ठूलाे लगानीसहित शिक्षा क्षेत्रमा नम्वर वान बन्दैछाै- सिजी ग्रुपका करण चौधरीसँगकाे अन्तरवार्ता
करणकुमार चौधरी, कार्यकारी निर्देशक–चौधरी ग्रुप व्यवसायिक घरानाको परिवारमा हुर्केका करणकुमार चौधरीको व्यवसायिक यात्रा एक दशक लामो भईसकेको छ । ११ वर्षअघि व्यवसायमा छिरेको चौधरी अहिले सिजी होल्डिङ अन्तरगतको सिजी मोटोकर्प, सिजी मनि ट्रान्सफर, नेपाल ल्युव आयल लगायत कम्पनीहरुको नेतृत्व गरिरहेका छन् । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालका कार्यकारिणी सदस्य समेत रहेका चौधरीसँग अटोमोवाईल्स बजार, उनको व्यवसायिक योजना र आकांक्षाबारे विकासन्युजका लागि प्रधानसम्पादक रामकृष्ण पौडेलले गरेको विकास वहस यसपटक । पछिल्लो समय अटो मोवाइल क्षेत्रमा मन्दी आएको हो ? यसबारेमा मेरो सोच्ने तरिका अलि फरक छ । अरुहरुले त अटो मोवाइल क्षेत्रमा मन्दी आएको छ भन्छन् तर म यसो भन्दिन । किनकी मैले यसलाई वे अफ बिजनेशको रुपमा लिइसकेँ । १ वर्ष हुन्छ म अचम्मित हुन्छु । २ वर्ष हुन्छ, अनि यस्तो लाग्छ यो ट्रेण्ड बनिरहेको हो कि ? यो त तेश्रो वर्ष हो । बिजनेशमा यस्तो हुन्छ कि कहिले मन्दी हुन्छ, कहिले अलि चल्छ । नेपालको आर्थिक वर्ष साउनमा शुरु हुन्छ । त्यसपछि दशैं आइहाल्छ । अटो मोवाइल क्षेत्रमा त झन् भदौदेखि नै दशैँले छोइसकेको हुन्छ । नाडा अटो शोपछि नै दशैँ शुरु भइसक्छ । दशैँ त्यहाँबाट शुरु भएतापनि त्यो बेलाको बुकिङलाई गाडी दिंदादिंदा मंसिर सकिन्छ । त्यसपछि पुस महिना आउँछ । पुस महिना यस्तो महिना हो, हाम्रो रितिरिवाज, लाइफस्टाइलका लागि राम्रो महिना होइन । यो महिनामा मानिसहरुले गाडी किन्न खोज्दैनन् । यसमध्ये कतिपयले भने जरुरी परेमा किन्छन् । मंसिर, पुस, माघ, फागुन स्वभाविक रुपमा मन्दी आउने समय हो । चैत महिनामा अलि बढ्छ, नयाँ वर्षमा नयाँ गाडी चढ्न खोज्छन् । अहिलेको अवस्थालाई मन्दी नमान्ने हो भने अटो मोवाइल क्षेत्रको मार्केन्ट ग्रोथ कस्तो छ ? ओभरअल मार्केट ग्रोथ छ । हामीले ३ वर्षमा पहिलो वर्ष १२/१३ हजार गाडी बेच्थ्यौ भने त्यसपछि १६ हजार पुग्या छ । यो वर्ष मेरो अनुमानमा १९ हजार पुग्नु पर्ने हो कार/जीप बिक्री । सुजुकीले इयर अन इयर बिक्री बढिरहेको छ । ओभर अल सेग्मेन्टमा त ग्रो गर्ने नै भइहाल्यो । हामीले सेग्मेन्ट टार्गेट गरेर पनि ग्रो गराइरहेका छौं । पहिलो सुजुकी कम मूल्यमा बढी बिक्न गाडी हो भनिन्थ्यो । आज स्वीफ्टहरुको सेग्मेन्टमा पनि राम्रो छ । युटिलिटी सवारी साधनमा ब्रेजाको बिक्री दोस्रो स्थानमा छ । हामी क्रेटाभन्दा केही कम छौं तर फोर्डभन्दा माथि