टाटा मोटर्सकाे सात नयाँ रेन्जका गाडीहरुको बिक्री शुरु, मूल्य १७ लाख ५० हजार रुपैयाँ

काठमाडौं । नेपालमा व्यवसायिक गाडीहरुको अग्रणी ब्राण्डको रुपमा रहेको टाटा मोटर्सले सात नयाँ रेन्जका साना तथा मझौला गाडीहरुको व्यवसायिक बिक्री शुरु गरेको छ । कम्पनीको साना तथा मझौला गाडीहरु जस्तै एलपिटि ८१०, एलपिटि १०१०, एलपिटि ९१२, एलपिके ९१२, एलपिटि ११०९, एलपिके १२१२ र एलपिटि १४१२ को हालैदेखि बिक्री शुरु भएको हो । कम्पनीका अनुसार यी सबै मोडेलका गाडीहरु विशिष्ट कमन रेल डिजेल ईन्जेक्सन (सिडिआरआई) ईन्जिन टेक्नोलोजी, तेल किफायती, उच्च डिजाईन र थप विश्वसनीय विशेषताहरुको साथमा, कम खर्चमा स्वामित्वको प्रतिबद्धता तथा उच्च अपटाईम र चलाउनमा बढी आराम छन् । यी मोडेलका शुरुवाती मूल्य १७ लाख ५० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । साथै, यी गाडीहरु लाईट ट्रकदेखि ११ टन बोक्ने क्षमता भएका छन् भने विस्तारै देश भरि नयाँ ३ क्यूमि देखि ६.५ क्यूमि क्षमता भएका ट्रिपरहरुको बिक्री शुरुवात गर्ने कम्पनीको योजना रहेको छ । कार्यक्रममा टाटा मोटर्सका कमर्सियल गाडी तथा अन्तर्राष्ट्रिय व्यापारका प्रमुख रुद्ररुप मैत्रले भने, “यी मझौला तथा साना ट्रकहरु बेजोड क्षमता, आरामदायी र सुरक्षित छन् भने विविध कामहरुमा उपयोग हुने किसिममा विभिन्न लोडहरु धान्ने किसिमका बडी लेन्थ भएका ट्रिपरहरु छन् । नेपालको बाटो सुहाउँदा यी ट्रकहरु त्यही किसिमले डिजाईन गरिएका र परीक्षण गरिएका छन् भने ग्राहकहरुले सोचेको भन्दापनि बढी पावर, क्षमता र आम्दानीमूलक छन् ।” बिक्री शुभारम्भमा बोल्दै सिप्रदी ट्रेडिङ्ग प्रा. लि.का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, “यी नयाँ सिआर रेन्जका मझौला तथा साना कमर्सियल ट्रकहरुको आशा लाग्दा विशेषताहरुले गर्दा टाटा मोटर्स प्रति हाम्रो थप विश्वास जागेको छ । विविध प्रयोग, बलियोपन, तेल किफायती र लगानीको उच्चतम प्रतिफलले गर्दा नेपाली ग्राहकहरु माझ यी गाडीहरुको विश्वसनियता छ ।” नयाँ सिआर रेन्जका ट्रकका फाईदाहरु : पावर: नयाँ अभिवृद्धित गियर बक्सका साथ एलपिटि ८१०, १०१० र ११०९ का ट्रकहरु गियर बक्स सिस्टम (जिबिएस) ५५० कासाथ जडित छन् भने एलपिटि १४१२ माजिबिएस ४० जडित छ । जिबिएस ५५० मा ६ वटा फरवार्ड र एउटा रिभर्स गियर अप्सन छ र साथै ओभरड्राईभ विशेषताले गर्दा लामो यात्रामा तेल किफायती हुने तथा आरामदायी गियर सिफ्टीङ्ग प्रविधिको साथै तातोपन फैलावटको लागि आल्मुनियमको हाउजिङ्ग जडान गरिएको छ । त्यस्तै, जिबिएस ४० मा प्रमाणित भैसकेको ५ फरवार्ड र एउटा रिभर्स गियर सुविधा सहित बेजोड वारेन्टी ३ लाख कि.मी. सम्म वा ३ वर्षसम्म पाईन्छ । यी मोडेलहरु ४९७ टिसिआईसि सिआर ईन्जिनमा आउने भएकोले १२५ हर्सपावर र ४०० एनएम टर्क विशेषताले राम्रो तान्न सक्ने क्षमता भएका छन् । एनभिएच लेभल कम गर्न सिआर ईन्जिनमा भिस्कस फ्यान प्रविधि जडित रहेको कम्पनीले जनाएको छ । परफरमेन्स: कम्पनीका अनुसार यी नयाँ रेन्जका गाडीहरुमा बेजोड आराम तथा क्षमता हुनुको साथै सस्पेन्डेड सिटहरु र ताजा भित्री सजावटहरुका साथै नयाँ तथा सहज टिल्ट गर्न मिल्ने टेलिस्कोपीक स्टिरिङ्गले गर्दा यो रेन्जका गाडीहरुमा सर्वश्रेष्ठ रुपमा गाडीहरुलाई हिमाल, पहाड, तराई जता पनि चलाउन र मोड्न सजिलो छन् । बलियो च्यासिस, क्लचप्लेट साथै कडा हेभी ड्युटी लिफ स्प्रिङ्गले गर्दा बर्षौं सम्म बेजोड रुपमा चल्ने कम्पनीले जनाएको छ । आम्दानी: वारेन्टी, प्रतिस्पर्धात्मक मूल्य, हाई टर्क र धेरै माईलेज दिने भएकाले यी रेन्जका गाडीहरुले उच्च प्रतिफल दिन्छ ।  

