भेस्पा र अप्रिलियाको दशैं अफरः ५० हजार रुपैयाँसम्म छुट पाइने

काठमाडौं । नेपालमा भेस्पा र अप्रिलिया स्कूटरको अधिकारिक बिक्रेता दुगर ब्रदर्स एंड सन्स प्रा लि ले बडा दशैँ तिहारलाई लक्षित गरि बडा दशैँ तिहार योजना सार्बजनिक गरेको छ । यस योजना अन्तर्गत भेस्पा र अप्रिला किन्न इच्छुक ग्राहकहरुले स्क्रयाच कार्ड मार्फत ५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्मको नगद छुट पाउने छन् । साथै, शुन्य प्रतिशत ब्याजदरमा पनि खरिद गर्न सक्नेछन् । साथै, भेस्पा र अप्रिलियाको अफिसियल हेल्मेट, फुटम्याट, स्कूटर कभर र किरिङ्ग को साथै १ आर्थिक वर्षको फ्री रोड ट्याक्स र १५० सीसी भेस्पाको खरिदमा १० हजार रुपैयाँबराबरको फ्री पेरिमीटर किट पनि उपलब्ध गराएको छ । ग्राहकको सुबिधालाई मध्येनजर गर्दै कम्पनीले अनलाइनबाट नै स्कूटर बुकिङ गर्न सकिने र ग्राहकले चाहेको स्थानमा फ्री डेलिभरी समेत गराउने गरेको छ । कोभिड-१९ को यस महामारीले गर्दा नेपाली अर्थव्यवस्था तथा उपभोक्तामा ठुलो असर गरिरहेको अवस्थामा सुरक्षित यात्रा लाई प्राथमिकता दिदै उपभोक्तालाई खरिदमा सहज बनाउनको लागि यो योजना सार्बजनिक गरिएको यस दुगर ब्रदस एंड सन्स प्रा लि का उपादक्ष्य विजय महतो बताउँछन् ।

टिभीएस एनटर्क १२५ स्कुटर नेपालमा सर्वाधिक बिक्री

काठमाडौं । ‘नाडा अटो शो २०१८’ मा पहिलो पटक सार्वजनिक भएको टिभीएस एनटर्क १२५ छोटो समयमै नेपालमा सर्वाधिक सफल स्कुटरको रुपमा स्थापित भएको छ । जगदम्बा मोटर्सले आज भर्चुअल कार्यक्रम गर्दै टिभीएस एनटर्क १२५ नेपालमा सर्वाधिक सफल स्कुटर बन्न सफल भएको जानकारी दिएको छ । उक्त भर्चुअल कार्यक्रममा टिभीएस एनटर्क १२५ का ब्राण्ड एम्बेसेडर अभिनेता प्रदीप खड्का र अभिनेत्री स्वस्तिमा खड्काको पनि उपस्थीति रहेको थियो । ग्राहकका इच्छा र चाहाना अनुरुप यसले प्रदर्शन गर्न सकेका कारण यसले छोटो समयमा नेपालमा सफलता प्राप्त गरेको छ । जगदम्बा मोटर्सले नेपालमा नै पहिलो स्मार्ट कनेक्ट सहितको पावरफुल स्कुटर भित्र्याएको थियो । हाल यो स्कुटर विभिन्न ३ भेरियन्टमा उपलब्ध रहेको छ । ड्रम ब्रेक, डिस्क ब्रेक र रेश एडिशन गरि तीन भेरियन्टमा रहेको यो स्कुटर महिला वर्गमा मात्र होइन युवा तथा जुनसुकै उमेर समुहका चालकलाई सुहाउँदो रहेको छ । भारतमा स्कुटर अफ दि इयर अवार्ड, अटो कार अर्वाड, वेष्ट कम्युटर टु ह्वीलर अवार्ड जस्ता विभिन्न अवार्ड जित्न सफल रहेको एनटर्क रेसिङ्ग डिएनएबाट प्रेरित रहेको छ । नेपालमा १२५ सीसी सेग्मेन्टमा सर्वाधिक सफल स्कुटर एनटर्क १२५ सीसी सेग्मेन्टका अन्य स्कुटरको तुलनामा धेरै फिचर, बढी पावर तथा आर्कषक आवरणका कारण चर्चामा रहँदै आएको छ । एनटर्क १२५ को सफलतामा जगदम्बा मोटर्सका भाइस प्रसिडेन्ट दिपक अग्रवाल भने, ‘सेग्मेन्टमै सर्वाधिक फिचर र टीभीएसको नयाँ डिजाइनले एनटर्क १२५ लाई सफल बनाएको हो । यसमा रहेका हरेक फिचर चालकलाई सहज बनाउन सहयोग गर्ने किसिमका छन् । यसको पावर र डिजाइनले जो कोहीलाई सहजै लोभ्याउने किसिमको छ ।’ यस सेग्मेन्टमा नै पहिलो स्मार्ट कनेक्ट फिचर दिएको छ, जसमा चालकलाई हेल्मेट वार्निङ, ब्लुटुथ कनेक्ट, कल अर्लट, एमएस अर्लट, जीपीएस, टन वाइ टर्न नेभिगेशन जस्ता कि फिचर रहेको छ । एनटर्कको सिग्नेचर हेड ल्याम्प र टेलिथ एयरक्राफ्ट डिजाइनको टेलल्याम्पले यसलाई स्पोर्टी मात्र बनाएको छैन सडकमा जो सुकैको ध्यान खिच्न सफल भएको छ । एनटर्क १२५ मा १२४.७ सीसी सिगंल सिलिन्डर, एयर कूल्ड इन्जिन रहेको छ । यसले ९.५ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ । यो पावर फिगर अन्य प्रतिस्पर्धी १२५ सीसीको भन्दा केहि धेरै र १५० सीसीभन्दा केहि मात्र कम हो । यसको पावर तथा स्मार्ट कनेन्ट फिचरले एनटर्कलाई छोटो समयमा नेपालको नम्बर १ स्कुटर बन्न सफल भएको कम्पनीले जनाएकाे छ । यससंगै दशैं तिहारलाई लक्षित गर्दै कम्पनीले “टिभीएस दशैंको आशा” योजना पनि ल्याएको छ । ग्राहकहरुले टिभीएस मोटरसाइकलकाे खरिदमा ९ हजार रुपैयाँ नगद छुट पाउनेछन् भने स्कुटरको खरिदमा ७ हजार रूपैयाँ नगद छुट पाउँनेछन् । साथै ग्राहकहरुले शून्य प्रतिशत ब्याजमा फाईनान्सको सुविधा पनि पाउँन सक्नेछन् र एक जना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत आरआर ३१० मोटरसाइकल पनि जित्न सक्नेछन् । यो योजना देशभरका टिभीएसको शोरुमहरुमा उपलब्ध हुनेछ ।

