टोयोटाको एक्सचेन्ज मेला सम्पन्न, २०० भन्दा बढी ग्राहकको सहभागिता
काठमाडौं । विश्व प्रख्यात मोटर कम्पनी टोयोटाको एकमात्र आधिकारिक बिक्रेता युुनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालीले “टोयोटा एक्सचेन्ज मेला” सम्पन्न गरेको छ । कम्पनीले यहि जेठ २६ र २७ गते काठमाडौंको नक्साल बेङक्वेटमा उक्त मेलाको आयोजना गरी सम्पन्न गरेको हो । उक्त मेलामा कुनै पनि ब्रान्डका पुरानो गाडी ल्याई उचित मूल्यमा नयाँ टोयोटा गाडी खरिदका साथै साट्ने व्यवस्था गरिएको थियो । ग्राहकको पुरानो गाडीको सही मुल्यांकन गरि आवश्यकता अनुसार फाइनान्सको पनि व्यवस्था गरिएको थियो । उक्त एक्सचेन्ज मेलामा, टोयोटा स्पेयर्स पार्ट्स आउट्लेट र टोयोटा जेनियुन एसेसरिज आउट्लेट पनि राखिएको थियो । यसैगरि गाडीको निःशुल्क चेकअप, अन द स्पोट फाइनान्स, टेस्ट ड्राइभ र अन द स्पोट मुल्यांकन जस्ता आकर्षक अफरहरुको पनि व्यवस्था थियो । टोयोटाले समयानुकुल र आवश्यकता अनुरुप यस्ता प्रकारका ग्राहकमुखी मेलाहरु भविष्यमा पनि आयोजना गर्दै जाने कुरा कम्पनीका महाप्रबन्धकले बताएका छन् । उक्त मेलामा २०० जना भन्दा बढी ग्राहकको सहभागिता रहेको थियो भने १० गाडीे एक्सचेन्ज तथा बिक्रि भएको थियो ।
सिप्रदीकाे ‘टाटा ज्याक्सीस १४०एच्’ नेपाली बजारमा
काठमाडौं । नेपालका लागी टाटा हिटाचीको अधिकृत बिक्रेता सिप्रदी अर्थमुभर्स प्रालीले ‘टाटा ज्याक्सीस १४०एच्’ नेपाली बजारमा ल्याएको छ । कम्पनीले बुधबार बिराटनगरमा आफ्नो उक्त नयाँ प्रोडक्टको लन्च गरेको हो । उक्त कार्यक्रममा आफ्ना ग्राहकहरुलाई विभिन्न किसीमका उपहारको पनि व्यवस्था गरिएको थियो । साथै, सिप्रदी विगत लामो समयदेखी नेपाली बजारमा विभिन्न साइजको एक्जाभेटर, ब्याकोन लोडर र व्ह्लि लोडर उपलब्ध गराउँदै आएको छ ।
७ जना डीलरसहित मेघा लुब्रीकेन्टस कम्बोडिया र थाइलैंडको भ्रमणमा
काठमाडौं । मेघा लुब्रीकेन्टसले आफ्नो उत्पादन बिक्री गर्ने डीलरहरुलाई कम्बोडिया र थाइलैंडको भ्रमणमा लगेको छ । लुब्रीकेन्टसले यस वर्ष आफ्ना सात जना उत्कृष्ट डीलरहरुलाई ७ दिने भ्रमणमा लगेको हो । प्रत्यक वर्ष लुब्रीकेन्टस्ले आफ्ना डिलर्सहरुलाई मनोरञ्जन प्रदान गर्नुका साथै लुब्रीकेन्टस उद्योग अवलोकन गराउँदै आएको छ । यसअघि इन्डोनेशीयाको भ्रमण गराएको थियो । यो क्रम हरेक बर्ष गरिने मेघा लुब्रीकेन्टसका प्रबन्ध निर्देशक तथा नाडाका उपाध्यक्ष कृष्णप्रसाद दुलालले बताए ।