आइएमइ अटोमोटिभ्सद्धारा ढोरपाटन भलिबल लिगका बिजेतालाई ५ वटा स्कुटर हस्तान्तरण

काठमाडौं । आइएमइ अटोमोटिभ्सले १३औं रेड बुल ढोरपाटन युएम वोमेंस भलिबल डबल लिग च्याम्पियनशिप प्रतियोगिताका बिजेतालाई ५ वटा युएम पावर म्याक्स स्कुटरको साँचो हस्तान्तरण गरेको छ । उक्त टुर्नामेन्टका बेस्ट प्लेयर, राइजिङ्ग प्लेयर, प्लेयर अफ द येअर र प्लेयर अफ द सिरिज साथै एक लकि दर्शकलाई यु एम पावर म्याक्स स्कुटर प्रदान गरिएको छ । बिजेताका नामावली यस प्रकार छन् : इर्मजींग ट्यालेन्टःशर्मिला नेपाल (श्री गाउँ सपोर्ट क्लब ) प्लेयर अफ द सिरिज: निरुताथागुन्ना (त्रिभुवनआर्मी क्लब ) प्लेयर अफ द येअर: सरस्वतिचौधरी (ए पीएफ ) बेस्ट प्लेयर: प्रतिभामाली (एन डी ए ) बेस्ट फ्यानः राजकुमार घटाने (पोखरा ) बिजयी टिम आर्म्ड पुलिस फोर्स (ए पीएफ) ले १३ औं रेड बुल ढोरपाटन यु एम वोमेंस डबल लिगभलिबल टुर्नामेन्ट टाइटल शिवम न्यु डाइमण्ड एकेडेमी (एन डी ए) लाई माघ २० गते भएको फाइनल ललि म्याचमा पराजित गरि हासिल गरेको छ । आइएमई र युएमबीच भएकोे प्रतिष्ठित साझेदारीले देशमा विश्वस्तरीय बाइक हाँक्ने अनुभव बटुल्न चाहने बाइक सवारहरुको चाहना पुरा गर्ने एक द्भुत अवसर दिएको छ । आइएमई अटोमोटिभ्स् प्रा.लिको ध्यान बिक्रि पछिको सेवामा मुख्यत् केन्द्रित रहेको छ जस कारण हाल देश भरि आफ्नै शाखा कार्यालय, डिलर तथा अथोरैज्ड पार्ट्स नेटवर्क बाट ग्राहकलाई पार्ट्स र सर्विस सुबिधा सुचारु छ । नेपालमा हालै मात्र भित्रिएका युएमका भारतीय मोडलहरुले पनि ग्राहकहरुको राम्रो प्रतिक्रिया पाउन सफल भएका छन् ।

होण्डाले ल्यायो पौने ६ लाखको ‘एक्स्स आर १९० एल’ बिगबाइक

काठमाडौं। नेपाली बजारमा होण्डा नेपालले नयाँ ‘एक्स्स आर १९० एल’ बाइक सार्बजनिक गरेको छ । कम्पनीले बाइक पारखीहरुको मागलाई ध्यानमा दिदै उक्त बाइक नेपली बजारमा भित्र्याएको हो । कम्पनीको अनुसार नेपालमा बढी माग भएको डर्ट बाइक ‘एक्स आर १५० एल’ को अर्को उत्पादन ‘एक्स्स आर १९० एल’ लाई होण्डा बिगबाइक वर्ग अन्तर्गत थपेको जनाएको हो । साथै आफ्नो प्रसिद्ध होण्डा एक्स एल १८५ को उत्तराधिकारीका रुपमा उक्त बाइकलाई ल्याएको कम्पनीको भनाइ छ । बाइकमा फ्यूल–इन्जेक्सन रहेको नेपालको पहिलो अफ–रोड मोटरसाइकल भएको कम्पनीले जानकारी दिएको छ । जसद्धारा बाइकले इन्जिनमा चाहिने मात्रामा मात्र इन्धनको आपूर्ति गर्छ । जसकारण चिसोमा पनि सजिलै स्टार्ट भई उत्कृष्ट माईलेज र पावर प्रदान गर्छ । बाइकमा ब्याक–अप किकस्टार्टका समेत उपलब्ध छ । बाइकको तौल १ सय २३ किलो छ । तौलको कारण चलाउन सहज हुनका साथै सुरुवाती पिक–अप पनि उत्कृष्ट रहने बताइएको छ । फ्यूल इण्डिकेटर, १२ लिटर फ्यूल ट्यांक, हाई ग्राउण्ड क्लेरेन्स, सबै उचाइका चालकहरुका लागि उपयुक्त सिट लगातय बाइकको विशेषताहरु छन् । सहज र सरल रुपममा मर्मत–संभार गर्न सकिने उक्त बाइकको सुरुवाती मूल्य रू. ५ लाख ७० हजार रुपैयाँ तोकिएको कम्पनीको भनाइ छ ।