केटिएमको ‘३९० एड्भेन्चर’ सार्वजनिक, नेपालमा आइपुग्दा १० लाखसम्म पर्ने अनुमान, यस्ता छन् विशेषता

काठमाडाैं । अष्ट्रियन मोटरसाइकल उत्पादक कम्पनी केटिएमले आफ्नो नयाँ उत्पादन ३९० एड्भेन्चरलाई भारतमा सार्वजनिक गरेको छ । भारतिय बजारमा २ लाख ९९ हजार रुपैयाँ मूल्य तोकिएको सो मोटरसाइकल एउटा एडभेन्चर टुरर मोटरसाइकल हो जसलाई लामो दुरीको यात्रामा सहजै गुड्न सक्ने विशेषताका साथ बजारमा ल्याइएको छ । यस्ता छन् विशेषता ३९० एड्भेन्चरको अफरोड एवं अनरोड दुवै क्षमता गज्जबको रहेको छ । यस बाइकमा मेट्जेलर टोरेन्स टायर दिइएको छ जसलाई अनरोड तथा अफरोड दुवैका लागि राम्रो मानिन्छ । त्यसैगरी बाइकको अगाडिको चक्का १९ इञ्चको रहेको छ भने पछाडिको चक्का चाहिँ १७ इञ्चको रहेको छ । अगाडिको चक्का ठुलो हुनाले बाइकले अफरोडिङ्गको वेलामा सानातिना ढुङ्गा एवं खाल्डाखुल्डिलाई सजिलै पार गर्न सक्छ । केटिएमले यस बाइकमा अगाडि पट्टि ४३ मिलिमिटर अपसाइड डाउन फर्क र पछाडि चाहिँ प्रिलोड एड्जस्टेवल मोनोशक प्रयोग गरेको छ । अगाडि १७० मिलिमिटरको र पछाडि चाहिँ १७७ मिलिमिटरको सस्पेन्सन ट्राभल रहेको हुनाले यी सस्पेन्सनहरुले राम्ररी शक एब्जर्ब गर्न सक्दछन् । केटिएमले यस बाइकमा स्विचेवल ट्र्याक्सन कन्ट्रोल र बाइ-डाइरेक्सनल क्विक सिफ्टर समावेश गरेको छ । एक्कासी थ्रोटल लिँदा पछाडिको चक्काको गति अगाडिको चक्काको भन्दा बढि हुन गयो भने बाइक ड्रिफ्ट भएर चिप्लिने सम्भावना हुन्छ । ट्र्याक्सन कन्ट्रोलले पछाडिको चक्काको गतिलाई कन्ट्रोल गर्दै बाइकलाई ड्रिफ्ट हुनबाट बचाउँछ । बाइ-डाइरेक्सनल क्विक सिफ्टरको खासियत भनेको चाहिँ राइडरले बाइक चलाइरहेको वेलामा क्लच र थ्रोटलको आवश्यकता विना नै गियर अप अथवा डाउन गर्न सक्दछन् । यस मोटरसाइकलमा ३९० ड्युकमा समावेश भएकै ३७३.२ सीसीको सिङ्गल सिलिण्डर इञ्जिन जडान गरिएको छ जसले ४४ एचपीको पावर र ३७ एनएमको टर्क उत्पादन गर्दछ । कम्पनीले जनाए अनुसार यो इञ्जिन बीएस६ प्रदुषण मापदण्ड अनुरुपको इञ्जिन हो । नेपालमा कहिले आउला ? केटिएमको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द प्रा.लि.ले विकासन्युजलाई बताए अनुसार नेपालमा ३९० एड्भेन्चरलाई भित्र्याउने तयारी चलिरहेको तर यति समय भित्र ल्याइसक्ने भनेर किटान चाहिँ गरिसकिएको छैन । कम्पनीले सो मोटरसाइकलको नेपाली बजार मूल्य बारे पनि केहि बताएको छैन । भारतिय बजारमा यो मोटरसाइकल ३९० ड्युक भन्दा ५१ हजार रुपैयाँले महँगो रहेको छ । त्यसैगरी नेपालमा हाल ३९० ड्युकको मूल्य ८ लाख ३० हजार रुपैयाँ तोकिएको छ । यी दुवै तथ्यलाई आधार मान्ने हो भने ३९० एड्भेन्चर नेपाली बजारमा आइपुग्दा यसको मूल्य ९ लाख रुपैयाँ देखि लिएर १० लाख रुपैयाँसम्म पर्न जाने देखिन्छ ।

