मेगा बैंकले मासिक १५ हजारमा गाडी दिने, ब्याजदर १२.५ प्रतिशत मात्र
काठमाडौ । मेगा बैंकबाट मासिक १५ हजार रुपैयाँ किस्तामा गाडी पाइने भएको छ । किस्तावन्दीमा गाडी उपलब्ध गराउने विषयमा बैंक र नारायणी अटो बिजनेश प्राइभेट लिमिटेडबीच सरल किस्तामा अटो लोन प्रदान गर्ने सम्झौता भएको छ । नारायणी अटो बिजनेशबाट गाडी किन्न चाहने ग्राहकलाई मेगाले सरल, सहज र शुलभ दरमा १० बर्षसम्म वित्तीय सुविधा प्रदान गर्ने सम्झौता भएको हो । सम्झौतापत्रमा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेली र नारायणी अटोका प्रबन्ध निर्देशक अनुपकुमार बरालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार, नारायणी अटोबाट कुनै पनि कम्पनीका गाडी लिँदा ग्राहकहरुले १० बर्षसम्मको वित्तीय सुविधा पाउने भएका छन् । जसमध्ये अल्टो, वागेन आर र सेलेरियो गाडीमा ३५ प्रतिशत डाउन पेमेन्ट गरेपछि १५ हजार मासिक किस्तामै गाडी किन्न सकिनेछ । ग्राहकहरुले अहिलेको प्रचलित ब्याजदर अनुसार जम्मा साँढे १२ प्रतिशतमा अटो लोन लिन सक्नेछन् । प्रक्रिया सुरु गरेको २४ घण्टाभित्रै निर्णय र ७ कार्य दिनमै कर्जा प्रवाह गरिने बैंकले जनाएको
बजाजकाे पल्सर १५० टिडि नेपाली बजारमा, मूल्य दुई लाख ५५ हजार रुपैयाँ
काठमाडौं । एचएच बजाजले अल न्यू बजाज पल्सर १५० टिडि(ट्वीन डिस्क)लाई नेपाली बजारमा भित्र्याएको छ । २ वटा डिस्क ब्रेक, सार्प डिजाइन रहेको यस बाइक बजारमा विभिन्न तीन कलर भेरिएन्टमा उपलब्ध रहेको छ । बजाज मोटरसाइकलको लागि आधिकारीक बिक्रेता एचएच बजाजले बजाजको पल्सर १५० ट्वीन डिस्कलाई तीन कलर भेरिएन्टमा ल्याएको छ । जसमा कालो निलो, कालो रातो तथा ब्ल्याक क्रोम हुन् । यस बाइकमा १७ इञ्च एलोय ह्वीलमा मेट ब्ल्याक दिइएको छ । नयाँ बजाज पल्सर १५० टिडिमा ड्यूल डिस्क ब्रेक दिइएको साथमा युवालाई आकर्षित गर्न बायकमा मोटो ह्वील, मोटो टायर, च्येसीस र सकरपनि पहिलाको तुलनामा ठूलो बनाएर ल्याइएको कम्पनीले जनाएकाे छ । एचएच बजाजका अनुसार युवा पुस्ता लक्षित गरेर कम्पनीले यसमा थुप्रै परिवर्तन गरेको छ । बाइकमा स्प्लीट सिट राखिएको छ भने स्प्लीट ग्रेव रेल, आल्मुनियम फिनिस पूmटपेज राखिएको छ । स्वीङआर्म पहिलेको भन्दा थोरै मोटो दिइएको छ भने यसको ह्वील बेस समेत बढाइएको छ । यसमा दिइएको पछाडिको टायर मोटो रहेको छ । १२९ एमएमको रियर टायर दिइएको छ । बाइकमा मस्कुलर लूक दिइएको छ । कम्पनीका अनुसार पल्सर १५० ट्वीन डिस्कमा १४९.५ सीसी सिंगल सिलिन्डर डिटिएसआई इञ्जिन दिइएको छ । यस बाइकमा दुईवटा भल्भ जडान गरिएको छ । यसमा लगाइएको ट्वीन स्पार्क मोटरले ८००० आरपीएममा १४ बीएचपी पावर र ६००० आरपीएममा १३.४ एनएम टर्क उत्पादन गर्छ । यसमा १५ लिटर पेट्रोल अट्ने ट्याङ्की दिइएको छ । ५ गिएरमा उपलब्ध रहेको छ । पल्सर १५० ट्वीन डिस्कमा अप्टिमाईजेशनका साथ नोइज, भाइव्रेशन र हार्सनेश लेभलमा पनि सुधार गरिएको छ । नेपाली बजारमा बजाज पल्सर १५० ट्वीन डिस्कको मूल्य दुई लाख ५५ हजार ९०० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । हंशराज हुलासचन्द एन्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने ‘बजाजको लिगेसीलाई यो पल्सर १५० टुइन डिस्कले क्यारी गरेको छ । साथै यो पल्सर परिवारमा नयाँ थपिएको मोडल हो । साथै, यो सेग्मेन्टमा नै अत्यन्त नयाँ उत्पादन हो । हामीलाई विश्वास छ पल्सर १५० टुइन डिस्कले चालकको एक्स्पेक्टेसन पुरा गर्ने छ ।’
एमभी दुगडद्धारा प्यासेन्जर भ्यानको प्रशिक्षण कार्यक्रम सम्पन्न, २०० बढि ग्राहकहरु लाभान्वित
काठमाडौं । महिन्द्रा कमर्शियल गाडीको नेपालका लागि आधिकारीक विक्रेता दुगड व्रदर्श एण्ड सन्स प्रा.लीले महिन्द्रा म्याक्सीमो प्यासेन्जर भ्यानको ग्राहक भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आइतबार(आज) वीरगञ्जको भिसुवा होटलमा उक्त कार्यक्रम आयोजना गरी सम्पन्न गरेको हो । उक्त कार्यक्रमबाट २०० भन्दा बढि ग्राहकहरु लाभान्वित भएका छन् । कार्यक्रममा गाडिको सहि रखरखाब र संचालनबाट उच्च प्रतिफल लिन गर्नुपर्ने कार्य तथा बिधिकाबारे प्रशिक्षण दिइएको थियो । उक्त कार्यक्रममा कलैया टेम्पो समिती र पखानीपुर टेम्पो समितीका अध्यक्षहरु र सदस्यहरु, महिन्द्रा कम्पनीका कन्ट्री म्यानेजर तपश पटनायक, दुगड व्रदर्श एण्ड सन्स प्रालीका हेड अफ अपरेशन शम्भु सुवेदी, विरगञ्ज शाखाका प्रमुख बेद प्रकाशशर्मा, काठमाडौंका सर्भिस हेड सुदिप सुवेदी लगायत अन्य कर्मचारीहरुको सहभागीता रहेको थियो ।