छौं । ओभरअल ट्रेण्डमा सुजुकीको बिक्री बढीरहेको छ । हामीले कार/जीप सेगमेन्टमा ३६ प्रतिशत मार्केट होल्ड गरेका छौं । लोनको कुरा गर्दा सुजुकी नै ८५ प्रतिशत फाइनान्स गरेर नै बिक्री गरेका हुन्छन् । मानिसहरु नगदमा भन्दापनि फाइनान्स गरेर गाडी किन्न रुचाउँछन् । बजारमा जति रोइ कराई गरे पनि अटोमोबाइल क्षेत्रले राम्रै गरिरहेको छ । तपाईँले भन्नुभयो ८५ प्रतिशत सवारी अटो लोनमा खरिद बिक्री भइरहेको छ । बैंकको ब्याज दरपनि १४/१५ प्रतिशत छ । लगानीयोग्य पुँजीको कमी देखिन्छ बैंममा । यसले असर गरेको छैन ? यो एउटा मनोबैज्ञानिक असर मात्र हो । अरु केही होइन । पहिले ३५ प्रतिशत डाउन पेमेन्ट गर्नु पथ्र्यो । अहिले १५ प्रतिशत बढी तिर्नु पर्ने त हो । ८/९ प्रतिशतबाट १२ प्रतिशत पुगेको त हो अटो लोन । त्यसकारण बैंक ब्याज महङ्गो भएर गाडी बिक्री घट्यो भन्नु उपयुक्त हुन्न । अहिले देशको अवस्था पनि नाजुक छ । फरेन करेन्सी जुन रिजर्भ छ, त्यो डेन्जर जोनमा छ । फरेन्स करेन्सी बाहिर पठाउने अटो मोवाइल क्षेत्र टप टेनमा होला तर टप थ्रीमा छैन । अटोमोवाईल क्षेत्रले भन्दा विदेश गुम्ने जाने नेपालीले विदेश लैजाने डलर बढी छ । त्यसतर्फ सरकारले ध्यान दिने कि ? उच्चदरको करले होला, व्यवसायिक लागत उच्च भएर होला, नेपालीहरुको लागि निजी सवारी निकै महँगो भएको छ । कसरी सवारीलाई सस्तोमा र आम मानिसको पहुँचमा पुर्याउन सकिन्छ ? मेरो यसमा के सोचाई छ भने सस्तो गाडी छ भन्दैमा मान्छेले किन्दैन । हामी कहाँ सस्तोमा अल्टो छ १४ लाख ४९ हजारमा किन्न सकिन्छ । तर, यसको बिक्री घट्दै आएको छ । मानिसहरुको सोचाई परिवर्तन भएको देखिन्छ । सस्तो भन्दा पनि राम्रो गाडी चढौँ न भन्ने सोचाई विकास हुँदै आएको छ । पहिलो पटक गाडी किन्नेहरु पनि इन्ट्री लेवलको कार किनि रहेका छैनन् । १४ लाखको अल्टो छोडेर २४ लाखको सेलेरो किन्न थाले । ऋणै गरेर भए पनि महँगो गाडी चड्ने क्लास बढेको छ । ल्याण्ड रोभर, जीप जस्ता महँगा गाडी सडकमा प्रशस्त देखिन थालिसके । समाज देखावटी रुपमा गइसक्यो । नेपालीको इच्छा आकांक्षा निकै बढ्यो । पहिला नेपाली घुम्न जाँउ न भन्दा भारत आउँथ्यो–आग्रा, जयपुर । दिन राम्रो भएको रहेछ भने गोहा गुम्न जाउँ भनिन्थ्यो । तर अहिले नेपालीहरु अमेरिका, अष्ट्रलेलिया, स्वीजरल्याण्ड, अफ्रिकामा जंगल सफारी जाउँ भन्छन् । घुम्न जाने देशमा भारतको नाम नै पर्न छोड्यो नेपालीका लागि । घरमा केटाकेटीले पनि स्मार्ट फोन माग्छन्, टचवाला । जहाँ फेसबुक, ट्वीटर, यूट्युव, ह्वाटएप सबै चल्नुपर्छ । समाजमा देखावटी पन बढेको हो कि