नेपालगञ्जमा महिन्द्रा गाडीको स्पेयर पार्टस् र एक्सोसरिज बिक्री कक्ष बिस्तार
काठमाडौँ । अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वर्क्सको आधिकारिक विक्रेता गनापुर अटो वर्क्स सर्भिस सेन्टरले नेपालगञ्जको गनापुरमा महिन्द्रा गाडीहरुको स्पेयर पार्टसहरु तथा लुब्रिकेन्ट बिक्री गर्ने आधिकारिक बिक्री कक्षको बिस्तार गरेको छ । स्पेयर पार्टस्, एक्सोसरिज एवम् लुब्रिकेन्टहरु बिक्री गरिने बिक्री केन्द्रको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र गनापुर अटो वर्क्स सर्भिस सेन्टरका प्रबन्ध निर्देशक पर्थ भुसालले गरेका हुन् । गनापुर अटो वर्क्स सर्भिस सेन्टरको बिक्री कक्षबाट जेन्युन पार्टस् सहज रुपमा उपलब्ध हुनेछ । साथै आगामी दिनहरुमा कम्पनी एवम् ग्राहकबीचको सम्बन्ध अझ प्रगाढ बन्दै जाने विश्वास लिइएको छ ।
जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सेञ्ज फाइनान्स फेयर’ सम्पन्न
काठमाडौँ । नेपालको लागि टिभिएस टू ह्वीलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एक भव्य फाइनान्स मेला ‘टिभिएस एक्सेञ्जएण्डफाइनान्स फेयर’को आयोजना गरेको छ । यही कात्तिक १ गतेदेखि ५ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा संचालित यो मेलाको प्रमुख आकर्षण नै ग्राहकहरुले ३० प्रतिशत डाउन पेमेन्टको उत्कृष्ट फाइनान्स सुविधा, एक्स्चेञ्जमा थप रु.१०,०००/– मुल्याङ्कन जस्ता उत्कृष्ट अफरहरु रहेका थिए । मेलाको अन्य आकर्षणहरुमा शुन्य प्रतिशत ब्याजमा विशेष फाइनान्स योजना र साथमा विभिन्न उपहारहरु हेलमेट, बाइक कभर र ब्याग पनि रहेका थिए । उक्त मेलाको आकषर्ण अझ बढाउन टिभिएस स्कुटरका ब्राण्ड एम्बासेडर स्वस्तिमा खड्काको पनि उपस्थिती थियो । मेला अवलोकन गर्न आएका अनेकौं व्यक्तीहरुले स्वस्तिमा खड्कासंग भेट गरे भने धेरै जनाले फोटो लिने अवसर पनि पाए । कुनै पनि पुरानो मोटरसाइकल वा स्कूटरको बदलामा टिभिएस को नयाँ मोटरसाइकल वा स्कुटर साट्न सकिने यो अनुपम योजनाले टिभिएससँग नाता जोड्न चाहने नयाँ ग्राहकहरुलाई सुनौलो अवसर प्रदान गरेको छ भने पुराना टिभिएस ग्राहकले आफ्नो बाइकको स्तरोन्नति गर्ने मौका पाएका छन् । योजना संचालन गर्नुको उद्देश्य माथि प्रकाश पार्दै जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने–‘हामीले यतिखेर ग्राहकहरुमाझ टिभिएस दशैंको दौड जस्तो पहिले नभएको विशेष अफर पेश गरिरहेका छौं र यो योजना प्रति ग्राहकहरुको झुकावले हामीलाई थप हौसला पनि मिलेको छ ।’ टिभिएसले निरन्तर रुपमा आफ्ना ग्राहकहरुलाई पैसाको उत्कृष्ट मुल्य र सेवाहरु जस्तैंः ५ वर्षको वारेन्टी, स्थलगत एक्स्चेञ्ज, स्थलगत फाइनान्स र अन्य धेरै सुविधा प्रदान गर्दै आएको छ । देशभर १०० भन्दा बढी डिलरहरुको सञ्जालमार्फत् आफ्ना ग्राहकहरुको मुहारमा मुस्कान फैलाउन टिभिएसले आफ्ना दक्ष र तालिम प्राप्त जनशक्ति परिचालन गर्दै आएको छ ।
बाईक सौखिनहरुको पकड क्षेत्र पोखरामा जिक्सर स्टन्ट मानिए हुँदै
काठमाडौँ । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भिजि अटोमोबाईल्स र पोखराको लागि आधिकारिक बिक्रेता हिमालय अटो वर्ल्डले सुजुकी जिक्सर स्ट्रिट मानिया कार्यक्रम तथा प्रत्यक्ष कन्सर्ट को आयोजना गर्न लागेको छ । सुजुकीको हाल मात्रै नेपाली बजारमा भित्रिएको जिक्सर २५० सिसिको पावर तथा पर्फमेन्सलाई प्रत्यक्ष रुपमा देखाउने अभिप्रायले कार्यक्रम गर्न लागिएको आयोजकले जनाएका छन् । अन्तर्राष्ट्रिय प्रख्यात राईडर डिआरआयु, राम सरदारले प्रत्यक्ष कला प्रदर्शन गर्ने हिमालय अटो वर्ल्डका संचालक सौरब थापाले जानकारि दिए । साथै नेपाल बिरलै देख्न पाईने अन्तरास्ट्रिय राईडरको सुरक्षित चालकी कलालाई पोखरामा प्रत्यक्ष हेर्ने मौका सुजुकी ले प्रथम पटक मिलाएको भिजि अटोमोबाईल्सका सहमहाप्रबन्धक धिरज भट्टराईले जानकारी दिए । साथै उक्त कला प्रदर्शनपछि नेपाली चर्चित म्यालोडी गायक अलमोडा राना उप्रेतीसंग प्रत्यक्ष सांगीतिक माहोलमा रम्न पाईने छ । सुजुकी मोटर्स ईन्डियाद्वारा उत्पादित जापानिज प्रबिधिको जिक्सर बाईक मा २५० सिसि को इन्जिन क्षमता, २६.५ बिएचपि पावर, एफआई प्रबिधि, सुजुकी आयल कुल्ड प्रबिधि, ६ गियर ट्रान्समिसन, रेडियल टायर, स्पिलिट सिट, फुल्लि डिजिटल ईन्सट्रमेन्ट, एलईडिहेड ल्याम्प जस्ता विशेष प्रबिधि सहितका बिशेषता राखेर उत्पादन गरिएको छ । यो एउटा कम्प्याक्ट मोडल हो, नेकेड भर्जन तथा स्पोर्टी फेयरिङ्ग भर्जन गरी ३ मोडलमा उत्पादन गरिएको छ । साथै सुजुकीले आफ्ना उत्पादनमा ५ बर्ष सम्मको वारेन्टी सुबिधा प्रदान गर्दै आएको छ। सुजुकीले स्टन्ट मानिया काठमाडौं पछि पोखरामा गर्न लागेको हो । पोखरा क्षेत्रलाई नेपाली बाईक सौखिनहरुको पकड क्षेत्रको रुपमा लिने गरिन्छ । त्यसकारण पनि सुजुकिले आफ्नो पावरफुल मोटरसाईकललाई प्रत्यक्ष कलात्मक रुपमा प्रदर्शन गर्न लागेको हो । कार्यक्रम बुधवार दिउसो २ बजे देखि पोखरा सभागृहमा गर्न लागिएको र ईन्ट्री फ्रि गरिएको कम्पनीले जनाएको छ।