आइएमएस मोटर्सले ल्यायो ‘स्याङयोङ्ग सुपर डिस्काउन्ट’ अफर, ३ लाख रुपैयाँसम्म छुट पाइने

काठमाडौं । नेपालको लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको आइएमएस मोटर्सले ‘स्याङयोङ्ग सुपर डिस्काउन्ट’ ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले कोरियन लक्जरी एसयूभी, एक्सएलभीमा ३ लाख रुपैयाँ छुट प्राप्त गर्न सक्नेछन् । साथै, ग्राहकहरुले आफ्ना पुराना सवारी टीभोली अथवा एक्सएलभीसँग एक्सचेन्ज गरेको बापत २ लाख रुपैयाँ एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सक्नेछन् । त्यसैगरी कम्पनीले कोभिड वारियर्सहरु (डाक्टरहरू, नर्सहरू, स्वास्थ्य सेवाकर्मीहरू र प्रहरीहरु) लाई थप १ लाख रुपैयाँ डिस्काउन्ट दिने बताएको छ । साथै आइएमएस मोटर्स, स्याङयोङ्गले ग्राहकहरुलाई एक वर्ष निःशुल्क बीमा, २५ हजार रुपैयाँ बराबरको निः शुल्क एक्सेसरीज, सात वर्ष सजिलो फाइनान्स सुविधा, तीन बर्ष वारेन्टी र निःशुल्क सर्भिसिङ्ग (४ पटक वा रिफरल ग्राहकहरूको लागि १ वर्षसम्म)को अफर रहेको छ । यस स्याङयोङ्ग सुपर डिस्काउन्ट अफर २०७७ साल असोज ७ गतेदेखि असोज २० गतेसम्म मात्र हुनेछ । स्याङयोङ्गको बारेमा स्याङयोङ्ग कोरियाको चौथौ ठूलो गाडीहरु उत्पाद गर्ने कम्पनी हो । सन् १९५४ देखि सुरुवात गरिएको यस कम्पनीको गाडीहरु आफ्नो आधुनिक स्टाईल अनि उत्कृष्ट प्रदर्शनको लागि चिनिने गर्दछन् जसको मुल कारन कम्पनीका दक्ष इन्जिनियरहरु हुन् । उनीहरुका अन्य मोडलहरु जस्तै एसयूभीएस, पीकअप ट्रक्स् र एमपीभीएस रहेका छन् ।