रोयल इन्डफिल्डको दुई नयाँ मोडल बजारमा, सेतो र रातो रङमा पाइने

काठमाडौं । नाडा अटो शोको अवसरमा आइचर मोटर्स लिमिटेडको रोयल इन्डफिल्ड ब्राण्डको दुई नयाँ मोडल अनावरण गरिएको छ । रोयल इन्डफिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता विवेक अटोमोवाइल्स् प्रा.लिले थन्डरबर्ड ३५० एक्स्मोडल र क्लासिक गन मेटल ग्रे ३५० सीसी बाइक सार्वजनिक गरेको हो । उक्त बाइक रोयल इन्डफिल्ड थन्डरबर्डको परिमार्जित बाइक रहेको कम्पनीका ब्रान्ड म्यानेजर अनुज मल्लले जनाएका छन् । उक्त क्लासिक गन मेटल ग्रेमा बिएस फोर मोडल, डबल डिक्स, ब्राउन सिट कभर विशेषता रहेको छ । त्यस्तै, थन्डरबर्ड एक्स् बाइक बिएस फोर मोडल, टिउबलेस टायर, अलोह्वील, ह्यान्डलबारका साथै सेतो तथा रातो रङ्मा उपलब्ध रहेको कम्पनीले जनाएको छ । अनावरण लगतै सोहि यस ब्राण्डको थन्डरबर्ड ३५० एक्स् मोडल र क्लासिक गन मेटल ग्रे ३५० सीसी बाईकको बिक्री बितरण शुरु भएको कम्पनीले जानकारी दिएको छ ।

१९ हजार ९९९ रुपैयाँ तिर्नुस्, बजाज डिस्कभर बाइक चढ्नुस्

काठमाडौं । नेपालमा सर्वाधिक बिक्री हुने मोटरसाइकल ब्रान्ड बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बजाज डिस्कभरमा न्यूनतम डाउनपेमेन्ट स्कीम शुरु गरेको छ । यस स्कीम अन्तर्गत बजाज डिस्कभर खरिद गर्दा अब मात्र १९ हजार ९९९ रुपैयाँको न्यूनतम डाउनपेमेन्ट तिरे पुग्ने कम्पनीले जनाएको छ । खरिदकर्ताले हुलास इन्भेष्टमेन्ट प्रालिबाट फाइनान्समा सजिलै बजाज डिस्कभर खरिद गरी सरल किस्ताबन्दीको फाइदा लिन सक्नेछन् । चाडपर्वको बेला बजाज डिस्कभर खरिद चाहनेलार्इ लक्षित गरी यो न्यूनतम डाउनपेमेन्टको सेवा प्रदान गरिएको कम्पनीले जनाएको छ ।

हुण्डाईले लन्च गर्यो नयाँ ईलेक्ट्रीक कार, मूल्य ५२ लाख ५६ हजार रुपैयाँ

काठमाडौं । हुण्डाईको नेपालका लागि आधिकारिक डिलर लक्ष्मी इन्टरनेशनल प्रा.लि.ले नेपाली बजारमा नयाँ ईलेक्ट्रीक कारको लन्च गरेको छ । कम्पनीले नेपाल अटोमोबाइल डिलर्स एशोसियशन (नाडा) अटो शोको अवसरमा ‘हुण्डाई आईओनिक’ नामक नयाँ ईलेक्ट्रीक कार बजारमा भित्र्याएको हो । इलेक्ट्रीक गाडीको सेग्मेन्टकै पहिलो गाडी आईओनिकको बजार मूल्य ५२ लाख ५६ हजार रुपैयाँ तोकिएको छ । एक पटक फुल चार्ज गरेपछि यो गाडी २५० किलोमिटरसम्म चलाउन सकिने कम्पनीले जनाएको छ । विद्युतीय गाडीको विस्तारका लागि हुन्डाईले विभिन्न स्थानमा चार्जिङ सेन्टर स्थापना गर्ने लक्ष्य लिएको छ । यो कार १ रुपैयाँ ५० पैंसा बराबरबको विद्युतको चार्जले १ किलोमिटर गुड्ने कम्पनीको भनाई छ । कम्पनीका अनुसार यो कार ३ प्रकारको चार्जरबाट चार्ज हुन्छ । स्टेप १ को चार्जरले चार्ज गर्दा १०–१२ घन्टा, स्टेप २ को चार्जरले चार्ज गर्दा ४ घन्टामा फुल चार्ज हुन्छ र स्टेप ३ को चार्जरले ३० मिनेटमा ८० प्रतिशत चार्ज हुन्छ ।