प्रोटोनका दुई इलेक्ट्रिक एसयूभीले नाइमा एक्स्पोमा ताने ग्राहकको ध्यान

काठमाडौं । भृकुटीमण्डपमा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा प्रोटोनका दुई इलेक्ट्रिक एसयूभी इमास ५ र इमास ७ ले अवलोकनकर्ताको ध्यान खिचेका छन् ।

एक्स्पोको हल ‘बी’स्थित एल–६ नम्बर स्टलमा राखिएका नयाँ इमास ५ र यसअघि नै सार्वजनिक भइसकेको इमास ७ अवलोकन गर्न ग्राहकको उल्लेख्य उपस्थिति रहेको कम्पनीले जनाएको छ । 

ग्राहकहरूले गाडीका विशेषता, मूल्य, स्वामित्व तथा बुकिङ विकल्पबारे समेत जानकारी लिएका थिए ।

सहरी जीवनशैलीलाई लक्षित गरी तयार गरिएको कम्प्याक्ट इलेक्ट्रिक एसयूभी प्रोटोन इमास ५ मा रियर–ह्विल–ड्राइभ प्लेटफर्म, स्मार्ट स्टोरेज, १४.६ इन्चको फुल एचडी डिस्प्ले, ३७५ लिटरको बुट स्पेस, बाह्य विद्युतीय उपकरण चलाउन सकिने भेहिकल–टु–लोड ९भीटुएल० प्रविधि र जी–ट्र्याक्सन कन्ट्रोल सिस्टमजस्ता सुविधा छन्।

इमास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ । यसको मूल्य क्रमशः ३२ लाख ९९ हजार रुपैयाँ र ३६ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

त्यस्तै, प्रोटोन इ।मास ७ ठूलो आकारको इलेक्ट्रिक एसयूभी हो । 

फराकिलो स्पेस, प्रदर्शन र लामो दूरीको यात्रालाई ध्यानमा राखेर तयार गरिएको यो एसयूभीको प्राइम भेरियन्टमा १६० किलोवाटको इलेक्ट्रिक मोटर र ४९.५२ किलोवाट–आवरको एलएफपी ब्याट्री रहेको छ । 

यसले डब्लुएलटीपी मापदण्डअनुसार करिब ३४५ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

इ।मास ७ मा एडीएएस प्रविधि र १५.४ इन्चको डिस्प्ले उपलब्ध छ । यो पनि प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ, जसको मूल्य क्रमशः ४९ लाख ९९ हजार रुपैयाँ र ५९ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीको वेबसाइटमा उल्लेख छ ।

जगदम्बा मोटर्सका अनुसार नेपालमा इलेक्ट्रिक गाडीप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै यी दुई मोडलले फरक आवश्यकता भएका ग्राहकलाई विकल्प दिएका छन् । 

इमास ५ सहरी तथा दैनिक प्रयोगका लागि कम्प्याक्ट विकल्प हो भने इमास ७ पारिवारिक प्रयोग तथा लामो दूरीका यात्राका लागि ठूलो इलेक्ट्रिक एसयूभीका रूपमा प्रस्तुत गरिएको छ ।

एक्स्पोमा प्रोटोनका गाडी अवलोकन गरेका ग्राहकलाई आगामी नाडा अटो शो २०२६ मा पनि प्रोटोनको स्टलमा पुगेर गाडीको अनुभव लिन कम्पनीले आग्रह गरेको छ । 

नाडा अटो शोको हल ४ स्थित जी–१५ नम्बर स्टलमा ग्राहकका लागि थप आकर्षक अफर सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

Share News