एमएडब्लुले सार्वजनिक गर्यो फोटोनकाे दुई नयाँ गाडी, कुनको मूल्य कति ?

काठमाडौं । नेपालका लागि फोटोन मोटरको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्शियल भेहिकल प्रा. लि.ले दुई नयाँ गाडी सार्वजनिक गरेको छ । एमएडब्लुले नेपाली बजारका लागि आफ्नो दोस्रो पिकअप टुनल्यान्ड ई र दोस्रो भ्यान भ्यु सीएस२एल सार्वजनिक गरेको हो । ‘पावरफुल, स्टाइलिस एन्ड बिगर पिकअप’, टुनल्यान्ड ई फोटोनको नयाँ टुनल्यान्ड ईमा २.८ लिटरको इनलाइन ४ सिलिन्डर, टर्बोचार्ज एन्ड इन्टरकुलरसहितको फोरवाईड ५ स्पिड म्यानुल ट्रान्समिसन भएको डिजेल इन्जिन राखिएको जसले ३६०० आरपीएममा अधिकतम ८५ किलोवाट बराबरको पावर र १६००देखि २४०० आरपीएममा अधिकतम २८० एनएम टर्क उत्पन्न गर्छ । टुनल्यान्ड ईको कार्गो बक्सको आकार १.५२ मि बाई १.५८ मि बाई ०.४४ मि रहेको छ जुन क्लसकै सबैभन्दा ठूलो हो । साथै यसको पेलोड क्यापासिटी १ टन र फ्युल ट्यांक क्यापासिटी ७६ लिटर रहेको छ । यात्रुको आरामका लागि टुनल्यान्ड ईमा अगाडि अपर एन्ड लोवर ए–आर्म (डबल विशबोन क्वाइल स्प्रिङ) र पछाडि शक एब्जोर्बरहितको डेपेन्डेन्ड सस्पेन्सन राखिएको छ । फोटोनमा सुरक्षालाई सबैभन्दा बढी प्राथमिकतामा राखिन्छ । त्यसैले यसमा डुअल एअरब्याग, फ्रन्ट भेन्टिलेटेड डिस्क, ईबीडीसहितको एबीएस, सेन्ट्रल लकिङ र सिट बेल्ट वार्निङ जस्ता सुरक्षाका फिचर छन् । साथै, यसमा टिल्ट एन्ड टेलिस्कोपिक पावर स्टेरिङ, एअर कन्डिसनर, हिटर, इलेक्ट्रिकल्ली एड्जस्टेबल रियर भ्यु मिरर आदि छन् । नेपाली बजारका लागि टुनल्यान्ड ईको मूल्य ५९ लाख ५० हजार रुपैयाँ तोकिएको छ । ‘टुनल्यान्ड ईमा विश्वप्रसिद्ध ब्रान्डको पावर पर्फर्मेन्स र रिलायबिलिटी र ओरिजिनल रोबस्ट डिजाइनको बेजोड मिलन देख्न सकिन्छ,’ फोटोन नेपालका सेल्स हेड नविन आचार्यले भने, ‘हामीलाई विश्वास छ यसले फैलँदो पिकअप बजारको मागलाई सम्बोधन गर्नेछ ।’ नेपालको पहिलो १९ सिटर भ्यान, भ्यु सीएस२एल टुनल्यान्ड ईसँगै एमएडब्लु वृद्धिले नेपालकै पहिलो र एक मात्र १९ सिट क्षमताको भ्यान पनि सार्वजनिक गरेको छ । यसमा लगाइएको विश्वमै सबैभन्दा विश्वास गरिएको २.८ लिटरको कमिन्स् इन्जिनले ३६०० आरपीएमा अधिकतम ११० किलोवाट पावर र ३००० आरपीएममा ३३० एनएम टर्क उत्पन्न गर्छ जुन प्रतिस्पर्धीमध्येकै सबैभन्दा बढी हो । भ्यु सीएसएलमा डुअल एअरब्याग, ईबीडीसहितको एबीएस, फोल्डेबल सिट, क्यामेरसहितको रिभर्स सेन्सर, सेन्ट्रल लकिङ र चाइल्ड सेफ्टी लक, सिट बेल्ट वार्निङ, फ्रन्ट फग ल्याम्प, डे रनिङ लाइट जस्ता क्लासकै सबैभन्दा बढी फिचरहरु छन् । नयाँ भ्यु सीएसमा पावर स्टेरिङ, पावर विन्डो, एअर कन्डिसनर फ्रन्ट र रियर पनि उपलब्ध छ । नेपाली बजारका लागि भ्यु सीएस२एलको मूल्य ७२ लाख रुपैयाँ कायम गरिएको छ । ‘हाम्रो नयाँ भ्यानको मूल्य प्रतिस्पर्धी १६ सिट क्षमताको भ्यानको भन्दा कम भए पनि यसले दुई गुणासम्म बढी आम्दानी दिन्छ,’ फोटोन नेपालका सेल्स हेड नविन आचार्यले भने, ‘नेपाली बजारका लागि हामीसँग टुनल्यान्ड एस र भ्यु सीएस२ मात्र थिए । नयाँ पिक र भ्यानले कमिर्शियल भेहिकलको मागलाई सम्बोधन गर्ने अपेक्षा गरेका छौं । हामीलाई विश्वास छ विश्वासनीय र सस्तो भ्यु सीएस२एलले हालको १६ सिट क्षमताको बजारलाई १९ सिट क्षमताको भ्यानमा परिणत गर्नेछ ।’ विश्वकै सबैभन्दा तीव्र गतिमा अघि बढिरहेको ब्रान्ड सन् १९९६ मा स्थापना भएयता ९६ लाख थान गाडी विक्री गरिसकेको फोटोनको ब्रान्ड भ्यालु अहिले २३ अर्ब ४ करोड डलर रहेको छ । फोटोन मोटरमा बीआईएसी र डेमलरको ५०-५० प्रतिशत साझेदारी रहेको छ । साथै, संसारको नं १ ट्रान्समिसन सिस्टम निर्माता जर्मन कम्पनी जेडएफ र संसारको नं १ इन्जिन निर्माता अमेरिकी कम्पनी कमिन्ससँग पनि फोटोनको साझेदारी छ । विश्वका विभिन्न २७ स्थानमा रहेका नकडाउन फ्याक्ट्रीबाट उत्पादित फोटोनका सवारीसाधन एक सय १० मुलुकमा उपलब्ध छन् । विश्वको कमर्शियल भेहिकल बजारमा १७ प्रतिशत बजार हिस्सा रहेको फोटोनले पिकअप र भ्यानबाहेक हेभी ड्युटी ट्रक र इलेक्ट्रिक बस भित्र्याएर नेपाली बजारमा आक्रामक रुपमा प्रस्तुत हुने लक्ष्य एमएडब्लु वृद्धिले लिएको छ ।

