बजाज बाइक ग्राहकको अब हुनेछ पाकेट फुल, तपाईंको पाकेटमा कति अट्छ ?

काठमाडौं । बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालीले ‘बजाज पाकेट फुल’ नामक ग्राहक योजना ल्याएको छ । कम्पनीले दशैं-तिहारकोे अवसरमा ग्राहकहरुको पाकेट भर्नको लागि उक्त योजना ल्याएको हो । यो योजनामा बजाजको कुनै पनि मोटरसाईकल खरिद गर्दा एउटा स्क्र्याच कार्ड पाइने छ । जसको एउटा भागमा स्क्र्याच गर्ने ठाउँ हुनेछ भने अर्को भागमा पाकेट फुल साप्ताहिक लक्की ड्र कुपन रहनेछ । स्क्र्याच कुपनबाट तत्कालै ग्राहकले ६ हजारदेखि १ लाख रुपैयाँसम्मको नगद छुट पाउन सक्ने कम्पनीले जनाएको छ । योजना अवधिभर साप्ताहिक पाकेटफुल लक्की ड्र कुपन मध्येबाट हरेक हप्ता लक्की ड्र गरि एकजना भाग्यशाली विजेताको घोषणा गरिनेछ, जसले पाकेटफुल कार्यक्रममा गई पाकेटफुल गर्ने मौका पाउने छन् । साप्ताहिक पाकेट फुल कार्यक्रममा विजेताले तोकिएको समय भित्र बढीभन्दा बढी पैसारुपी कुपनहरु समातेर आफ्नो पाकेटहरु फुल गर्नुपर्नेछ, सोही कुपन बराबरको रकम विजेतालाई प्रदान गरिनेछ ।

मासिक १२ हजार ९९९ तिर्नुस्, आफ्नै कार चढ्नुस्

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेड र पायनियर मोटोकर्प प्राइभेट लिमिटेडबीच डाट्सन र निशान कम्पनीका गाडीका लागि १० बर्षे अटो लोन प्रदान गर्ने सम्झौता भएको छ । मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र पायनियर मोटो कर्पका सहायक महाप्रबन्धक ज्ञानेन्द्र चन्दबीच सरल अटो लोन कर्जाका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार, पायनियर मोटो कर्प प्राइभेट लिमिटेडबाट गाडी किन्न चाहने ग्राहकहरुलाई मेगा बैंकले सरल, सहज र शुलभ दरमा १० बर्षसम्म भुक्तानी गर्ने गरी वित्तीय सुविधा प्रदान गर्नेछ । जसमध्ये डाट्सन कम्पनीका गाडीहरु १२ हजार ९९९ मासिक किस्तामै ग्राहकहरुले किन्न सक्नेछन् । यसैगरी, निशान कम्पनीका सबै मोडलका गाडीहरुमा पनि सरल किस्तामै भुक्तानी गर्ने गरी ग्राहकहरुले अटो लोन पाउनेछन् । त्यसका लागि ग्राहकहरुले ३५ प्रतिशत मात्रै डाउन पेमेन्ट गरे पुग्छ । प्रक्रिया सुरु गरेको २४ घण्टाभित्रै निर्णय र ७ कार्य दिनमै कर्जा प्रवाह गरिने बैंकले जनाएको छ । यो सुविधा मेगा बैंकका देशभरका शाखाहरुबाट लिन सकिनेछ । यो सम्झौतापछि ग्राहकहरुलाई सस्तोमा गाडी लिन सहज हुने बैंकको विश्वास छ ।

महिन्द्राको ‘प्लस न्यु एक्सयूभी५००’ गाडी नेपाली बजारमा, मूल्य ८४ लाख ९५ हजार

काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राले नेपाली बजारमा ‘प्लस न्यु एक्सयूभी५००’ नामक नयाँ गाडी अनावरण गरेको छ । सोमबार नक्सालको महिन्द्रा शोरुम अग्नि इन्कर्पोरेटेड प्रालीमा एक कार्यक्रम आयोजना गरी कम्पनीले उक्त गाडी नेपाली बजारमा सार्वजनिक गरेको हो । आकर्षक तथा नयाँ डिजाइन भएको उक्त गाडी विभिन्न विशेषताले भरिपूर्ण रहेको छ । आरामदायी इन्टेरियर, उच्चशक्ति र टर्क युक्त ‘प्लस न्यु एक्सयूभी५००’ ले उत्कृष्ट एसयूभी(सर्पोटस् यूटीलिटी भेकल) समूहमा एउटा नयाँ मापदण्ड कायम गरेको कम्पनीले बताएको छ । गाडीकाे उन्नत लचिलोपना तथा शान्त क्याबिनले अझ आरामदायी यात्राको अनुभूति दिने छ । एमह्वाक१५५ इंजिनजडित नयाँ एक्सयूभी५०० ले १५५ हर्स पावर र ३६० एनएम टक्र्यिुको शक्ति दिन्छ । छैठौँ पुस्ताको विद्युतीय रूपमा नियन्त्रित भेराइएबल जिओमेट्री टुर्बोचार्जर(ईभीजीटी)ले ‘प्लस न्यु एक्सयूभी५००’ को सवारीलाई अझ बढी ऊर्जा युक्त र उत्कृष्ट बनाउँने यस गाडीको मूख्य विशेषता हो । कम्पनीका अनुसार ओआरभीएम लोगो प्रोजेक्सन ल्याम्पस् सहितको विद्युतीय सनरुफ, न्यु स्मार्ट वाच कनेक्टीभिटी, जीपीएस नेभिगेसनयुक्त १८ सेमी (७इंच) टचस्क्रिन इंफोटेन्मेन्ट, आदिले यस नयाँ गाडीको सवारीलाई अझ बढी गुणस्तरीय बनाउँछ । त्यस्तै, गाडीमा छ वटा एयरब्याग, एबीएस वीथ ईबीडी र आफ्नो श्रेणीमा आकस्मिक कल गर्न सकिने छ । यस गाडीका पांग्राहरूमा डिस्क ब्रेकहरू जडित छन् जसले गर्दा गाडी उकालोमा पनि सन्तुलित रहने र ओरालो लाग्दापनि नियन्त्रणमा रहने कम्पनीले जनाएको छ । ‘प्लस न्यु एक्सयूभी५००’ गाडी अनावरण गर्ने क्रममा महिन्द्रा एण्ड महिन्द्राका अन्तर्राष्ट्रिय विभाग (दक्षिण एशिया)का उपाध्यक्ष सञ्जय जादवले ‘प्लस न्यु एक्सयूभी५००’ अनावरणसँगै नयाँ मापदण्डहरू कायम गरिएको बताएका छन् । त्यसैगरी, अग्नि समूहका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले ‘प्लस न्यु एक्सयूभी५००’को नयाँ स्वरूप र नयाँ विशेषताहरूले ड्राइभिङको आनन्द र उत्साह झन् बढाउने बताएका छन् । नेपाली बजारमा ‘प्लस न्यु एक्सयूभी५००’ गाडीको मूल्य ८४ लाख ९५ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । जुन गाडी महिन्द्राको जुनसुकै संजाल/शाेरूम मार्फत् सजिलै उपलब्ध गर्न सकिने छ ।