्च प्रदर्शन ब्याट्री जडान गरिएको छ, जसले ६३५ किमी दूरी पार गर्नसक्ने दाबी गरिएको छ । साथै यो कारले डीसी फास्ट चार्जिङ सपोर्ट गर्नेछ, जसबाट ३० मिनेटमै ३० देखि ८० प्रतिशत चार्ज गर्न सकिन्छ। गाडीमा इलेक्ट्रिक स्लाइडिङ ढोका, एईबी (स्वचालित आपतकालीन ब्रेक), ब्लाइन्ड स्पट मोनिटरिङ, ३६० डिग्री क्यामेरा, लेन–कीप असिस्ट, अडप्टिभ क्रुज कन्ट्रोल जस्ता फिचरहरू उपलब्ध छन् । यसले यूरो एनक्याप, सी–एनक्याप र ए–एनक्यापमा पाँचतारे सुरक्षा मान्यता पाएको छ । गाडीमा १८० किलोवाटको हाई–परफर्मेन्स इलेक्ट्रिक मोटर (३५० एनएम टर्क) जडान गरिएको छ । डुअल १२.३ इन्चको डिजिटल डिस्प्ले, एड्भान्स्ड मल्टिमिडिया सिस्टम, विशाल प्यानोरामिक सनरूफ र मसाज फिचर सहितका सिटहरू रहेका छन् । ८ वर्ष वा २ लाख किमीमा ब्याट्री वारेन्टी र ५ वर्ष वा १ लाख किमीमा मोटर वारेन्टी दिइने हिमालयन मोट्रक्सले जनाएको छ ।
तीव्र गतिमा सवारीसाधन चलाउँदा बढी दुर्घटना
काठमाडौं । सबैभन्दा बढी दुर्घटना तीव्र गतिमा सवारीसाधन चलाउँदा भएको नेपाल प्रहरीको पछिल्लो विश्लेषणमा देखाइएको छ । पछिल्लो एक महिनाको सवारी दुर्घटनाको अवस्था अध्ययन गर्दा तीव्र गतिका कारण बढी दुर्घटना हुने गरेको पाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले बताए । गएका महिनामा दुई हजार ९२२ सवारी दुर्घटना भएका जनाउँदै उहाँले त्यसमा एक हजार ४५० दुर्घटना तीव्र गतिका कारण भएका बताए । त्यसपछि मापसे गरेर सवारी चलाउँदा दुर्घटना भएको पाइएको छ । बाटो काट्दा, ‘ओभटेक’ गर्दा, लेन मिच्दा पनि दुर्घटना भएको पाइएको प्रहरीले जनाएको छ । 'यसरी हुने दुर्घटनामा अधिकांश मोटरसाइकल परेका छन् । जसले गर्दा मोटरसाइकल यात्रा जोखिममा रहेको देखाएको छ, त्यसैले तीव्र गतिमा मोटरसाइकल चलाउनै हुँदैन', प्रवक्ता घिमिरेले भने । नेपाल प्रहरीका अनुसार गत असारमा भएका दुर्घटनाको अध्ययन गर्दा ५६ दशमलव ५७ प्रतिशत मोटरसाइकल दुर्घटनामा परेका छन् । केन्द्रीय प्रवक्ता घिमिरेले ती दुर्घटनामा परेका कुल चार हजार ४२८ गाडीमध्ये दुई हजार ५०५ वटा मोटरसाइकल रहेका जानकारी दिए । त्यसपछि जिप/कार दुर्घटना १७ दशमलव २३ प्रतिशत छन् । ट्रक, ट्याङ्कर छ दशमलव ४६ प्रतिशत र बस चार दशमलव ४३ प्रतिशत दुर्घटनामा परेका छन् । कुल दुई हजार ९२२ वटा दुर्घटनामा ती सवारीसाधन संलग्न रहेका प्रहरीले जनाएको छ । ती दुर्घटनामा परेर एक महिनामै २३९ जनाको मृत्यु भएको छ । प्रवक्ता घिमिरेका अनुसार १८६ पुरुष, ३६ महिला र १७ जना बालबालिकाको दुर्घटनामा परेर मृत्यु भएको हो । ती दुर्घटनामा ६२५ जना घाइते भएका उनले जानकारी दिए । रासस