हुन्डाईले ‘फेष्टिभ डिलाइट’का विजेता शाह र अधिकारीलाई हस्तान्तरण गर्यो गाडी

काठमाडौं । हुन्डाई अटोमोबाइल्सको नेपालका लागि एक मात्र आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले एक कार्यक्रम बिच हुण्डाई फेष्टिभ डिलाइट २०७६ का बम्पर विजेताहरुलाई पुरस्कृत गरेको छ । हुन्डाईले कार्यक्रममा विजयीहरुः नागेश्वर प्रसाद शाह (कुपन नं.१२७२)लाई भेन्यु एस तथा शालिकराम अधिकारी (कुपन नं. ३२९) लाई सान्ट्रो मग्ना हस्तान्तरण गरेको हाे । लक्की ड्र को विजेताहरुको छनौट २९ जुन, २०२० मा हिमालय टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो । बम्पर लक्की ड्र को विजेताहरुका साथै दुबई भ्रमण जित्ने १० भाग्यशाली विजेताहरुको छनौट कार्यक्रमका मुख्य अतिथि कञ्जुमर आई नेपालकी अध्यक्ष विमला खनालले गरेका थिए । १० भाग्यशाली विजेताहरु भरत सिंह पौडेल (कुपन नं.३९७), चन्द्र मणी पौडेल (कुपन नं. २७५), श्रीजेश घिमिरे (कुपन नं. ९९६), महेश्वर लाल सिंह (कुपन नं. ९९९), कृष्ण प्रकाश पौडेल शर्मा (कुपन नं. ९४४), राजु शाह (कुपन नं. ७६), दल बहादुर बि. क.(कुपन नं. ७४४), बिजय अग्रवाल, गणेश हार्डवेर (कुपन नं. ७१६), एनआईसी एसिया बैंक लि. (सी/ओ) निर्भीक सापकोटा (कुपन नं. ११५८), र खातु इन्टर्न्याश्नल प्रा. लि. (कुपन नं. ३५) ले दुबई भ्रमण जितेका थिए । हुण्डाई फेष्टिभ डिलाइट २०७६ अन्तर्गत हुन्डाईका भाग्यशाली खरिदकर्ताहरुले एक थान सान्ट्रो मग्ना, एक थान भेन्यु एस, १० जोडीलाई दुबई भ्रमण सहित स्क्राच कार्ड मार्फत नगद छुटपनि प्राप्त गरेका थिए । सबै हुन्डाईका गाडीहरुमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानी सहित उपलब्ध छन् । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाल भरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडाैं ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।