नेपालीहरुको आयस्रोत नै बढ्या हो ? आयश्रोत बढेको भन्ने चिजको तथ्याङ्क छैन । देखावटी नै हो । बल्लबल्ल बैंकको कति प्रोसेस गरेर कसैले गाडी किने भने उसले त्यो गाडी पाल्न धौ धौ परेको देखिन्छ, यसरी हेर्दा नेपालीको आयश्रोत बढ्यो, त्यही भएर महङ्गो गाडी चढ्न थाले भन्न सकिदैन । अलि फरक प्रशंगमा कुराकनी गरौं, तपाईँले कुन–कुन बिजनेश लिड गरिरहनु भएको छ अहिले ? अटोमोविल छ । नेपाल ल्यूब आयल र सिजी मनी लिड गरिरहेको छु । चौधरी ग्रुपका अरु कम्पनीमा म एडभाइजर रोलमा हुन्छु । नेपाल ल्यूब आयलको अवस्था कस्तो छ ? राम्रो छ । यस वर्ष हामीले सेयरधनीलाई ४० प्रतिशत लाभांश दियौं । सरकारले निजीकरण गरेका कम्पनी मध्ये सबैभन्दा राम्रो कम्पनीमा पर्छ नेपाल ल्युब । तर यो कम्पनीको सेयर कारोबार किन हुँदैन ? मैले हाम्रो एजिएममा पनि यो कुरा उठाएको थिएँ । हाम्रो शेयर पनि किनबेच गरौँ न । हाम्रो शेयरको भ्यालु बढ्ने हो । तर, अहिले नेपाल ल्यूबको शेयर भ्यालु २०० सय छ तर मार्केन्टमा यस्तो भ्याबरेन्ट ल्याइरहेको कम्पनीको शेयर भ्यालु त बढ्नु पर्ने हो नि । कसैले बेच्नै मान्दैन, आज ३/३ पुस्तासम्म शेयर होल्ड गरेर राखेको छ । त्यसलाई के भन्ने ? त्यस्तो मोह छ, आजसम्म ट्रेड नै भएको छैन । नेप्से अपडेट छ, डिम्याटमा अपडेड छौं । नेपाल ल्यूब आयलमा ८०० शेयरधनी छन् तर यसको शेयर कारोबार नै हुँदैन । आज शेयर किन्न जानुस्, कसैले बेच्दैन । ४० प्रतिशत रिटर्न इन्भेष्टभेन्ट बैंकको सेयर मूल्य ६०० भन्दा माथि छ । तर नेपाल ल्युवको सेयर मूल्य किन २०० मात्र ? हो । यो कम्पनी निकै राम्रो छ । यसको सेयर मूल्य १००० भन्दा माथि हुनु पर्ने हो । आफूले रन गरेको कम्पनीको शेयर मूल्य बढोस् भन्ने त भइहाल्छ नि । खै किन यस्तो भइरहेको छ, मलाई नै थाहा छैन । सिजी मनी ट्रान्सफरको के छ बिजनेश ? यो बिजनेशमा म आउँदा त्यस्तो ग्रोथ हेरेर आएको हैन । रेमिटेन्स बिजनेश एउटा अनौठो बिजनेश छ । आज जुन हिसाबको प्रतिष्पर्धा छ, नेपालमा म रेमिटेन्स ल्याइदिन्छु, उताबाट यता, यताबाट उता पैसा ल्याइदिन्छु भन्दैमा पैसा कमाउन असंभव छ । किनभने अरु कम्पनीहरुले धेरै चिज अफर गरिरहेका छन् । हुन सक्छ हामीले पनि भविश्यमा केही न केही अफर ल्याउँदै छौँ । त्यो ल्याउँदा यो बिजनेशको स्केल त्यही अनुसार बढ्ने हो । यसलाई कसरी बढाउने भन्ने बारेमा सोचिरहेका छौँ । तपाईँ ११ वर्षदेखि बिजनेशमा हुनुहुन्छ । के रहेछ बिजनेश ? मेरो बिचारमा बिजनेश मेन्टल पीस अर्थात दिमागको आराम, शान्ति नै रहेछ । विजनेशमा साँच्चै शान्ति छ, म बनावटी कुरा गरिरहेको छैन ? तपाईँले