महिन्द्रा टु ह्वीलर अब जनकपुरमा

काठमाडौं । अग्नि मोटो इन्कले महिन्द्रा टुह्वीलरको लागि हालै सेल्स, सर्भिस र स्पेयर पार्टस्हरुको सेवा प्रदान गर्ने उद्देश्य सहित जनकपुरमा आधिकारिक शोरुमको उद्घाटन गरेको छ । उक्त शोरुमको उद्घाटन जनकपुरस्थित महागणपति अटो सेल्स् शोरुमका सांसद रामआशिष यादवले गरेका थिए । शोरुम शुभारम्को अवसरमा १० हजार ३७५ रुपैयाँदेखि २ लाख ०७ हजार ५०० रुपैयाँसम्मको छुट प्राप्त गर्न सकिने छ । शोरुमको शुभारम्भसँगै महाछुट प्राप्त हुने । यो योजना सीमित अवधिको लागिमात्र लागू हुने कम्पनीले जनाएको छ ।

एचएच बजाजको नयाँ शोरुम नवलपरासीको बर्दघाटमा

काठमाडौं । एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधा सहितको नयाँ शोरुम बर्दघाट ४ नवलपरासीमा संचालनमा ल्याएको छ । नेपालमा सबैभन्दा बढि बिक्री हुने र अधिक विश्वास गरिएको अटोमोबाइल ब्राण्ड मध्येको एक, हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेड बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हो । कम्पनीले आफ्नो गुणस्तरिय सेवा बिस्तारको क्रममा बस्याल अटोमोवाइल प्रालि बर्दघाटमा संचालनमा ल्याएको हो । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदकालागि सहज बनाउने छ । कम्पनीका जेनेरल म्यानेजर योगेन गुरुङले भने, ‘हामी बर्दघाट ४ नवलपरासीमा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा निकै खुशी छौं । ग्राहकहरुको बढ्दो मागका कारण हामीले बर्दघाटमा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिने छ । हामी देशभरी रहेका हाम्रा ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्दै आएका छौ, भोलीको दिनमा अझ हाम्रो सेवालाई परिष्कृत गर्दै लाने प्रतिबद्ध ब्यक्त गछौं ।’ नयाँ शोरुमको शुभारम्भसँगै शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ ।

बहुप्रतिक्षित एसयूभी रेनो क्याप्चर भित्रिदै, प्रि–बुकिङ खुला

काठमाडौं । एड्भान्स अटोमोवाइल प्रालि (बिशाल ग्रुप अन्तर्गतको कम्पनी)ले रेनोको बहुप्रतिक्षित एसयूभी क्याप्चरको नेपाल भर प्रि–बुकिङ खुल्ला गरेको छ । नेपाली बजारमा आउन लागेको रेनो क्याप्चर नयाँ प्रिमियम फिचरसहित आफ्नो सेग्मेन्टमा अब्बल रहेको कम्पनीको दावी छ । कम्पनीकोअनुसार आर्कष डिजाइनसहितको रेनो क्याप्चर यो सेग्मेन्टमा गेम चेन्जरको रुपमा रहेको छ । पूर्ण स्टनिङ डिजाइनसहितको एसयूभी रेनोको ग्लोबल डिजाइन हो । जो दोहोरो कलरमा उपलब्ध हुने जनाइएको छ । सो प्रिमियम एसयूभी प्रिमियम फिचरसहित आउन लागेको हो । विशेषता रेनो क्याप्चरमा एलइडी हेड्ल्याम्प, टेललाईट र डिएलआर लाइट लगाइएको छ । अन्य फिचरर्सहरुमा पुर्ण अटोमेटिक टेम्पेचर मेन्टेन विथ रियल कुलिङ भेन्ट, स्टेरिङ ह्वील कन्ट्रोल, किलेस एन्ट्री, पुस बटन र अटो क्लाईमेट रहेका छन् । कम्पनीले रेनो क्याप्चरमा दुई इन्जिनमा उपलब्ध हुने बताएको छ । ११० पीएस पावरमा २४० एनएम टर्क प्रदान गर्नेछ । एच४के १.५ लिटर पेट्रोल इन्जिनले १०५ बीएचपी बराबर पावर र १४२ एनएम टर्क उत्पादन गर्छ । रेनो क्याप्चर पूर्ण सुरक्षाको फिचरसहित ल्याइने जनाएको छ । कम्पनीकोअनुसार सुरक्षाको लागि कुनै किसिमको सम्झौता गरिएको छैन । जसमा स्टेट अफ आर्ट टेक्नोलोजि अन्र्तगतको क्रुज कन्ट्रोल, स्पिड मिटर र सटेरिङ ह्वाइल कनट्रोल जडान गरिएको छ । यसको अलावा डियुल एयर व्याग र एबीएस, इबिडी, ब्रेक एसिस्टेनस्जस्ता सुरक्षा फिचर रहेका छन् ।