हुण्डाईकाे ‘औरा’ नेपाली बजारमा सार्वजनिक, मूल्य ३३ लाख ९६ हजार रूपैयाँ

काठमाडौं । नेपालको लागि हुण्डाई मोर्टसको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.ली ले नयाँ हुण्डाई औरा नेपालमा सार्वजनिक गरेको छ । जसको सुरुवाती मूल्य ३३ लाख ९६ हजार रुपैयाँ रहेको छ । यस नयाँ स्टाइलिश सेडान आफ्नो सेगमेन्टमा सबैभन्दा शक्तिशाली र सुबिधा युक्त ट्रेन्डसेटरको रूपमा स्थापित हुन तयार रहेको कम्पनीले जनाएको छ । ‘सेडान गाडीहरु नेपाली बजारमा लोकप्रिय छन् र येहि समयमा बजारलाई एक स्टाइलिश, विलासी र आरामदायी सेडान प्रदान गर्नु हुण्डाइको लागि अटोमोबाईल उद्योगमा नयाँ तथा उल्लेखनीय स्तर सेट गर्न सही कदम हुनेछ । यस ब्रान्डले ग्राहकहरुबाट उल्लेखनीय प्रशंसा प्राप्त गर्न को लागी सक्षम भएको छ र हामी निश्चित छौं, यस नयाँ हुण्डाई औराले पनि यस लेगसीलाई जारी राख्नेछ र सबै ग्राहकहरूलाई आधुनिक र प्रीमियम अनुभव प्रदान गर्नेछ ।’, लक्ष्मी इन्टरकन्टिनेन्टलका जीएम रूपेश शर्मा भट्टले बताए । नयाँ हुण्डाई औरा एक आकर्षक सेडानको निम्ती विकसित गरीएको हो, जुन हृदयबाट जवान रहेका ग्राहकहरुको लागि लक्षित गरी बनाइएको छ । यस गाडीको डिजाईन एक उत्कृष्ट नमुना बनेको छ जस्ले आधुनिक र प्रभावशाली डिजाईनको साथै हुण्डाईको उत्कृष्ट डिजाईन भाषा ’सेन्सियस स्पोर्टनेस’ मा बनेको छ । यस गाडीको अग्रभागले यूनिक ट्विन बुमरिङ डेटाइम रनिङ् लाइट डीआरएलको साथै प्रिमियम सेटिन फ्रण्ट ग्रीलको साथ प्रोजेक्टर फग ल्याम्प डिस्प्ले गरेको छ । साइड प्रोफाइलले येस्को क्वउप जस्तो स्टाईल र विलासी भोल्युमद्वारा युनिक स्पोर्टइनेस दर्साएको छ । औराको विशिष्ट रियर डिजाईनमा वाईड स्ट्यिान्स, रोबुष्ट स्पोर्टी बम्पर डिजाईन र स्टिाइलिस जेड सेप एलइडी टेल ल्याम्प रहेको छ । यसको ट्रंक कभरमा रहेको क्रोम स्ट्रिपको गार्निश र ग्लोसी कालो ¥यापले यसलाई आफ्नो सेग्मेन्तको सबैभन्दा स्टाइलिस सेडान बनाएको छ । नयाँ हुँण्डाई औराको उत्कृष्ट ड्राइभिङ परफोरमेन्स र गतिशीलताले ड्राइभरलाई आनन्द प्रदान गर्नेछ । यस गाडीले विभिन्न कुशल र उन्नत पावर ट्रेन्सको छनौट प्रदान गर्दछ । हुण्डाईले आजको बजारको आवश्यकतालाई अनुकूल गर्दै विभिन्न उत्पादनहरु प्रदान गर्दै आएका छन जुन हुण्डाई औराको आराम्दायी सुबिधामा देख्न सकिन्छ । यो वास्तवमै स्टाईल, अनुपात, वास्तुकला र टेक्नोलोजीको सबैभन्दा उत्तम मिश्रण बनेको कम्पनीले जनाएको छ । यसका साथै, यसको संरचना उन्नत रिंग स्ट्रक्चर एपलीकेसोनका साथ सुसज्जित छ जसले उत्कृष्ट सुरक्षाको लागि स्थिरताका साथै गतिशीलतालाई अनुमति दिन्छ, तनावमुक्त ड्राइभिंग र उत्तम क्र्यास ऊर्जा शोषणको लागि उत्तम सक्रिय र निष्क्रिय सुरक्षा प्रदान गर्न उन्नत सुरक्षा प्रणालीको साथ लो एनभीएच र सुपरियर ह्याण्डलिङ प्रदान गर्दछ । औरा गाडी चार विभिन्न कलर भेरियन्ट, फिइरी रेड, टिटान ग्रे, टाईफोन सिल्भर र पोलार ह्वाइटमा उपलब्ध छ ।