सोध्नु पनि जायज छ । कहिले काँही केही अप्ठ्यारो, तनाव होला, समग्रमा भन्दा शान्ति नै हुन्छ । म यो भूमिमा आएको विजनेश गर्नका लागि हो । यो भूमिमा केही गरेर देखाउनु पर्नेछ । अरु भन्दापनि यो देशको नाम माथि बढाउनु पर्नेछ । आज मेरो देश सिंगापुर जस्तो भएको भए मैले कति गर्थे होला ? बिजनेशको प्लेफर्मबाट नेपाललाई अन्तर्राष्ट्रिय फोरममा चिनाउन सकिन्छ ? मैले मेरो देशलाई चिनाउनका लागि पहिलो कुरा देशमा म चिनिनु पर्छ । देशले मलाई चिन्नु पर्छ पहिला । देशले मलाई चिन्ने कसरी त ? यो देशले बनाएको मान्छेले के गर्न सक्दो रहेछ ? मेरो एउटा लक्ष्य रहेको छ, म जहाँकहीँ पनि जाँदा मान्छेले फर्केर हेरोस् । चिनोस्÷नचिनोस्, मान्छेको नाम चिन्नु स्वभाविक छैन, एकचोटी को आएछ भन्ने चाँही होस् । नेपालको फिल्डमा त मलाई कत्तिले चिन्नु हुन्छ होला, कत्तिले चिन्नु हुन्न, बाहिरपनि त्यो फिलिङ गराउनु छ । आज व्यवसाय भन्ने, उद्योग भन्ने चिज एकदम पावरफुल चिज हो । किनभने यो चिजले आज संसारमा मान्छेले ब्राण्डको रुपमा लिन्छ । आज सुजुकी गाडी भन्ने त सबैले चिन्छिन् नि । मैले भविश्यमा एउटा ब्राण्ड निकालेर संसारमा पुर्याउनले लक्ष्य लिएको छु । त्यो ब्राण्ड विश्वमा पुग्यो भने देशको नाम माथि आउँछ । आफूलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनका लागि आफ्नो प्रोडक्ट/इनोभेशन चाहियो नि ? म निराश छैन, म एउटा लक्ष्य लिएर अगाडि बढिरहेको छु । म यो कुरामा विश्वास राख्छु कि म चुप लागेर बसेँ भने फल पाउछुँ भन्ने छैन । मैले कर्म गर्नु पर्छ तब फल पाउँछु । मलाई केही लिएर जानु छैन, मलाई त्यस्तो केही गर्नु छैन । म सधैँ खुशी छु । मैले जे गरेपनि नम्बर वान हुने मेरो लक्ष्य हो । अब लगानी विस्तार कहाँ कहाँ गर्दै हुनुहुन्छ ? हाम्रो देशमा सबैभन्दा खाँचो बुद्धिको छ, शिक्षाको खाँचो छ । शिक्षा हाम्रा लागि एकदमै महत्वपूर्ण क्षेत्र हो । आउँदो दिनमा बृहत रुपमा शिक्षाको क्षेत्रमा लगानी गर्नेछौँ । त्यसको लागि के गर्ने भन्ने सोचिरहेका छौँ । हाम्रो काठमाडौँ बल्र्ड स्कूल खुलेको छ । लिंकन स्कूल, प्रिमियर कलेज, एक्सल कलेज, सिजी आयाममा लगानी गरेका छौं । त्यसबाट शिक्षाको गुणस्तर बढाएका छौँ । शिक्षामा हामी नम्बर वान बनेर आउँछौं । अर्को हाम्रो ध्यान पर्यटन क्षेत्रमा छ । हाम्रो देशलाई चिनाउन पनि पर्यटन क्षेत्रको विकास र त्यसमा लगानी गर्नु जरुरी छ । होटल अर्को क्षेत्र छ, त्यसले ठूलो कट्रिव्यूट गर्ने वाला छ । हामी पावरमा जाने वाला छौँ । जति कठिनाई भएपनि पावरमा जानु पर्ने जरुरी छ अहिले । देशलाई