यामाहा सलुटोको खरिदमा ३२ इन्चको भिडियोकन टिभी

काठमाडाैं । विवाहको मौसमलाई लक्षित गरी नेपालका लागि यामाहा टू ह्वीलर्सको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा सलुटोका ग्राहकहरुका लागि आकर्षक योजना ल्याएकाे छ । ‘दाम्पत्य जीवनको शुरुवात्, यामाहा स्यालुटोको साथ’ शीर्षक राखिएको यस योजनाले विवाहको मौसममा नवविवाहित दम्पत्तीहरु र भर्खरै सम्बन्धमा जोडिएको परिवारहरुमाझ थप खुशी र हर्ष ल्याउने अपेक्षा उक्त इन्टरप्राइजेजले लिएको छ । यो योजना अन्तर्गत यामाहा सलुटो र यामाहा एसजेड आरआर भी २।० को खरिद गर्ने ग्राहकले भिडियोकनको ३२ इन्च एलइडि टिभी पाउनेछन् । उक्त याेजनाले नवविवाहित दम्पत्ति मात्र होइन भर्खरै पारिवारिक सम्बन्धमा जोडिएकाहरुलाइ उल्लासमय बनाउने  यामाहाका मार्केटिङ हेड विक्रम पौडेलले बताए ।  साथै, यस याेजनाअनुसार सलुटो वा एसजी आरआर किन्दा उपहारमा टिभी पाउने छन् । यो योजना माघ ५ गतेदेखि नेपालभर रहेका सबै यामाहा डिलरहरुमा लागु गरिएको छ ।

ह्यून्डाई कोना ईलेक्ट्रीक कार ५७३१ मिटर अग्लाे हिमाल उक्लियाे, गिनिज वर्ल्ड बुकमा नयाँ रेकर्ड

काठमाडौं । ईलेक्ट्रीक एसयुभि कोनाले गिनिज वर्ल्ड रेकर्डको प्रतिष्ठित उपाधि जित्न सफल भएको छ । ह्यून्डाई कोना ईलेक्ट्रीक पहिलो ईलेक्ट्रीक एसयुभि हो, जसलाई ५ हजार ७ सय ३१ मिटरको उचाईमा टिबेटको साउला पाससम्म चलाइएको थियो । यो चढाई पश्चात् कोनाले ५ हजार ७ सय १५.२८ मिटर उचाईको अन्य ईलेक्ट्रीक कारको पछिल्लो रेकर्ड तोडेबापत सो उपाधि हासिल गरेको हो । कोना ईलेक्ट्रीकले ईलेक्ट्रीक भेहिकल सम्बन्धी विभिन्न भ्रमहरुलाई तोडेर ईलेक्ट्रीक क्रान्ति ल्याउन सफल भएको छ । ईमिशन इम्पोसिबल मिशन अन्तर्गत, कोना ईलेक्ट्रीकले विश्वको सबैभन्दा अप्ठ्यारो भू–भागमा पर्फमेन्स गर्दा कुनै सम्झौता नगरी आफ्नो क्षमतालाई प्रमाणित गरेको छ । गिनिज वल्र्ड रेकर्डका एड्जुडिकेटर ऋषी नाथले सर्वाधिक उचाईमा पुग्ने ईलेक्ट्रीक कारको लागि हासिल गरेको यो उपाधिका लागि ह्यून्डाई मोटरलाई बधाई दिएका छन् यो उपलब्धीसँगै ह्यून्डाईले इतिहासमै कीर्तिमानको नयाँ मापदण्ड बनाउन सफल भएको छ । यो सफलतासँगै कोना ईलेक्ट्रीक कठोर परिस्थितिहरुमा ज्यादै विश्वसनीय रहेको कुरा प्रमाणित गरेको छ । यस अभियानमा कोना ईलेक्ट्रीकले न्यून तापक्रम, निरन्तर हिमपात र बरफिलो परिस्थिति जस्तो कठोर मौसमी अवस्थामा एउटा सच्चा एसयुभि सरह प्रदर्शन गरेको थियो । कोना ईलेक्ट्रीकमा रहेको ईलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोलले जस्तो सुकै बाटोको अवस्थामा पनि गाडी स्टेबल रहने कुरा पुष्टि गरेको छ । प्रविधि र पर्फमेन्स बेजोड समिश्रण रहेको यो ग्रीन कार सर्वाधिक उचाईमा पुगेर रेकर्ड राख्ने पहिलो ईलेक्ट्रीक गाडी हो ।   यस अभियानको दौरानभरि नै कोना ईलेक्ट्रीकलाई पोर्टेबल चार्जरको मद्दतले चार्ज गरिएको थियो । कारलाई कार किन्दा प्रदान गरिने स्ट्याण्डर्ड पोर्टेबल चार्जरले रातभरि चार्ज गरिएको थियो । शिखरमा चढाउँदा पनि यसको पर्फमेन्समा कुनै समस्या देखा परेको थिएन । शिखरबाट ओर्लिने बेला चाहिं स्मार्ट पावर रिजेनेरेशन सिस्टमको मद्दतले गाडीले ड्राईभिङ्ग रेन्जलाई कम्प्लीमेन्ट गरेको थियो । यस सफलताले कोना इभिको पावरफुल  प्रदर्शन गरेको र जस्तो सुकै मौसमी अवस्था र भू–भागमा उत्कृष्ट पर्फमेन्स दिने सुनिश्चितता प्रदान गरेको छ ।