अब ४३ लाख ९६ हजारमा हुन्डाई क्रेटा, यस्ता छन् नयाँ विशेषता
काठमाडौं । अब नेपालमा पनि हुन्डाई क्रेटा एसयुभी बीएस–६ मापदण्डको कार खरिद गर्न पाइने भएको छ । नेपालमा हुन्डाईको लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आज भर्चुअल रुपमा सो कार सार्वजनिक गरेको हो । हुन्डाईले दशैं तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै क्रेटा सार्वजनिक गरेको बताएकाे छ । सात रंगमा उपलब्ध रहेको सो कारको सुरुवाती मूल्य ४३ लाख ९६ हजार रहेको छ भने अन्य फिचरसहितकाे बढीमा ६५ लाख ९६ हजारसम्ममा खरिद गर्न पाइने छ । डिजेल र पेट्रोल दुवै इन्जिनमा भएका क्रेटा नेपालमा बीएस ४ (प्रदूषण मापदण्ड)को बिक्री हुँदै आएकोमा अब बीएस ६ को नयाँ गाडी बजारमा उपलब्ध भएको हाे। बीएस ४ मापदण्डमा बढी प्रदूषण उत्सर्जन हुन्छ भने बीएस–६ मा त्योभन्दा धेरै कम प्रदूषण उत्सर्जन हुने कम्पनीले जनाएकाे छ। ४ सिलिन्टर रहेको गाडीमा १६ भल्भ रहेका छन्। गाडीमा डिस र ड्रम ब्रेक सिस्टम रहेको छ। ५० लिटरको फ्युल ट्यांक रहेको छ। यस्तै, डिजेल इन्जिनको इ–प्लस १३ सय ९६ सीसीको हो भने एसएक्स १५ सय ८२ सीसीको गाडी हो। १.५ पेट्रोल इन्जिनका भेरिएन्ट सबै १५ सय ९१ सीसीका हुन्।
बजाजको मोटरसाइकल किन्दा १० हजार छुट, ५० प्रतिशत डाउन पेमेन्टमा ब्याज तर्नै नपर्ने
काठमाडौं । बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले ‘रोजेरै खुसी’ योजना सार्वजनिक गरेको छ । कम्पनीले दशैं र तिहार चाडपर्वको विशेष उपलक्ष्यमा ‘खुसी खोज्ने होइन रोज्ने’ भन्ने नारा सहित उक्त योजना सार्वजनिक गरेको हो । बजाजले कोभिड-१९ महामारीको समयमा पनि बजाजले ग्राहकहरुमाँझ खुसी बाड्न उनीहरुको आवश्यकता अनुरुपका योजनाहरु ल्याएको छ । दशैं र तिहार चाडपर्वको शुभ अवसरमा बजाजले ग्राहकहरुलाई विभिन्न तीनवटा योजनाको लाभ लिन र सुरक्षा सुनिश्चित गराउने विश्वास गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले बजाजको कुनै पनि नयाँ मोटरसाइकलको खरिदमा तीनवटा अफर ल्याएको छ । पहिलो १० हजार रुपैयाँको नगद छुट, दोश्रो अथवा ५० प्रतिशत डाउन पेमेन्टमा शुन्य प्रतिशत ब्याज र तेश्रो २० प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिङसंगको सुविधा रहेको छ । खरिदकर्ताले यी मध्ये कुनै एक अफर छनौट गरी लाभ लिन सक्नेछन् ।यो योजना देशभरका सबै बजाज शोरुमहरुमा उपलब्ध छ । ‘बजाजले सदैव आवश्यकता अनुरुप ग्राहकहरुका लागि रोमाञ्चक तथा लाभदायी अफर र योजना ल्याउदै आएको छ । हामी ग्राहकहरुको खुसीको कारण हुन पाएकोमा निकै प्रसन्न छौं र यस चाडपर्वमा उनीहरुको उत्सवको हिस्सा बन्नका लागि रोजेरै खुशी उत्तम रहेको छ । हामीले आशा गरेका छौं कि ग्राहकहरु यस क्याम्पेनबाट निकै खुसी हुनेछन् ।’, योजनाको शुभारम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.का प्रबन्ध निर्देशक शेखर गोल्छाले भने ।
जिओ फोर्ड फेस्टिभ अफर: ४ लाखसम्म जित्ने माैका, पहिलो ६ महिनाको ब्याज नपर्ने
काठमाडौं । नेपालका लागि फोर्ड गाडीहरुको अधिकृत बिक्रेता जि.ओ. अटोमोबाईल्सले दशैंँ–तिहारलाई लक्षित गर्दै फोर्ड फेस्टिभ अफर ल्याएको छ । यो वर्ष फोर्ड फेस्टिभ अफरमा कम्पनिले ३ वटा अफरहरु ल्याएको छ जसअन्र्तगत ग्राहकहरुले एउटा छनोट गर्न सक्दछन् र नगद छुट, आर्थिक वर्षको लागि सडक कर र एक वर्ष निस्शुल्क बीमा जस्ता नियमित लाभहरु पनि लिन सक्छन् । कम्पनिको ३ योजना यस्ता रहेका छन्- १. स्क्र्याच कार्ड– ग्राहकले बक्सबाट ३ वटा स्क्र्याच कार्ड छनौट गरी रु. ४,५०,००० सम्म जित्ने मौका पाउने छन् । प्रत्येक स्क्र्याच कार्डमा ग्यारेण्टी मूल्य रु.२५,००० रहेको र बढीमा यो रु. १,५०,००० सम्म हुनेछ । यो अफर अन्तर्गत ग्राहकहरुले विस्तृत बीमा र आधारभूत असेसोरिज प्राप्त गर्नेछन् । २. ६ महिने ईएमआई होलिडे– यस योजना अन्तर्गत ग्राहकलाई पहिलो ६ महिना बैंकलाई किस्ता भुक्तानी गर्नु नपर्ने हुनाले मासिक किस्ताको तनावबाट छुटकारा मिल्नेछ । यो योजना माछापुछ्रे बैंक मार्फत उपलब्ध हुनेछ र कम्पनिले ग्राहकको पहिलो ६ महिनाको ब्याज वापतको रकम तिरि दिनेछ । यो योजनामा ग्राहकहरुले असेसोरिज र बीमा पनि प्राप्त गर्नेछन् । ३. स्थगित भुक्तानी– यस–योजना अन्तर्गत ग्राहकले ३०% रकम डाउनपेमेन्टका साथ बैंकबाट जारी ५०% को डेलिभरी अर्डर दिई गाडी डेलिभरी लिन सक्नेछ । बाँकी २०% को लागि ग्राहकलाई ४ महिनाको थप अवधि प्रदान गरिनेछ र यी ४ महिनामा ग्राहकले २०% लाई बराबर भाग लगाई किस्तामा तिर्नुपर्नेछ । बाँकी रकम तिरी सकेपछि , बैंक लोनको लागि प्रस्ताव अगाडि बढाइने छ र ग्राहकले बैंकको किस्ता पहिले व्यहोर्न नपर्ने कम्पनिले जनाएकाे छ ।