इलेक्ट्रिसिटी जरुरी छ । उत्पानमुलक उद्योगमा पनि ठूलो लगानी गर्ने सोचमा छौं । तपाईँका बुबाहरु ३ दाजुभाई, सबैजना बिजनेश मै हुनुहुन्छ र सिजी भन्ने बित्तिकै बिनोद चौधरीको भन्ने बुझ्छन् । यसले गर्दा तपार्इँहरुलाई ब्राण्ड डोमिनेशको फिल हुन्छ कि हुँदैन ? मैले जहिले पनि एउटा कुरा सोच्ने गरेको छु । परिवारलाई कहिले पनि बिजनेशको रुपमा लिइन् । बिनोद बुबाले गर्नु भएको, बसन्त बुबाले गर्नु भएको वा मैले गरेको सबै चौधरी ग्रुप नै हो । मैले कसैलाई म चौधरी ग्रुपको भन्दा तपाईँ बिनोद चौधरीको रिलेटिभ भन्दा किन दुःख मान्नु ? हो, मेरो ठूलो बुबा भन्छु । यो त झन् सकारात्मक कुरा हो । उहाँले मलाई चिनाउन सहयोग गरिरहनु भएको छ । नाम एउटै भएता पनि हाम्रो बिजनेश सम्पूर्ण रुपमा फरक छ । आज निर्वाण दाईहरुले के गर्नु हुन्छ मलाई सरोकार छैन, मैले के गर्छु उहाँलाई सरोकार छैन । तर हामीबीच अत्यान्तै राम्रो सम्बन्ध छ । हामी एक अर्कोसँग प्रतिष्पर्धा गर्दैनौँ । हामी एकअर्कामा स्वायत्त छौँ, तर चौधरी ग्रुपमा सबै एकताबद्ध छौँ ।
गुड्दा गुड्दै चार्ज हुने ईलेक्ट्रिक कार ‘कोना इभि’ सार्बजनिक, मूल्य ५२ लाख रूपैयाँ
काठमाडौँ । हुण्डाइ माेटर्सकाे नयाँ उत्पादन ‘कोना इभि’ सेगमेन्टकाे इलेक्ट्रिक कार नेपाली बजारमा बिक्री वितरण शुरू भएकाे छ । गुड्दा गुड्दै चार्ज हुने मुख्य विशेषता भएकाे याे कार हुन्डाईको नेपालका लागि आधिकारिक डिलर लक्ष्मी इन्टरकन्टिनेन्टलले बिहीवार सार्वजनिक गरेकाे हाे । कम्पनीले यस कारको मूल्य ५१ लाख ९६ हजार रुपैयाँ तोकेको छ । गाडीमा भएका सुविधाका आधारमा मूल्य महँगाे नभएकाे कम्पनीले जनाएकाे छ । नयाँ कारकाे बुकिङ शुरूवात राम्राे भएकाे लक्ष्मी इन्टरकन्टिनेन्टलका कार्यकारी निर्देशक निराकार श्रेष्ठले बताए । याे कार पूर्ण इलेक्ट्रिक सब कम्प्याक्ट एसयुभी हाे जसमा बनावट आकर्षक छ । आधुनिक र सबै प्रयाेगजकाे चलाउन मिल्ने कार भएकाेले बजारमा याे आकर्षक कार बन्ने कम्पनीकाे विश्वास छ । कम्पनीका अनुसार कोना इभि कारलाई फूल चार्ज गर्दा ३९ युनिट विद्युत खपत हुन्छ । एक पटक फूल चार्ज गरेपछि ३१२ किलो मिटर कार चलाउन सकिन्छ । यो कार गुड्दा गुड्दै १० प्रतिशत व्याट्रि आफैँ चार्ज हुन्छ । कार चलिरहेको बेला ब्रेक हान्दा पनि ब्याट्रि चार्ज हुने बताइएको छ । फूल चार्ज गर्न डिसी फास्ट चार्जरबाट ५७ मिनेट लाग्छ । यो कार सफल रेन्जको सबै भन्दा नयाँ मोडल हो । यसको १३५ पिएसको पावरले यस युभिको दरिलो पनको साथ ईलेक्ट्रिक पावर प्रदान गर्दछ । सिंगल चार्ज गर्दा यसको ईलेक्ट्रिक ड्राईभिङ रेन्ज ३०० किलोमिटर भन्दा बढी छ । भिन्न टप बटम, एलइडि डिआरएलयस, हेडल्याम्प ढाकिएको फ्रन्ट चार्ज पोर्ट, एलइडि रियर ल्याम्प, ईलेक्ट्रीक पार्किङ ब्रेक, प्याडल सिफटर, तातो हावा जाने अगाडिको सिट, ताररहीत फोन चार्जर, ६ एअरब्याग र हिल एसिस्ट कन्ट्रोल जस्ता विशेषता रहेको छ । उच्च प्रभावकारिता र वातावरण मैत्री सवारी-साधन उत्पादन गर्ने आफ्नो प्रतिबद्धतालाई कोना इभिको साथ पूरा गर्दै उल्लेखनीय फड्को मारेको छ । ग्राहकहरुलाई ड्राइभिङ डाइन्यामिक्स, लुक्स र पर्फरमेन्समा सम्झौता नगरी विविध वातावरण मैत्री गाडीहरुबाट प्रेरित गर्ने हुन्डाईका डिलरसिप हेड दिवाकर रेग्मीले बताए ।
‘रेनो डस्टर आरएक्सएस’ गाडी नेपाली बजारमा, यस्ता छन् आकर्षक विशेषता
काठमाडौं । रेनोको नेपालका लागि आधिकारिक वितरक एड्भान्स अटोमोबाईल प्रा. लि. (बिशाल ग्रुपको सहायक कम्पनी) ले रेनो डस्टर आरएक्सएस नेपाली बजारमा सार्वजनिक गरेको छ । नक्सालको स्टेट अफ द आर्ट शोरुममा मंगलबार एक कार्यक्रम गरि रेनो डस्टर आरएक्सएसको बिक्री वितरण शुरु गरेको हो । रेनो डस्टर आरएक्सएस पेट्रोल भेरियन्टमा उपलब्ध रहेको छ । यसमा स्मार्टफोन भ्वाइस पहिचान प्रणाली, यूएसबी र अक्स इन कनेक्टीभिटी र ७ इन्चको टच स्क्रीन इन्फोटेन्मेन्ट कम्प्याटिबल ब्लुटुथ जडान गरिएको छ । यसको साथै, आरएक्सएस संस्करणमा डियोल एयरब्याग, एबीएस, हिल एसिस्ट, इन्जिन मोबिलाइजर, सेन्ट्रल लकिङ, चाइल्ड सेफ्टी लक, पावर डोर लक, गन मेटल फिनिस सिङ्गल ह्वील लगायतका फिचर रहेका छन् । यसमा स्टीरिङ अडियो र फोन नियन्त्रण गर्ने, गियर रिडिङ ल्याम्प र जीपीएस नेभिगेसन जस्ता विशेषता रहेको छ । डस्टर आरएक्सएस संस्करण १.५ डीसीआई इन्जिनद्वारा संचालित छ जसले ८५ एचपीपावर र २०० एनएम टर्क जेनेरेट गर्छ । यस संस्करणमा एयर कन्डिसनर, हिटर, स्टेरिङ एडजस्टमेन्ट, स्टेरिङ माउन्ट अडियो, पवर सप्लाई पोर्ट, रियर आर्मरेष्ट, इलेक्ट्रीकल्ली एडजस्टेवल रियर भ्यू मिरर लगायतका विशेषताहरु छन् । डस्टर एक्सआरएसमा अगाडि डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक रहेको छ र अलोय ह्वीलसमेत रहेको छ । डस्टर एक्सआरएस भरपर्दो, विश्वासिलो पहुँच योग्य प्रिमियम एसयूभी हो । यसमा उत्कृष्ट इन्जिनियरिङ, स्टाईल, सुरक्षा र सुलभ तथा आरामदायी सुविधाहरु समावेश गरिएको कम्पनीले जनाएको छ । डस्टर एक्सआरएसले दम्दमर प्रदर्शन, ड्राइभ क्षमता र दक्षता प्रदर्शन गर्छ । फ्रान्सेली अटोमोबाइल निर्माताले केडब्लूआईडीको सहकार्यमा २०१६ देखि नेपाली बजारमा रेनो डस्टरको बिक्री वितरण शुरु गरेको थियो ।